झापा, फागुन ५ । धुलाबारी नमूना माविले ७१ औँ वार्षिकोत्सव नमूना कार्यक्रम गरेर मनाएको छ।
सो विद्यालयले औपचारिकतामा आफूलाई सीमित नै राखेन।
परिवर्तनका पक्षधर भाषाशास्त्री महानन्द सापकोटाले २००८ सालमा उदघाटन गरेको सो विद्यालयले आफूलाई शुक्रबार पनि परिवर्तनकै पक्षमा उभ्यायो।
अतिथि स्वागत, बिदाइ, सम्मान देखिँदै, गरिँदै र अहिलेसम्म चल्दै आएका कार्यक्रम हुन् । तर, सो विद्यालय परिसरका दृष्यले प्रष्ट संकेत गरिरहेका थिए," नमूनाको नाम पक्कै भझाइने छैन, "नाम अनुसारको काम पनि हुन्छ, भइरहेको छ र गरिन्छ।"
विद्यालयको औपचारिक कार्यक्रम रहर लाग्दो थियो, छोड्नै मन नलाग्ने । अरु नृत्य त जहाँ पनि । सो विद्यालयको वार्षिकोत्सबमा नाचिएका नेवार , मगर , थारु, टप्पा नृत्यले कसैको मन नलोभ्याउने कुरै भएन। यसलाई पनि नियमित मान्न करै लगायो विद्यालयको वाषिर्कोत्सवले। विभिन्न साँस्कृतिक र भेषभुषा झल्काउने नृत्य त हुने नै भए।
यी नियमित दृष्यभन्दा विद्यालयको वार्षिकोत्सब फरक थियो।जहाँ पशु विज्ञान अध्ययनरत विद्यार्थीले आफ्नो सीप देखाए।
पशुपालन त उनीहरूको सिक्दै र कमाउँदै आएको कार्यक्रम नै हो। विद्यालय परिसरमा नै उनीहरूले चिकन मिटवल बनाएर र अतिथिलाई सशुल्क खुवाए। जहाँ खुवा पनि थियो।
पशु विज्ञान अध्ययनरत विद्यार्थीले आफूले सिकेको सीप र आर्जन गरेको शिक्षाले के के गर्न सकिन्छ भन्ने कुरा उपकरण प्रदर्शन र अनुभव साटेर प्रष्ट पारेका थिए।
पशु विज्ञान भन्दा विज्ञान संकायका विद्यार्थी के कम। उनीहरूले सम्भव कुरा सबै प्रयोगात्मक गरेर नै देखाए । आफूले बनाएको तोपको झल्को दिने सामग्री पड्काउँदा विद्यार्थीको कला, सीप , मेहनत झल्कन्थ्यो।
अरु नवीन कुरामा त विद्यार्थी के कम। एक्सेएक, मानौँ देखिने प्रतिस्पर्धी
झापामा दु:ख दिने हात्ती खेदाउन विद्यार्थीले बनाएको त्यो उपकरण प्रभावकारी हुने प्रतिक्रिया अतिथिको थियो। यो पनि विज्ञान अध्यनरत विद्यार्थीको सिकाइको प्रतिफल हो।
विज्ञान संकाय र पशु विज्ञानका विद्यार्थीभन्दा चित्रकलाका विद्यार्थी केकम। अनेकन चित्र बनाएका विद्यार्थीले आफ्नो कला विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौँलागाईंको आकृति जस्ताको त्यस्तै उतारेर आफ्नो क्षनता दर्ज गरेको झल्कन्थ्यो।
विद्यालयकी नर्स दीपा तामाङले स्वस्थ रहन गरेको प्रयास र देखाएका प्रतिकात्मक झलकले धुलाबारी मावि नमूना बन्दै गएको स्पष्ट पार्थ्यो। सो काममा दीपालालाई नर्स भोभाले सघाएकी थिइन् ।
विद्यार्थीले नाच्ने, गाउने स्वभाविक हो। त्यो स्वभाविकतामा अर्को नयाँपन धुलाबारी माविमा देखियो । सामुदायिक विद्यालयका शिक्षक "बेकामे" हुन्छन् भन्ने कटु आलोचनालाई त्यहाँका महिला शिक्षकले चिरिदिए। उनीहरूले पश्चिम कोही पूर्व घर ....मा छमछम नाचेर आफूलाई अब्बल सावित गरे।
विद्यालयले यसैपटकदेखि सिङ्गिन आइडल घोषणा गरेको छ।कक्षा ९ मा अध्ययनरत सोनु खड्कालाई आइडल घोषणा गरेको हो। यो कर्म गर्ने धुलाबारी मावि झापामा सम्भवत : पहिलो विद्यालय हो।
यसैबिच विद्यालयले ६ जनालाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरेको छ। सम्मानित हुनेगरुमा मनमाया संग्रौला , हर्कमान सुब्बा , सर्जन गहतराज, योगराज अधिकारी , पार्वता सुवेदी र एलिशा बुढाथोकी छन् । विद्यालयले कर्मचारी सीता दनुवारलाई नगद सहित सम्मान गरेको छ।
विद्यालयले सेवा निवृत्त शिक्षक चक्र बाँनियालाई नगद दस हजार र उपहारसहित विदाई गरेको छ।
प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले विद्यालयको झलक प्रस्ट्याएको कार्यक्रममा झापा १ प्रदेश १ का सांसद गोपाल तामाङ , मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी , पूर्वप्रधानाध्यापक रुद्र कुरुङ्वाङ, विद्यालयका सहायक प्रअ चौँलागाईं, शिक्षक रमेश दाहाल, मिलनकुमार ढुंगाना लगायतले विद्यालयका गतिविधिमा प्रकाश पारेको सूचना अधिकारी दिपेन्द्र कन्दङ्वाले बताउनु भयाे ।