मेचीनगर, फागुन ५ । मेचीनगर नगरपालिकाका प्रमुख र उपप्रमुख संरक्षक रहने गरी काँकरभिट्टा बजार तथा यातायात व्यवस्थापन समिति गठन भएको छ । स्थानीय विष्णु कुमार श्रेष्ठको नेतृत्वमा समिति गठन भएको हो ।
नवगठित समितिको उपाध्यक्षमा सुरेश कुमार श्रेष्ठ, सचिवमा निर बहादुर कार्की र कोषाध्यक्षमा रिता बास्तोला चयन हुनुभएको छ ।
त्यस्तै समितिका सदस्यहरुमा गणेश चौहान, मोहन रिजाल, भुपाल शिवाकोटी, राम बहादुर तामाङ, भिम सुब्बा, किरण तामाङ, केशव गिरी, गंगा देवकोटा, दावा तामाङ, विशाल तामाङ, दिपेन्द्र लामा र राजकुमार सुवेदी चयन हुनुभएको छ ।
समितिमा मेचीनगर ६ का वडाअध्यक्ष, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख तथा ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ ।
गत माघ २३ गते सम्पन्न मेचीनगर नगरपालिका नगर कार्यपालिकाको वैठकको निर्णयबाट उक्त समिति गठन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।