मेचीनगर, माघ २२ । मेची उद्याेय वाणिज्य संघ मेचीनगरकाे अध्यक्षमा खेमराज प्रसाई विजयी हुनु भएकाे छ । नेकपा एमालेका प्रसाईले ७५२ मत प्राप्त गरी विजयी हुदा नेपाली काँग्रेसका अध्यक्षका उम्मेद्वार माेहन निराैलाले ५६८ मत मात्र प्राप्त गर्नु भएकाे छ ।
मतगणनाकाेअन्तिम परिणाम अनुसार बरीष्ठ उपाध्यक्षमा काँग्रेसका कपिल क्षेत्री ५१६ मत प्राप्त गरी विजयी हुनु भयाे । वहाका प्रतिस्पर्धी हरिप्रसाद काेईरालाले ५०९ मत प्राप्त गर्नु भयाे भने बरिष्ठ उपाध्यक्षमा ६ दलिय गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका पन्नालाल जैनले २१९ मा पाउनु भएकाे छ ।
त्यसैगरी उद्याेग उपाध्यक्षमा काँग्रेसका भुमि पाैडेल (६५५) विजयी हुनु भयाे । वहाँका प्रतिस्पर्धी एमालेका आनन्द खड्काले ५९७ मत पाउनु भयाे । वाणिज्य उपाध्यक्षमा काँग्रेसका कञ्चन बराल ( ७३२) विजयी हुनु भयाे ।वहाँका प्रतिस्पर्धि रास्वपाका भिमबहादुर कुँवरले ५०४ मत प्राप्त गर्नु भयाे ।
महिला उपाध्यक्षमा काँग्रेसका निर्माला चाैहान भण्डारी ( ६२६) विजयी हुनु भयाे । वहाँका प्रतिस्पर्धी राप्रपाका सुनिता शर्माले ५८४ मत प्राप्त गर्नु भयाे ।
महासचिवमा एमालेका दिनेश शाक्य ( ६६८) विजयी हुनु भयाे । वहाँका प्रतिस्पर्धी काँग्रेसका उदयकुमार श्रेष्ठले ५५० मत पाउनु भयाे ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा महिला सदस्देयमा देविमाया तामाङ (६२५) र सुन्दरीकुमारी श्रेष्ठ (५७१) विजयी हुनु भएकाे प्रमुख निर्वाचन अधिकृत अशाेककुमार पाेखरेलले बताउनु भयाे ।
त्यस्तै खुल्ला सदस्यमा बिष्णुकुमार बुढाथाेकी (७४६), कमलप्रसाद काेईराला (६९९), विनाेदकुमार बानियाँ (६२९), श्यामप्रसाद न्याैपाने ( ६२३) भिम बिष्ट ( ६०५), राजेशकुमार बंशल ( ६०५) सन्ताेस खवास ( ५८४) र दिपेन्द्रराज पाण्डे ( ५५७) विजयी हुनु भएकाे छ ।
संघकाे चुनावमा काँग्रेसले एकल प्यानल उठाएकाे थियाे भने एमाले नेतृत्वमा माओवादी केन्द्र, राप्रपा, रास्वपा नेकपा एस लगायतकाे ६ दलीय गठबन्धन थियाे ।
हिजाे भएकाे मतदानमा एक हजार ७ सय ६८ मत खसेकाे थियाे ।