पोखरा,माघ १ । पोखरामा यति एयरलायन्सको एटीआर जहाज दुर्घटनामा परेको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर सो जहाज आज विहान पोखराका लागि उडेको थियो ।
अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।
क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।
यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार ७२ जाना मध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।
दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन्