इटाभट्टा, पुस २४ । झापाको मेचीनगर नगरपालिका कार्यालयमा गम्भिर संकट आइपर्ने संकेत देखिन थालेको छ । नगरपालिका भित्र कर्मचारी–कर्मचारी र जनप्रतिनिधि–कर्मचारीबीचको विवाद बढ्दै जाँदा विपद व्यवस्थापनमा गम्भिर संकट आउने खतरा बढेको हो ।
नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको खर्च गर्न पाउने अधिकारमा रोक लगाए पछि विपद व्यवस्थापनका लागि गरिने खर्च समेत रोकिने भएको छ । तत्काल आगलागी भइहाले दमकलमा हाल्ने इन्धनको खर्च गर्न पनि अहिले अधिकार कसैलाई नभएको अवस्था आए पछि आम नगरबासीलाई गम्भिर समस्या उत्पन्न हुने अवस्थाको सृजना भएको छ ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बाहेक अरु कसैलाई खर्च गर्ने अधिकार नभएका कारण प्रमुख प्रशासकीय अधिकृतकै खर्च गर्ने अधिकारमा रोक लगाए पछि वहाँले नै अधिकार प्रत्यायोजन गरेका अन्य कसैले पनि खर्च गर्ने अख्तियारी नहुने नगरका एक कर्मचारीले बताउनु भयो । ति कर्मचारीले भन्नुभयो, ‘तत्काल दमकल कतै पठाउनु पर्यो भने पनि तेल हाल्ने अधिकार अब कसैलाई छैन ।’ यो अवस्थामा नगरका अन्य कुनै कर्मचारीले खर्च गरेको पाइयो भने त्यसले खर्च गर्ने कर्मचारीमाथि गम्भिर कानूनी संकट आइपर्ने ति कर्मचारी बताउनु हुन्छ ।
तत्काल आइपर्ने विपदका खर्चहरुका लागि बैकल्पिक व्यवस्था गरेर सूचारु गरिने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सेतोपत्रलाई बताउनु भयो । ‘विपदसंग जोडिएका खर्चहरु रोकिदैंन,’ नगरप्रमुखले भन्नुभयो, ‘त्यस्ता खर्चका लागि बैकल्पिक व्यवस्था गर्नेछौं ।’
पुस १८ गतेको कार्यापालिकाको बैठकको निर्णय अनुसार नगरप्रमुख बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईको खर्च गर्न पाउने अधिकार स्थगन गर्नु भएको छ । चालु तथा पुँजीगत दुवै तर्फको बजेट संचालनका लागि खर्च गर्न नपाउने गरी अधिकार स्थगन गरेको पत्र प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई नगरप्रमुख बुढाथोकीले पठाउनु भएका कारण नगरपालिकाको चालु खर्च समेतको खर्च गर्ने अधिकार रोकिएको छ ।
नगरप्रमुख बुढाथोकीद्वारा प्रशासकीय अधिकृतको बजेट खर्च गर्ने अधिकारमाथि रोक