लगातारको वर्षाकाकारण देशभरिको जनजीवन प्रभावित भएको छ । देशभरि पानी परिरहेको छ । स्याङजा र पाल्पामा गएराति पहिरो जाँदा १ जनाको मृत्यु भएको छ, १४ जना वेपत्ताभएका छन् ।
पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि आजबिहानपहिरो जाँदातीन घर पुरिएका छन् । घर पुरिँदा ६ जना वेपत्ता भएका छन । बेलौजा स्वास्थ्यचौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको छ ।
त्यस्तै स्याङ्जामापहिरोले घर भत्काउँदा एक जनाकोमृत्यु भएको छ , ८ जना पुरिएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ । वालिङ नगरपालिका वडा नम्बर १४ मामाया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ । घरभित्र १०जना रहेकामा अहिलेसम्म एक जनाको शवनिका लिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा गएराति फेरि पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । सोहि स्थानमा हिजो दिउँसो खसेको पन्छाएर साँझ७ बजेदेखि सडक सञ्चालन गरिए पनि फेरि पहिरो खसेको हो ।
यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर गएराति नै सडक एकतर्फी सञ्चालनमा लल्याइको छ । साँझपहिरो खसेसँगै अवरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो ।
अझै कम्तिमा तीन दिन पानी पर्ने ।
काठमाडौ उपत्यकासहित देशका अधिकांश ठाउँमा अहिले पनि पानी परिरहेको छ । अझै कम्तिमा तीन दिन पानी पर्ने छ । वर्षाकाकारण नदी बढ्ने र कमजोर जमिनमा पहिरो जान सक्ने भएकाले सर्तक रहन मौसमविदले आग्रह गरेका छन् । अझै ३ दिन पानी पर्न नरोकिने भएकाले सर्तक रहन मौसमविद गंगा नगरकोटीले बताउनु भयो ।