विश्वप्रकाश स्वार्थी छ -धेरै मानिसले तिमीलाई यसै भन्छन् । अरुले यसो भनेको सुन्दा पंक्तिकारलाई झनक्क रिस उठ्थ्यो र उठ्छ। अहिले रिसको वेग घटेको छ तर वास्तममा तिमी स्वार्थी रहेछौँ। पछिल्ला तिम्रा कर्मले त्यही पुष्टि गर्दै लागेको छ। तिमीलाई गाली गर्दा मज्जा र अनुपम आनन्द हुन्छ । पंक्तिकारले हिम्मत बटुलेर तिमीलाई गाली गरेकै हो, गरेको हो। तिमी बडो आवेगमा रिसाउँ, जहाँ हरेकलाई उत्कट आनन्द आउँछ । स्वार्थको परिधी हुन्छ तर तिमीले परिधी नागौँ। जहाँ तिम्रो दुरदर्शिता छ। यो दुरदर्शिताप्रति सलाम र उच्च सम्मान । हरेक राजनीतिककर्मी स्वार्थी हुन्छन् । आफ्नो प्रतिस्पर्धीलाई नपछारी पद प्राप्ति हुन्न र हुँदैन, यो सबैले देखे, भोगेको , अनुभव भएको र गरेकै कर्म हो। तर तिमी फरक रहेछौँ। तिमीले सडकबाट भन्यौँ - म भावी प्रधानमन्त्रीका लागि गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्छु। तिमीलाई सुन्नेलाई दिक्क लागेको थियोे । कदले सानो मान्छेले के भन्दैछ भनेर। कद होइन, कर्म महान रहेछ। जे भन्यौँ त्यसको प्रारम्भ गर्यौ । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ठाडै सोध्न सक्यौ- हाम्रो तर्फबाट गगन थापालाई भावी ( संसदीय दलको नेता) प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दैछौँ , तपाईंहरुको तर्फबाट को ? दुनियाँले तिमीप्रति चाहेको यही थियो। तिमीले हाँसीहाँसी गरेको यो हिम्मतिलो प्रश्नमा काङ्ग्रेस जिवन्त राख्ने स्वार्थ छ। जसले काङ्ग्रेसलाई नयाँ जीवन दिनेछ। काङ्ग्रेसको दुरस्वार्थ हेरेर तिमीले गरेको प्रयासमा बाहिर हुने हरेक काङ्ग्रेसहरूको दर्बिलो साथ छ।तर, औँलामा अधिकार लिएर बसेकाहरुले गलत निर्णय गरे भने, त्यो काङ्ग्रेसका लागि मात्रै होइन, व्यवस्था र देशकै खातिर दुर्भाग्य हुनेछ।
विश्वप्रकाश पंक्तिकारको तिमीलाई प्रश्न हो, ब्राजिल नै किन सम्झेको ? अनि सबैको सामुहिक उत्तर छ- संयोग । संयोगको संयोजन गर्न अरुले सक्दैन ? तर तिमी अघि छौ। तारत्म्य मिलाएर परिवेश, परिस्थिति र जुन यथार्थतालाई वास्तविकतामा रुपान्तरण गर्ने क्षमता तिमीमा निहीत छ, त्यो बिपीमा थियो, पंक्तिकारले उनलाई पढेर बुझेको। जीवनमा पंक्तिकारले बिपी देख्न पाएन। यसमा अधिक पछुतो भए पनि त्यो सम्भव थिएन । त्यसमा घोत्लिएर र दु:ख मनाउ गरेर पाइने केही होइन, केवल मृगतृष्णा मात्रै । तर, पंक्तिकार त्यहाँ पुग्नै परेन। प्रारुप, स्वरुप नआएपनि त्यो झल्कियो, तिमीले अस्वीकार गरेपनि अब दुनियाँले देख्यो, तिमी "सानो बिपी" हौ। तिम्रो हिम्मत देखेर आज जो खुसी छ, त्यो तिम्रो प्रिय साथी होइन, सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने कट्टर आलोचक साथी हो। बिपी प्रधानमन्त्री हुँदा आलोचक खोजे जस्तै ।
विश्व तिमीमा हर सम्भावना छ। तर तिमी कति कृतज्ञ छौ र बिना संकोच भन्छौ - भाइ हो, मैले कुनै दिन नेविसंघमा वितरण गरेको टिकट लिएर गयो, चुनाव लड्यो र जितेर आयो। त्यतिमा तिमी थाक्दैनौँ र सयौं ठाउँमा भनेका छौ - यतिवटा मध्येको एउटा उपसभापति । मभन्दा पहिला सांसद बन्यो, अनुभव बटुल्यो, मन्त्री बन्यो, राम्रो काम गर्यो, बेदाग गयो, बेदाग निस्कियो। विश्वप्रकाश तिमी बेजोड स्वार्थी छौ, पंक्तिकारले फेरि दोहोर्यो। यसको अर्थ छ, अनि यथार्थमा तिमीलाई गाली गर्नुमा स्वर्णिम आनन्द छ। दुबैले रोज्यौ, स्वार्णिमलाई अहिले ल्याउन सम्भाव भएन। यो, प्रसंग यतिनै। आवश्यक पर्दा मात्रै होइन समयले मागेपछि चर्चा अवश्य हुनेछ, गर्नु पर्छ नै।
पंक्तिकारले स्वार्थको कुरा गरिरहेको छ र हो। तिमीमा रहेको त्यो स्वार्थ काङ्ग्रेसको हरेक नेतृत्वले बुझ्यो भने फेरि पछुताउनु पर्दैन। तर, बुझेन र बेवास्ता गर्यो भने पुर्पुरोमा हात राखेर, पछुताउनु बाहेक अर्को कुनै र दम्दार उपाय अघिल्तिर देखिन्न। यो चाहिँ सुनमा कसी लगाएको होइन, आलोचनात्मक चेतले जे बुझ्छ, त्यही भने हुन्छ, त्यो सर्वथा स्वीकार्य छ । थुप्रै दृश्य देखियो तर पछिल्लोपटक एउटा तस्वीर हेरियो - कुनै राम्रो काम गर्न औपचारिकता नचाहिँदो रहेछ। बसन्तले तिमीलाई सोध्यो। न उसको औपचारिक ड्रेस ( पहिरन ) छ। न तिम्रो । दुबैको सामान्य पहिरन। छैटौंपटक ज्योतिषीले केही भनेको छैन रे! गज्जब। वसन्त तिमीसँग बिचार मिल्ने मानिस हुँदै होइन । उसलाई चिन्ता छ, व्यवसायिक धर्मको। पृथक बिचार बोक्ने एउटा मानिस तिमीसँग निर्धक्क भन्छ - विश्वप्रकाशजी बधाई छ, तपाईंलाई। यो व्यवसायिक धर्म हो। तर, काङ्ग्रेसको महामन्त्रीले हाँसीहाँसी पार्टी सभापतिलाई राखेको एउटा जिज्ञासा इतिहासमा कसैलाई बिर्सन धेरैबेर लाग्ने छ। यो एउटा यस्तो प्रश्न हो, जसको उत्तर काङ्ग्रेसको भावी जीवनका लागि अमृत सावित हुनेछ। शर्माले गरेको प्रश्न जस्ताको त्यस्तै - सभापतिज्यू समय बदलिँदै गएको छ, हामी त गगन थापालाई संसदीय दलको नेता बनाउन लागेका छौं ।
तपाईंहरुको तर्फबाट कसलाई उठाउँदै हुनुहुन्छ? यो प्रश्न शर्माले गरेको व्यक्तिगत प्रश्न हो। तर, काङ्ग्रेस बचाउन योभन्दा बेजोड प्रश्न कसैले गर्न सक्छ? अहिले सोध्ने यो बाहेको प्रश्न न नेता शेखरसँग छ, न रामचन्द्र पौडेलसँग। प्रकाशमान, विमलेन्द्र, पूर्णबहादुर खड्का र अरु काङ्ग्रेस नेताहरूसँग नै। हो, यहि मानेमा विश्वप्रकाश तिमी स्वार्थी छौ, काङ्ग्रेसलाई नयाँ जीवन दिन, जसले आफ्नो अग्रजलाई हाँसीहाँसी प्रश्न राख्यो र खुसी दिलले गगनलाई अघि सार्यो। जहाँ हरेक युवाको आवज प्रतिबिम्बित छ, बदलिदो परिवेशको काङ्ग्रेस पनि यही सम्भव छ। अकर्मण्य राजनीति भित्र कर्तव्यबोधका साथ व्यक्तिगत इच्छा, आकांक्षा र चाहानालाई हाँसीहाँसी तिलाञ्जली दिएकोमा गर्बिलो सलाम पनि ।