मंसिर ४ अर्थात नाेभेम्वर २० देखि कतारमा शुरु भएको विश्व कप फुटबल प्रतियोगिता २०२२ अब अन्तिम चरण तर्फ पुगेकाे छ ।
सेमिफाईनल का दुई खेल तथा तेस्रो स्थानका लागि एक खेल अनि फाईनल मात्र बाँकी रहदा कुन राष्ट्रले जित्ला याे पटकाे विश्व कप सबैकाे चासाेकाे विषय बनेकाे छ अहिले खेलप्रेमिहरु माझ । अब सहभागी ३२ राष्ट्रहरु मध्येबाट विभिन्न चरण पार गर्दै चारवटा राष्ट्र सेमिफाइनल पुगिसकेकाछन ।ती भाग्यमानी चार राष्ट्रहरुमा पुर्व विजेता फ्रान्स , पुर्व उपविजेता क्राेएसिया, विश्व फुटबल मा सधै चर्चामा रहने गरेकाे दुई पटककाे विश्व विजेता अर्जेन्टिना तथा अफ्रिकी राष्ट्र मराेक्काे रहेका छन ।
यी मध्ये अप्रत्याशित नतिजा पस्कदै पहिलाे पटक अफ्रिकी राष्ट्रहरुबाट सेमिफाइनल पुग्ने पहिलाे राष्ट्र बन्दै मराेक्काेले ईतिहास रचेकाेछ । समुह सि मा रहेकाे अर्जेन्टिनाकाे याे विश्व कपकाे शुरुवात दुखद रहेकाे थियाे अर्थात पहिलाे खेलमा नै साउदी अरब सँग २-१ ले हारेकाे थियाे भने त्यस पछिका सबै खेलहरुमा जित निकाल्दै सेमिफाइनलसम्मकाे यात्रा तय गर्न सफल रह्याे ।
उसले समूह चरणमा मेक्सिको र पाेल्यान्ड विरुद्ध समान २-० नतिजा आफ्नो पक्षमा पार्दै समूह विजेताकाे रुपमा प्रि क्वाटरमा प्रवेश गरेकाे हाे । त्यसैगरी प्रि क्वाटरमा अष्ट्रेलियालाई २-१ ले हराएकाे अर्जेन्टिनाले क्वाटरफाईनलमा नेदरल्यान्डस् विरुद्ध निर्धारित समयमा २-२ काे नतिजा हुदा ट्राइब्रेकर मार्फत ४-३ काे नतिजा निकाल्दै सेमिफाइनल मा आफ्नाे स्थान पक्का गरेकाे हाे । लियाेनल मेसिकाे कप्तानिमा मैदानमा उत्रिरहेकाे अर्जेन्टिनाकाे लागि अहिलेसम्म कप्तान आफैले टिमका लागि सर्वाधिक ४ गाेल गरेकाछन् । उनी अहिलेसम्म याे विश्व कपमा सर्वाधिक गाेल गर्नेकाे सुचिमा दाेस्राे स्थानमा रहेका छन । यसैगरी समूह डि मा रहेकाे फ्रान्स पनि समुहचरणमा दुईमा जित र एकमा हार सहित समूह विजेता कै रुपमा नकआउट प्रवेश गरेकाे थियाे ।
उसले समुहमा रहेकाे अष्ट्रेलियालाई ४-१ तथा डेनमार्कलाई २-१ ले हराएको थियाे भने समुहमा कमजाेर मानिएकाे टुनिसियासँग १-० ले हारेकाे थियाे । त्यसपछि उसले प्रि क्वाटरमा पाेलेण्डलाई ३-१ ले क्वाटरफाइनलमा ईङ्लेण्डलाई २-१ ले हराउँदै सेमिफाइनल पुगेकाे हाे । हिगु लुरिसकाे कप्तानिमा रहेकाे फ्रान्स का लागि याे विश्व कपमा एम्वापे अहिलेसम्म ५ गाेल गर्दै प्रतियोगिता कै सर्वाधिक गाेल कर्ताकाे सुचिमा अग्र स्थानमा रहेका छन । त्यस्तै आफ्नो दुई खेलमा बराबरी र एकमा जित सहित दाेस्राे स्थानमा रहदै प्रि क्वाटरकाे यात्रा गरेकाे पुर्व उपविजेता क्राेएसियाले समूह एफ मा मराेक्काेसँग ०-० काे , क्यानडासँग ४-१ काे र बेल्जियमसँग ०-० काे नतिजा निकालेकाे थियाे भने प्रि क्वाटरफाइनलमा निर्धारित समयमा जापानसँग १-१ काे बराबरी पछि ट्राई ब्रेकरमा ३-१ ले खेल आफ्नो पक्षमा पारेकाे थियाे । क्वाटरफाइनलमा ५ पटककाे विश्व विजेता ब्राजिललाई निर्धारित समय भित्र १-१ काे बराबरी गर्दै ट्राई ब्रेकरमा ४-२ ले हराउँदै सनसनि मच्चाउन सफल रहेकाे थियाे ।
यसैगरी समूह एफ बाट नै सेमिफाइनल पुग्न सफल मराेक्काेले समुहमा पुर्व उपविजेता क्राेएसियालाई ०-० मा राेकेकाे थियाे भने विश्व वरियातामा दाेस्राे स्थानमा रहेकाे बेल्जियमलाई २-० ले हराएर सनसनि मच्चाएकाे थियाे । यसैगरी उसले समुहकाे अन्तिम खेलमा पनि क्यानडा विरुद्ध २-१ काे जित निकाल्दै समूह विजेताकाे रुपमा प्रि क्वाटरमा प्रवेश मात्र गरेन उक्त खेलमा २०१० काे विश्व विजेता स्पेनलाई ०-० मा राेक्दै ट्राई ब्रेकरमा ३-० काे सनसनिपुर्ण जित निकाल्दै क्वाटरमा पाेर्चुगलसँगकाे भेट पक्का पनि गर्याे । क्रिस्चियानाे राेनाल्डाेकाे पाेर्चुगललाई पनि यसपटक मराेक्काेले १-० काे जित निकाल्दै क्वाटरफाइनलबाट नै घर फर्काइदियाे । अब पहिलाे सेमिफाइनलमा २७ गते मंगलबार राति १२:४५ मा अर्जेन्टिना र क्राेएसिया तथा दाेस्राे सेमिफाइनलमा २८ गते बुधबार राति १२:४५ मा मराेक्काे र फ्रान्स फाईनल प्रवेशका लागि भिड्नेछन् । जित निकाल्ने दुई राष्ट्र विश्व विजेताकाे लागि पाैष ३ गते आइतबार राति ८:४५ मा भिड्नेछन् भने सेमिफाइनलमा हार्नेहरु तेस्रो स्थानका लागि पाैष २ गते शनिबार भिड्नेछन् ।