झापा, मंसिर १४ । विश्व कप फुटबलमा आज पनि समूह चरणका चार वटा खेलहरु हुदैछन । समूह सि र डि अन्तर्गत रहेका राष्टहरु बिच राति ८:४५ मा दुई खेल र १२:४५ दुई खेलहरु हुनेछन ।
गए राति सम्पन्न समूह ए का खेलहरुबाट नेदरल्यान्ड र सेनेगलले जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्दा समुह बि बाट आ आफ्नो खेलमा जित निकाल्दै अमेरिका र इङ्लेण्ड अगाडि गएका छन् ।अब अघिल्लो चरणमा समूह ए काे विजेता नेदरल्यान्डले समूह बि काे उपविजेता अमेरिकाकाे सामना गर्ने र समूह बि काे विजेता इङ्लेण्डले समूह ए काे उपविजेता सेनेगलकाे सामना गर्ने निश्चित भएकाे छ ।
यसैगरी आज हुने खेलहरुबाट समूह सि काे विजेताले समूह डि उपविजेतासँगकाे भेट पक्का गर्ने छ भने समूह डि काे विजेताले समूह सि काे उपविजेतासँग भिड्ने छ । समूह सि मा साउदि अरवले आफ्नो पहिलाे खेलमा दुई पटकाे विश्व विजेता अर्जेन्टिनालाई हराएर सनसनि मच्चाउदै ३ अंक जाेडे पनि अर्को खेलमा पाेलेण्डसँग हारेर ३ अंक सहित गाेल अन्तरकाे आधारमा अर्जेन्टिना भन्दा पछि रहदै समुहकाे तेस्रो स्थानमा रहेकाे छ । उसले आज आफ्नो अन्तिम खेलमा समुहमा एक अंक सहित पुछारमा रहेकाे मेक्सिको सँग खेल्नेछ जुन खेलमा उसले अघिल्लो चरण प्रवेसकाे अंकगणितिय आधार जिवितै राख्न कम्तिमा २ गाेलकाे अन्तरमा जित निकाल्नु जरुरी हुनेछ ।
यसैगरी यसै समुहकाे अर्को खेलमा अर्जेन्टिनाले पाेलेण्डकाे सामना गर्दैगर्दा उसकाे लागि पनि जित अघिल्लो चरण सहज हुनेछ भने बराबरी वा हारले समुहकाे अर्को खेलकाे नतिजामा भर पर्नु पर्ने हुन्छ । यस्तै पाेलेण्डका लागि बराबरि नै अघिल्लो चरणकाे ढाेका खाेल्न पर्याप्त देखिन्छ भने मेक्सिको का लागि अघिल्लो चरण प्रवेशकाे एक मात्र अंक गणितिय आधार जित रहेकाे छ । त्यसैले पनि याे समुहबाट कुन कुन राष्ट्र अघिल्लाे चरणमा जानेहुन अनुमान लगाउन त्यति सहज भने छैन ।
उता समूह डि मा रहेकाे फ्रान्सले आफ्ना दुवै खेलमा जित निकाल्दै ६ अंक सहित एक खेल अघि नै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेकाे छ भने बाँकि रहेका अष्ट्रेलिया , डेनमार्क र ट्यनेसिया मध्येमा कस्ले अघिल्लो चरणकाे यात्रा तय गर्ने हाे उनिहरुकाे अन्तिम खेलकाे नतिजाले देखाउने छ ।
यश समुहमा अन्तिम खेलमा ट्युनेसियाले फ्रान्सकाे सामना गर्दा अष्ट्रेलियाले डेनमार्ककाे सामना गर्नेछ । ३ अंकका साथ समुहकाे दाेस्राे स्थानमा रहेकाे अष्ट्रेलियाका लागि एक अंक सहित तेस्रो स्थानमा रहेकाे डेनमार्कसँग जित निकाल्न सके नकआउट पुग्न सहज छ भने हार वा बराबरिले अर्को दुई राष्ट्र बिचकाे खेलकाे नतिजाले बताउने छ तर डेनमार्कका लागि जितकाे विकल्प छैन । यस्तै यसै समुहकाे ट्युनेसियाका लागि भने जित पनि अंक गणितिय आधार पर्खने माध्यम हुनेछ त्यसमा पनि उसकाे अन्तिम खेलमा समुहमा बलियाे मानिएकाे फ्रान्स काे सामना गर्दै छ त्यसैले उसकाे लागि अघिल्लो चरण त्यति सहज छैन।
यसरी हेर्दा आज खेलहरुमा एउटा राेचक पक्ष पनि छ त्याे अघिल्लो चरणमा फ्रान्स काे प्रतिद्वन्द्वी काे हुने भन्ने हाे । किनभने लगभग समुहकाे विजेताकाे रुपमा अघिल्लो चरण पुग्ने पक्का भएकाे उसले समूह सि काे उपविजेतासँग खेल्ने हाे जहाँ दुई पटककाे विश्व विजेता अर्जेन्टिना हाल सम्म अंक काे आधारमा दाेस्राे स्थानमा छ अनि आजकाे खेल ले उसकाे स्थान निर्धारण हुनेछ । तर याे पनि हाे कि आफ्नो पहिलाे खेलमा साउदी अरबसँग हारेकाे अर्जेन्टिना का लागि अघिल्लो चरण प्रवेस भने त्यति सहज पनि छैन । जे हाेस यी दुई समुहका आजकाे खेलबाट काे काे विजेता हुने हुन अन्तिमसम्म पर्खनु नै पर्ने हुन्छ ।