विराटनगर, मंसिर १२ । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बन्दै गएको छ ।
अत्याधुनिक उपकरण र हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिमको संयोजन रहेकै कारण आर्या अस्पतालले पछिल्लो समय हार्डजोर्नीका जटिल प्रकृतिका शल्यक्रियाहरु समेत सफलतापुर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।
आर्या न्यूरो अस्पतालले केही दिन अगाडी ७२ वर्षीय फुलदेवी ऋषिदेवको हिपको सफल प्रत्यारोपण गरेको छ । मोरङको जहदा गाउँपालिका ३ की ऋषिदेवको डा. मिलन केशीको नेतृत्वको टिमले हिपको सफल प्रत्यारोपण भएको अस्पताल प्रशासनले जनाएको छ । विरामीको सफल उपचार भएपछि ऋषिदेव अहिले मज्जाले हिडडुल गर्न सक्ने हुनु भएको छ । ‘उमेर बढदै जाँदा हड्डी खिइने समस्या हुने गर्दछ,’ डा.केसीले भन्नुभयो, ‘समस्या जटिल भए पछि शल्यक्रियामार्फत उपचार गर्नु पर्छ ।’
आर्या न्यूरोमा अर्थोस्कोपिक, हाडजोर्नी सम्बन्धी उपचार, मेरुदण्ड शलयक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) हुने गरेको छ । जोर्नी प्रत्यारोपणदेखि हाड जोर्नी फेर्नेसम्मको उपचार सेवा सुरु भएपछि उपचारका लागि बिषेशत काठमाण्डा वा देश बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. केसीले बताउनु भयो ।
यसैगरी आर्या न्यूरो अस्पतलामा सवारी दुर्घटनमा परी उर्लाबारीका ३० वर्षीय समीर पौडेल मेरुदण्ड र ‘पेलविस’ भाचिएको थियो । अस्पतालका डा. केसीले फेलविसको सफल शल्यक्रिया गरेपछि विरामी ठिक भएर डिस्र्चाज हुनु भएको छ ।
यसैगरी भोजपरकी ३० वर्षीय सृजना तामाङ्ग लडेर मेरुदण्डमा चोट लागेको थियो । वहाँको खुट्टा पनि नचल्ने भएको थियो । कार्तिक २ गते वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पंकजराज नेपालको टिमले तामाङ्गको मेरुदण्डको सफल शल्यक्रिया ग¥यो । २८ दिन हस्पिटलमा बसेपछि मंसिर १ गते डिस्चार्ज भएको थियो । अफलोअपमा आएका बेला आइतबार अस्पतालमा भेटिनु भएकी तामाङ्ग भन्नुभयो, ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु, आर्या अस्पतालले नयाँ जीवन दिएको छ ।’
यसरी अस्पतालमा डा. केसी आएर हाड जोर्नी सम्बन्धी रोगीका विरामीको उपचारमा आर्यान्यूरो निरन्तर सफलतातिर अग्रसर बनेको हो । अस्पतालमा हाड जोर्नीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्न पनि आर्या न्यूरो सफल हुँदै गएको हो । पूर्वी नेपाल र भारतीय सीमा क्षेत्रबाट आउने विरामीले हार्डजोर्नी सेवा पाउँदै आएका छन् । अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।
आर्या न्युरो अस्पतालमा घुँडाको प्रत्यारोपण हुन थालेपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वहाँले बताउनु भयो । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट उपकरण राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै चिकित्सक केसीले भन्नुभयो, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’ जोर्नी प्रत्यारोपण गरेपछि बिमारीहरू झन् हिंँडडुल गर्न सक्दैनन् भन्ने जनमानसमा जुन धारणा छ, त्यो विलकुल गलत भएको वहाँले बताउनु भयो ।