झापा,मसिंर ९। झापामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एकृकित माओवादी निल भएको छ ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधीसभा १ र प्रदेशसभा तर्फ ४ उम्मेदवार बनाएको एकृकित माओवादी सबै स्थानमा पराजित भएको हो ।
प्रतिनिधीसभा झापा क्षेत्र नम्बर २ मा हरिकुमार राना मगरलाई उम्मेदवार बनाएकोमा राना तेस्रो स्थानमा रहनुभयो ।
यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित हुदाँ स्वतन्त्र उम्मेदवार स्वागत नेपाल दोस्रो स्थानमा रहनुभएको थियो । त्यस्तै प्रदेश तर्फ क्षेत्र नम्बर १ को ख मा श्यामबिर लिम्बुलाई उम्मेदवार बनाएकोमा लिम्बु राप्रपा उम्मेदवार सबिना बजगाँइ संग पराजित हुनुभयो ।
क्षेत्र नम्बर १ को ख उम्मेदवार बन्नुभएका पूर्ण प्रसाद राजबंशी नेकपा एमालेका छबिलाल चुडाल संग पराजित हुदाँ झापा ४ को क मा झलक बहादुर मगर नेकपा एमालेका राधाकृष्ण खनालसंग पराजित हुनुभयो । त्यस्तै झापा ५ को ख मा माओवादी केन्द्रका रेवतराज पुरीलाई हराउदै नेकपा एमालेका होम बहादुर थापा प्रदेश सांसदमा चयन हुनुभएको हो ।
गठबन्धन मार्फत झापाको १ स्थानमा मात्र उम्मेदवार बनाएको एकिकृत समाजवादी पनि जितबिहिन भएको छ । झापा २ को क मा पुष्पराज पोखरेललाई उम्मेदवार बनाएको एकिकृत समाजवादी नेकपा एमाले संग पराजित भएको हो । यस क्षेत्रमा एमालेका एकराज कार्की चयन हुनुभएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने झापाका ३ स्थानमा जित निकालेको छ । प्रतिनिधी सभा तर्फ १ र प्रदेशसभा तर्फ २ स्थानमा उम्मेदवार उठाएको राप्रपाले ३ स्थानमा नै जित निकालेको हो ।
झापा ३ मा प्रतिनिधीसभाको उम्मेदवार बन्नुभएका राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गर्दै दोस्रो पटक संघिय संसदको यात्रा तय गर्नुभएको छ । त्यस्तै झापा १ ख बाट सबिना बजगाँइ प्रदेश संसदमा चयन हुदाँ झापा ४ बाट भक्ति प्रसाद सिटौला प्रदेश सांसदमा चयन हुनुभएको हो ।