झापा, मंसिर ४ । आज हुने आम निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्माले विहान ९ बजे मतदान गर्नु हुनेछ । मेचीनगर ९ को कविशिरोमणी माविको मतदान केन्द्रबाट विहान ९ बजे मतदान गर्ने शर्माले सेतोपत्रलाई जानकारी दिनु भयो ।
शर्माले आफ्नै वडामा मतदान गर्दा वहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार अग्नी खरेलले भने आफैंलाई मतदान गर्न पाउने छैनन । एमाले स्थायी कमिटि सदस्य समेत रहनु भएका खरेलले झापा क्षेत्र नंं २ मा पर्ने बिर्तामोडस्थीत देवि माविको मतदान केन्द्रमा मतदान गर्नु हुनेछ ।
झापाका अधिकाशं उम्मेद्वारले विहानी सत्रमा नै मतदान गर्ने जाएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ओमनाथ भण्डारीले बलभद« जनता मावि धाइजनबाट मतदान गर्दै हुनुहुन्छ । मगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार सन्तोष तामाङले मेचिनगर २ स्थित भानु मावीमा मतदान गर्दै हुनुहुन्छ । त्यस्तै झापा १ बाट प्रदेश ९क० का काँग्रेसका उम्मेद्वार गोपाल तामाङले मेचिनगर ६ स्थित संयुक्त वडा कार्यलयमा मतदान गर्नुहुनेछ ।
त्यस्तै झापा १ बाट प्रदेश ९ख० का माओवादी केन्द्रका उम्मेद्वार श्यामबिर लिम्बुले बुद्धशान्ति ४ मा रहेको गणेश माविमा मतदान गर्दै हुनुहुन्छ । झापा १ बाट प्रदेश ९क० का एमालेका उम्मेद्वार रबिन कोइरालाले काकरभिट्टा माविमा मतदान गर्दै हुनुहुन्छ । त्यस्तै प्रदेश ९ख० का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार सबिना बजगाँइले दशरथ मावि चारआलीबाट मतदान गर्दै हुनुहुन्छ ।
यता झापा क्षेत्र नम्बर २ का नेपाली काँगे्रसका प्रतिनिधी सभा सदस्य उम्मेद्वार हरिकुमार रानाले महारानीगञ्ज मा वि सालवारी बाट मतदान गर्दै हुनुहुन्छ भने एमालेका प्रतिनिधी सभा सदस्य उम्मेदवार देवराज घिमिरेले अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित बालकल्याण आधारभुत बिधालय देवीबस्तीमा मतदान गर्दै हुनुहुन्छ ।
उता झापा क्षेत्र नम्बर ३ का नेपाली काँगे्रसका प्रतिनिधी सभा सदस्य उम्मेद्वार कृष्ण प्रसाद सिटौलाले झापा क्षेत्र नम्बर १ मा मतदान गर्दै हुनुहुन्छ । उहाँले भद«पुर १० स्थित कलवलगुडी आधारभुत बिधालयमा मतदान गर्दै हुनुहुन्छ । त्यस्तै राप्रप्राका अध्यक्ष तथा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र प्रसाद लिङदेनले हल्दिवारी वडा नम्बर १ को वडा कार्यलय गोलधापमा मतदान गर्दै हुनुहुन्छ ।
त्यस्तै झापा क्षेत्र नम्बर ४ काँगे्रसका प्रतिनिधी सभा सदस्य उम्मेद्वार देउमान थेबेले झापा गाँउपालिका स्थित ४ सितुमारी प्रावी कुमरखोदमा मतदान गर्दै हुनुहुन्छ । त्यस्तै नेकपा एमालेका प्रतिनिधी सभा उम्मेद्वार एल पि सावाँले शिव सताक्षी नगरपालिका वडा नम्बर ९ स्थित सतासीधाम आधारभुत बिधालय दुधेमा मतदान गर्दै हुनुहुन्छ ।
उता झापा–५ मा उम्मेदवार रहनुभएका एमाले अध्यक्ष केपीशर्मा ओलीले भने आफूलाई मतदान गर्न पाउनुहुन्न । मतदाता नामावली भक्तपुर–२ मा रहेकाले ओली मतदानका लागि काठमाडौ जानुहुने बताइएको छ । त्यस्तै नेपाली काँगे्रसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार डाक्टर खगेन्द्र पाण्डव अधिकारीले दुर्गादेवी प्रावि जामवाडीबाट मतदान गर्दै हुनुहुन्छ ।