झापा मंसिर ३ । निर्वाचनको निर्धारित मिति आइसकेको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि देशभर निर्वाचनको तयारी पुरा भइसकेको छ । अब मतदाताहरु मतदान स्थलमा गएर मतदान गर्न मात्रै बाकीँ छ । झापामा पनि निर्वाचनको सबै तयारी पुरा भइसकेको छ । ५ प्रतिनिधी सभा निर्वाचन क्षेत्र र १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा जम्मा ६ लाख ६३ हजार ३ सय ११ मतदाता रहेका छन । २ सय ८५ मतदान स्थलमा रहेका ७ सय ६६ मतदान केन्द्र मार्फत मतदान हुनेछ । निर्वाचनमा मतदातासंगै उम्मेद्वार पनि मतदान गर्दैछन ।
झापाका केही उम्मेद्वारले आफनै निर्वाचन क्षेत्रमा तथा केहीले फरक निर्वाचन क्षेत्रमा मतदान गर्दैछन । झापा १ बाट नेपाली काँगे्रसको प्रतिनिधीसभा सदस्य उम्मेदवार बिश्वप्रकाश शर्माले मेचिनगर ९ स्थित कविशिरोमणी माध्यमिक बिधालयबाट मतदान गर्दै हुनुहुन्छ ।
नेकपा एमालेका प्रतिनिधी सभा उम्मेद्वार नेता अग्नि खरेलले झापा क्षेत्र नम्बर २ को देवी माविमा मतदान गर्दै हुनुहुन्छ । झापा–१ मा उम्मेद्वार रहनुभएका खरेलको नामावली भने झापा–२ मा रहेको कारण उहाँले आफुलाई मतदान गर्न पाउनुहुन्न । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ओमनाथ भण्डारीले बलभद« जनता मावि धाइजनबाट मतदान गर्दै हुनुहुन्छ । मगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार सन्तोष तामाङले मेचिनगर २ स्थित भानु मावीमा मतदान गर्दै हुनुहुन्छ । त्यस्तै झापा १ बाट प्रदेश (क) का काँग्रेसका उम्मेद्वार गोपाल तामाङले मेचिनगर ६ स्थित संयुक्त वडा कार्यलयमा मतदान गर्नुहुनेछ ।
त्यस्तै झापा १ बाट प्रदेश (ख) का माओवादी केन्द्रका उम्मेद्वार श्यामबिर लिम्बुले बुद्धशान्ति ४ मा रहेको गणेश माविमा मतदान गर्दै हुनुहुन्छ । झापा १ बाट प्रदेश (क) का एमालेका उम्मेद्वार रबिन कोइरालाले काकरभिट्टा माविमा मतदान गर्दै हुनुहुन्छ । त्यस्तै प्रदेश (ख) का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार सबिना बजगाँइले दशरथ मावि चारआलीबाट मतदान गर्दै हुनुहुन्छ ।
यता झापा क्षेत्र नम्बर २ का नेपाली काँगे्रसका प्रतिनिधी सभा सदस्य उम्मेद्वार हरिकुमार रानाले महारानीगञ्ज मा वि सालवारी बाट मतदान गर्दै हुनुहुन्छ भने एमालेका प्रतिनिधी सभा सदस्य उम्मेदवार देवराज घिमिरेले अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित बालकल्याण आधारभुत बिधालय देवीबस्तीमा मतदान गर्दै हुनुहुन्छ ।
उता झापा क्षेत्र नम्बर ३ का नेपाली काँगे्रसका प्रतिनिधी सभा सदस्य उम्मेद्वार कृष्ण प्रसाद सिटौलाले झापा क्षेत्र नम्बर १ मा मतदान गर्दै हुनुहुन्छ । उहाँले भद«पुर १० स्थित कलवलगुडी आधारभुत बिधालयमा मतदान गर्दै हुनुहुन्छ । त्यस्तै राप्रप्राका अध्यक्ष तथा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र प्रसाद लिङदेनले हल्दिवारी वडा नम्बर १ को वडा कार्यलय गोलधापमा मतदान गर्दै हुनुहुन्छ ।
त्यस्तै झापा क्षेत्र नम्बर ४ काँगे्रसका प्रतिनिधी सभा सदस्य उम्मेद्वार देउमान थेबेले झापा गाँउपालिका स्थित ४ सितुमारी प्रावी कुमरखोदमा मतदान गर्दै हुनुहुन्छ । त्यस्तै नेकपा एमालेका प्रतिनिधी सभा उम्मेद्वार एल पि सावाँले शिव सताक्षी नगरपालिका वडा नम्बर ९ स्थित सतासीधाम आधारभुत बिधालय दुधेमा मतदान गर्दै हुनुहुन्छ ।
उता झापा–५ मा उम्मेदवार रहनुभएका एमाले अध्यक्ष केपीशर्मा ओलीले भने आफूलाई मतदान गर्न पाउनुहुन्न । मतदाता नामावली भक्तपुर–२ मा रहेकाले ओली मतदानका लागि काठमाडौ जानुहुने बताइएको छ । त्यस्तै नेपाली काँगे्रसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार डाक्टर खगेन्द्र पाण्डव अधिकारीले देवी मावी जामवाडीबाट मतदान गर्दै हुनुहुन्छ ।