मेचीनगर, कार्तिक ३० । देश अहिले चुनावमय छ । मंसिर ४ गते चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरु आफ्नो पार्टीको उमेद्वारलाई विजयी गराउँन प्रचारप्रसारमा व्यस्त छन् । यसैक्रममा झापा क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठवन्धनका तर्फवाट नेपाली काँग्रेसका उमेद्वार पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको प्रचारप्रसारमा आउँनु भएका नेपाली काँग्रेसम प्रदेश नं १ का सभापति उद्धव थापासँग सेतोपत्रका सहकर्मी लोकेन्द्र ढकालले गर्नु भएको कुराकानी :
दुई पटक हारेको मान्छेलाई पार्टीले उमेद्वार बनाएको छ, पटक पटक हारेका व्यक्ति त जनताले नरुचाएका होइनन् र ?
कसरी नरुचाएका हुन्छन् ? विश्वप्रकाशजी दुई पटक यस क्षेत्रवाट हारे पनि यहाँका जनताको काम उहाँले नै गर्नु भएको छ । मैले चुनाव हारेको उमेद्वारले यसरी जितेको जनप्रतिनिधि भन्दा सयौ गुणा बढी सेवक भएर काम गरेको अन्तकहि देखेको छुइन । कम्युनिष्टहरुले पटक पटक चुनाव जितेर गए तर उनीहरु फर्किएर आएनन् । यो ठाँउको विकासको कुनै सम्बोधन गरेनन् । यहाँका समस्यालाई वास्था गरेनन् । चुनाव जितेर गएपछि फर्किएर नआएको तितो अनुभव यहाँका जनताले गरि राखेका छन् । त्यसैले यहिको स्थानीय व्यक्क्ति, यहि जन्मिएको, यहि हुर्किएको, यहाँको जनताको दुःख सुख बुझेको मान्छे विश्वप्रकाश शर्मा दुई दुई पटक हारेर पनि यो क्षेत्रलाई विकास र समृद्धिमा समुन्नत बनाउँछु भनेर आउनु भएको छ । उहाँ अहिले पार्टीको महामन्त्री पनि हुनुहुन्छ । प्रशस्त सम्भावनाहरु उहाँवाट यहाँका जनताले भोलि पाउँनु हुनेछ । यहाँका यावत समस्या र सम्भावनालाई सम्बोधन गर्न सक्ने काबिल युवालाई यसपटन सबै मिलेर विजयी गराउँन आव्हान गर्दछु । यसपटक झापा क्षेत्र नं १ मा विश्वप्रकाश शर्मालाई जिताऔं, वहाँको जित सुनिश्चित छ ।
तर जनताले रुचाएतापनि पार्टी भित्रवाटै असहयोग हुन सक्ने आशंकाहरु बाहिर आएका छन्, स्थानीयतहको चुनावमा पनि झापामा गुटको राजनीति हाबीभएको स्पष्टरुपमा देखिएकै हो, अनी कसरी उहाँको जित सम्भव देख्नुहुन्छ ?
यसपटक झापाका ५ वटै क्षेत्रमात्यस्तो अवस्था छैन् । म प्रदेशको सभापतिमात्रै होइन, नेपालीकाँग्रेसको राजनीतिकमा पार्टीको तल्लो तहवाट कामगर्दै आएको व्यक्तिm हुँ । झापाको दुई दुई पटक पार्टी सभापति भएर काम गरेको मान्छे हुँ । झापाको पाँचवटै निर्वाचन क्षेत्रमा फरक फरक परिस्थिति छ । जुनहिजो स्थानीय तहको निर्वाचन होस् या पार्टीको महाधिवेशनका क्रममा भएका विवाद हुन, असन्टुष्टिका कुराहरु जे जे छन् त्यो अघिल्ला निर्वाचनमा हुन्थे, यसपटकको निर्वाचनमा छैनन् । अब हाम्रो एउटै मिशन के छ भने एमालेको ढाँटको राजनीतिलाई अन्त पार्नुपर्छ । केपी ओलीको प्रवृत्तिलाई समाप्त पार्नु पर्छ । लोकतन्त्रको संस्थागत विकास र संविधानको रक्षाको लागि यसपटक गठवन्धनलाई जिताउँनु पर्छ । त्यसका लागि हामी भित्र भएका गुनासाहरु, असन्तुष्ट्रिहरु जे छन् त्यसलाई त्यागेर यो अभियानमा लाग्नुपर्छ भन्ने हामी सबैको यसपाली भावना छ र हिजोको निर्वाचनमा काँग्रेस जसरी लागेको थियो अहिलेको निर्वाचनमा त्यो छैन्, ती सबै त्यागेर काँग्रेस जिताउँनु पर्छ भनेर पार्टी लागेको छ हामी सबै एक भएर लागेका छौ । तपाईले यो कुरा ठाँउ ठाँउमा गएर हेर्न सक्नु हुन्छ, गहिरेर बुभm्न सक्नु हुन्छ । जुन हाम्रो हिजोको समस्या थियो, जसरी पार्टीमा सहभागी हुन्थ्यो, त्यो मैले आज एमालेमा देखिराखेको छु । हिजो काँग्रेसमा भएको रोग आज एमालेमा भएको कारणले गर्दा झापामा नेपालीकाँग्रेस र गठवन्धनको विजयी गर्छ भन्ने विश्वासका साथ हामी अभियानमा छौ ।
यहाँले हिजोको काँग्रेसको रोग आज एमालेमा छ भन्नुभयो । यहाँले भन्नखोज्नु भएको चाँहि के हो ?
कुरा स्पष्ट छ नि । कुरो उमेद्वार कै नै हो । एमालेमा उमेद्वार यहिको स्थानीय हुनुपर्छ भन्ने थियो तर त्यो भएन । बाहिरवाट आउँने, चुनाव जितेर जाने अनि यहाँको समस्याको पहल नगर्ने, अर्को चुनावकाती मान्छे हराउने प्रवृत्तियहाँ देखिएको छ । सबै भन्दा धेरै त यो समस्यावाट यहि झापा क्षेत्र नं १ का जनता दुःखी छन्नी, रुचाएका छैनन् नी । अन्तवाट आउने चुनावजितेर जाने अनि यहाँका एमालेका नेता जनताले गाली खानुपर्ने अवस्था छ यहाँ । त्यसैले यहाँका काँग्रेस, एमाले लगायत सबै पार्टीका जनताले स्थानीयलाई जिताउन अहिले लागेको छन्, उनीहरुको त्यो बाध्यता पनि भएको छ । अझ भन्नुपर्दा एमालेले जुन राप्रपासँग गठवन्धन ग¥यो, यसले एमालेका नेताकार्यकर्तामा ठूलो अन्तरविरोध छ । विशेष गरि झापा क्षेत्र नं ३ का एमालेले त त्यहाँ विद्रोह नै शुरु गरि सकेका छन । हामीले पटक पटकआफनो पाटीको चिन्हमा मतदान गर्न नपाउँदा हामीले हाम्रो पार्टीको अस्तित्व गुमाउँनु पर्ने अवस्था आयो भनेर । एउटा केपीशर्मा ओलीलाई चुनाव जिताउनको लागि, एउटा राजेन्द्र लिङ्देललाई चुनाव जिताउनको लागि हामीले आफ्नो अस्तित्व मेटाउनु पर्ने ?भन्दै यस्ता असन्टुष्ट्रिहरु खुलम खुल्ला रुपले मिडीयामार्फत बाहिर आइरहेका छन्, सार्वजनिक रुपमाबाहिर आइरहेका छन्, त्यसैले व्यापक रुपमा एमालेमा असन्तुष्ट्रिहरु अहिले छन् ।
यहाँ काँग्रेस प्रदेश नं १ को सभापति पनि हुनुहुन्छ, प्रदेशभरिको अवस्था कस्तो छ ?
हामी अहिले २६ ठाँउमा छौ र १८ स्थानमा नेपाली काँग्रेसले गठवन्धनको सहायताले विजयी हासिल गर्छ ।
तपाई समानुपातिकवाट पार्टीको प्रदेशसभाको उमेद्वार हुनुहुन्छ, प्रदेश सभा सदस्यमा निर्वाचित भइसके पछि लक्ष्यचाँहि के हो ?
स्वभाविक रुपमा म नेपाली काँग्रेसको प्रदेश नं १ को सभापति हुँ र भोलि मेरो दाबि प्रदेश नं १ को मुख्यमन्त्रीमा रहने छ ।