झापा, कार्तिक ३० । झापा क्षेत्र न १ को संघीय चुनावमादुई ‘हेवीवेट’ उमेद्वार विचकडा प्रतिस्पर्धा हुँदैछ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य अग्नी खरेल चुनावी मैदानमा छन् । चुनावको मिति नजिकिदै जाँदा उमेद्वारहरुले प्रचार प्रसार तीब्र पार्दै लगेका छन् । शर्मा र खरेल सहित अन्य १५जना प्रतिस्पर्धी पनि यसै क्षेत्रमा चुनावी दौडमा छन् । यहाँ काँग्रेसका शर्मा र एमालेका खरेल विचनै मुख्यप्रतिस्पर्धा हुँदैछ ।
कम्युनिष्ठको आधार क्षेत्र मानिने झापा १ मा काँग्रेस महामन्त्री शर्मा तेस्रो प्रयासमा संसदमा छिर्ने तरखरमा हुनुहुन्छ । उहाँ २०७० को दोस्रो संविधान सभाको चुनावमा एमालेका रविन कोइरालासँग र २०७४ को चुनावमा वाम गठवन्धनका साझा उमेद्वार माओवादीका रामकार्कीसँग पराजित हुनुभएको थियो । दुई पटकको पराजय मेरा लागि परिचय र अनुभवको भयो र यो परिणामको लागि भन्दै शर्मा मतदातासँग घरदैलोमा हुनुहुन्छ । विगतमाभन्दा राजनीतिक उचाइ समेत वढाएका शर्मा यसपटन तुलनात्मक रुपमा केहि अनुकूल अवस्थामा देखिनुहुन्छ । माओवादी र एकिकृत समाजवादीसँगको गठवन्धनले शर्मा उत्साहित देखिएको देखिन्छ ।
उता, पूर्व कानूनमन्त्री, तथा एमालेको स्थायी समिति सदस्य अग्नी खरेलको पहिलो रोजाइ झापा क्षेत्र नं २ थियो । पार्टीले प्रदेश नं १ का इ्रन्चार्ज देवराज घिमिरेलाई टिकट दिएपछि खरेल झापा १ मा धकेलिएका छन । क्षेत्र नं १ वाट एकल सिफारिस हुनुभएका रविन कोइरालालाई प्रदेशसभा सदस्यमा धकेल्दै खरेल संघीय संसदको लागि शर्मासँग प्रतिस्पर्धाको भेट सम्भव भएको थियो ।
झापा गौरादहका खरेलको लागि झापा १ नयाँ क्षेत्र हो । उनले यस क्षेत्रको उमेद्वार बन्दा ‘टुरिष्ट’ उमेद्वारको चर्को आलोचनाको सामना गरेका थिए । शुरुमा एमालेमै चर्को विरोध खेपेका खरेललाई अहिले पनि पार्टीवाट अन्र्तघातको डर यथावत रहेको एमाले कार्यकर्ताहरु नै बताउँछन् । यद्यपी, रविन कोइरालालाई साथसाथै लिइ खरेल अहिले घरदैलो तथा कोणसभामा व्यस्त छन् । राप्रपासँग गठवन्धन गरि चुनावी मैदानमा होमिएका खरेलले नदी कटान तथा हात्ती समस्या समाधान लगायतका मुद्दा उठान गरेका छन् । पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेल २०७७ पुष ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा ओलिलाई असंवैधानिक कानूनी सल्लाह दिएको भन्दै मतदाताको आरोपको समेत चर्को सामना गरिरहेका छन् । झापा क्षेत्र नं १ को प्रदेश सभा २ मा राप्रपाका मेचीनगर अध्यक्ष सविना वजगाईलाई टिकट दिएकोमा एमाले कार्यकर्ता सन्तुष्ट छैनन् । एमालेको बलियो जनाधार भएको प्रदेशसभा २ राप्रपालाई दिएतापनि राप्रपाबाट अपेक्षित साथ नपाएको आरोप एमालेले राप्रपालाई लगाउन थालेको छ ।
गठवन्धनका वाबजुत राप्रपावाट घरदैलोमा न्युन साथ पाएको र राप्रपाको सबै मत एमालेका संघीय उमेद्वारलाई ट्रान्सफर हुनेमा पार्टीपंक्ति विश्वस्त देखिदैन । काँकरभिट्टा लगायतका मुख्यबजार क्षेत्रमा‘संघमा विश्व,प्रदेशमा कोइराला’भन्ने हल्लाले पनि खरेललाई चुनौति थपिएको छ । संघमा रविन कोइरालालाई टिकट नदिएकोमा असन्टुष्ट रविन कोइराला पक्षधरवाट कतै धोका त हुने होइन भन्ने संशयमा पनि खरेल रहेका छन् । स्थानीय तहमा एमाले र राप्रपाले पाएको मत सुरक्षित गर्नसके खरेललाई चुनाव जित्न अप्ठारो देखिदैन । तर खरेलका लागि मुख्य चुनौति आफ्नो गठवन्धनको मत जोगाउन सकिन्छ कि सकिदैन भन्नेमा नै देखिन्छ ।
नदी कटान नियन्त्रण, भौतिकपूर्वाधार निर्माण, हात्तीआतकं समाधान देखि रिङराड सम्मको एजेण्डालाई अघि सारी तेस्रो प्रयासमा पहिलो जितको खोजि गरिरहेका काँग्रेस महामन्त्री शर्मालाई मुख्य चुनौति २०७४ सालझै कम्युनिष्ट मत ट्रान्सफर हुन्छ कि हुन्नभन्नेमा छ । २०७४ मा एमालेको उमेद्वार नहुँदा (माओवादीका रामकार्की वाम गठवन्धनका साझा उमेद्वार)अधिक मत आफ्नो पोल्टामा पारेका शर्माले अहिले एमालेकै उमेद्वारको सामना गरिरहेका छन् । २०७४ को चुनावमा करिव १४ हजार भन्दा बढी मत बाम गठवन्धनको हुँदा पनि जितको नजिक पुगेका शर्मालाई यसपालि कति मत ट्रान्सफर हुन्छ भन्नेमा नै आकलन गर्न सकिरहेको देखिदैनन् । २०७४ को चुनावमा काँग्रेस पार्टीले समानुपातिकमा पाएको भन्दा ८ हजार बढी मत शर्माले पाएका थिए । शर्मा वाम गठवन्धनका साझा उमेद्वार राम कार्कीसँग २ हजार ८ सय त्रिसठ्ठी मतले पराजित भएका थिए ।
गत स्थानीय तहको चुनावमा सिटौला पक्षधरवाट मेचीनगर नगरपालिकाका मेयर पदका उमेद्वार विश्वप्रकास पक्षधरका इन्द्र बुढाथोकीलाई असहयोग गरेका कारण चुनाव हारेको बताइने गरेको छ । यद्यपी अहिले शर्मा र सिटौलाविच सम्वन्ध सुध्रिएको बताइदै आएको छ । २५ गते भद्रपुरमा आयोजित चुनावी सभामा एकै मञ्चवाट शर्माले सिटौलाको लागि र सिटौलाले शर्माको लागि मत मागेका थिए ।
शर्माले आफुले चाहेको भए कुनै अनुकूलको क्षेत्र या समानुपातिकमा बसेर आफु संसद भवन छिर्न सक्थे तर पर्दाको जन्ती र मर्दाको मलामी आफ्नो यसै क्षेत्रका जनता भएकाले आफुले जन्मस्थान छोड्न नसकेर दुईपटक पराजित हुँदापनि यसै क्षेत्रमा चुनाव लड्न आएको भावनात्मक कुरा गर्दै मत मागिरहेका छन् । उनले मत माग्दा एमालेलाई गालि गर्दैनन् बरु रचनात्मक कुरा गरेर मतदाताको मन जित्ने ध्याउन्नमा शर्मा लागेको देखिन्छ ।
अहिले अग्नीले जिते संसद बन्लान, मन्त्री बन्लान तर विश्वप्रकाशले जिते भोलि देशकै प्रधानमन्त्री तथा पार्टीको नेतृत्व गर्न सक्ने सम्भावना भएकाले यस पटक विश्वप्रकाश शर्मालाई जिताउँदा नै झापा क्षेत्र नं १ को विकासको मूल फुट्न सक्ने आशा एकथरि मतदाताको बुझाइ छ । मेचीनगर १४ का फस्ट भोटर धर्मेन्द्र ढकालले भने, ‘अग्नी खरेल पनि सम्भावना भएकै उमेद्वार हुन् तर विश्वप्रकाशसँग उनको तुलना हुन सक्दैन ।’ उनी भन्छन् ‘अग्नी खरेल विश्वप्रकाशसँग चुनाव लड्न आउनु नै उनले गल्ती गरेको बताउँछन् ।’
मेचीनगर नगरपालिकाको सबै १५, बुद्धशाान्ति गाँउपालिकाका ४,५,६,७ र भद्रपुर नगरपालिकाको ९ र १० गरि २१ वडाका एक लाख २० हजार ३ सय ७५ जना मतदाता यस क्षेत्रमा रहेका छन् ।