प्रकृतिले समय समयमा अद्वितीय क्षमता भएका मान्छेलाई जन्म दिएको हुन्छ । पछौटे समाजलाई उचाइमा पुर्याउन त्यस्ता ब्यक्तित्वलाई जन्माइरहेको हुन्छ । बहुप्रतिभा र क्षमताका धनी, उर्जाशील ब्यक्तित्व मेचीनगर १० निवासी कल्याण खँड्का त्यस्तै एक ब्यक्तित्वको नाउँ हो । समाज बिकासका निम्ति सचेततापूर्वक बिकास निर्माणमा योगदान गरेको पूर्वजको सन्तान भएकै कारण कल्याण खँड्काको चेत र चेतना समाज विकास बाहेक अन्यत्र ध्यान गएको देखिदैन । आफ्ना हजुरबुवा खड्गवहादुर खँड्कासहित परिवारका अग्रजहरुले रोपेको बिरुवामा निरन्तर पानी हालेर हुर्काउन परिणाममुखी कर्म गर्दै आउनुभएका कल्याण खँड्का एक प्रशिद्ध फुटवल खेलाडी भएर युवाहरुको ढुकढुकीमा हुनुहुन्छ भने साना ठूला र मझौला गरी दर्जनौं संघसंस्थामा विभिन्न पदमा रहेर समाजसेवामा निरन्तर कृयाशील हुनुहुन्छ ।
सबै क्षेत्रको ज्ञान र विवेकपूर्ण कर्म गर्दै आएका कारण बिस २०६० सालमा मेचीनगरमा नगर प्रमुखमा मनोनित भएर गरेका काम साक्षीका रुपमा रहेका छन । शिक्षा क्षेत्रको उन्नतिका निम्ति समर्पित उहाँ स्थानीय महानन्द प्राबिको ब्यवस्थापन समितिको अध्यक्ष भएर निर्वाह गर्नुभएको भूमिका प्रत्येक अभिभावकका मनमष्तिष्कमा आज पनि ताजै रहेको पाइन्छ । स्थानीयतालाई जुनसुकै परिस्थितिमा शीरमा राखेर सेवामा समर्पित हुने उहाँ धुलाबारीको पुरानो क्लब रोलिङ्ग क्लब, तरुण क्लब, मेची उद्योग बाणिंज्य संघ, भेट्रान फुटवल क्लब, लकाईं खड्का जिल्ला समिती झापाको अध्यक्ष रहेर योगदान गर्नु भएको छ । त्यस्तै पासाङ्गल्हामू स्मृती जेसिह प्रतिष्ठान(टाउन हल), धुलाबारी क्याम्पस जस्ता सामाजिक तथा शैक्षिक संस्थामा रगत पसिना खर्च गरेर सामाजिक ब्यक्तित्वको भूमिकामा स्थापित हुनुहुन्छ ।
स्थानीय क्षेत्रको बिकास र समृद्धिका निम्ति दानबीर आफ्ना पूर्वजको पथ पछ्याउँदै आउनु भएका उहाँले धुलाबारी मारवाडी समितिलाई ५ कट्ठा जग्गा निशूल्क प्रदान गर्नु भएको छ भने पशु हाट सञ्चालन गर्न बहुमूल्य १ बिघा १० कट्ठा जग्गा प्रदान गर्नुभएको छ । स्थानीय हेल्थ सेण्टरका निम्ति ५कट्ठा ,श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारीलाई ५ कट्ठा,ज्यामिरगडी हेल्थपोस्टलाई ४ कट्ठा जग्गा निशूल्क प्रदान गरेर धमर्, अध्यात्म, शिक्षा र समाज बिकासमा आधारभूत योगदान दिने खँड्का परिवारको प्रतिनिधि पात्र कल्याण खँड्का एक निस्वार्थ पबित्र र गतिशील उमेदवारको प्रत्यासीका रुपमा उभिनु भएको छ । शिशु कक्षा देखि धुलाबारी माबिमा अध्ययन गरि त्यहिंबाट २०३६ सालमा एसएलसी उतिर्ण उहाँले प्रारम्भमा नेपाल विद्यार्थी संघमा संगठित भै विद्यार्थी राजनीति आरम्भ गर्नु भइ मेची क्याम्पस भद्रपुरमा प्रमाणपत्र तहसम्मको अध्ययन सकेर २०४६ सालदेखी राप्रपामा प्रवेश गर्नु भएको थियो । राप्रपालाई जनस्तरमा पुर्याएर अघि बढ्डैजाँदा तत्कालिन माओबाटी पार्टीले दुई पटक अपहरण गर्यो भनें २०३७ साल भदौको पाटा आन्दोलनमा किसानको पक्षमा उभिंदा भारत निर्वासन भोग्नु भएका कल्याण खँड्काले पटक पटक प्रहरी हिरासतमा यातना भोग्नु भएको छ । त्यसक्रममा उहाँले एक प्रजातन्त्रबादी ब्यक्तित्वको छवि निर्माण गर्नु भएको छ ।
बिपक्षी राजनीती गरेकै आधारमा तत्कालिन बिद्रोही माओवादीले वहाँप्रति असहिष्णु, अभद्र व्यवहार प्रदर्शन मात्रै होईन कि जीवन नै समाप्त पार्ने आक्रमण गर्दा पनि रत्तिभर बिचलित नभई आफ्नो राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक मूल्य मान्यतामा सत्तिसाल जस्तै ठिङ्ग उभिएर जनताको बीचमा छाइरहनु भएको छ । माओबादीले पटक पटक निशानामा राखेर कहिले जुत्ताकोमाला त कहिले मोसो दलेर हतोत्साहित बनाउदा पनि आफू दृढ भएर आफ्नो आस्था र बिश्वासमा अडिग उहाँलाई गलाउन नसकेपछि अन्तत घरमा बम हानेर तर्साउदा समेत अबिचलित कल्याण खड्कालाई आज प्रदेश नं. १ का निम्ति झापा क्षेत्र नं. १ प्रदेशसभा २ सदश्यका लागि राप्रपा नेपालका तर्फबाट उमेद्वार बनाउन पाउँदा सम्पूर्ण मतदातामा खुशीयाली छाएको छ ।
पेशाले निर्माण ब्यवसायी रहनु भएका खँड्का राष्ट्र निर्माणमा अग्रभागमा रहनु हुने कुरामा हामी ढुक्क छौं । सामाजिक जगबाट माथी उठ्नु भएका कल्याण खड्का २०४६ सालबाट राप्रपामा प्रवेश गरेर यहाँसम्म आइपुग्नुहुँदा मेचीनगरमा ३ कार्यकालसम्म पार्टीको सभापती, क्षेत्रीय सभापतिमा दुई कार्यकाल, जिल्ला समितिमा १ कार्यकाल, प्रदेश समितिमा एक कार्यकालको अनुभव बटुली राप्रपाका तर्फबाट निर्माण ब्यवसायीको झापा उपाध्यक्ष भइ एक कार्यकाल जिम्मेवारी बहन गर्नुले उहाँ एक परिपक्व,सचेत,जागरुक र सकृय ब्यक्तित्वको पहिचान बोकेर राष्ट्र सेवामा दत्तचित्त भइ आउनु भएको जगजाहेर छ ।
आगामी मंसीर ४ गते सम्पन्न हुने निर्वाचनमा अत्यधिक मत प्रदान गरेर प्रादेशिक जिम्मेवारीमा चयन गरि हाम्रो भाग्य र भविष्य निर्माणमा कल्याण खड्काको आवश्यकता महशुस गरौं । त्यसका लागि कल्याण खड्कालाई विजयी बनाउन झापा क्षेत्र नं. १ प्रदेशसभा २ का सम्पूर्ण मतदाता महानुभावहरुलाई चुनाव चिन्ह तीरमा मतदान गर्न हामी विनम्र आवह्न गर्दछौं ।
राप्रपा नेपाल
चुनाव प्रचार प्रसार समिति, झापा क्षेत्र नं. १, प्रदेशसभा २ ।