चन्द्रगढी, कार्तिक २५ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विश्वप्रकश शर्मा विचार र निष्ठा बोकेर काँग्रेसलाई मात्रै होईन देशलाई नै हाक्ने सक्ने नेता भएको बताउनु भयो । शर्मा अबको आशाको पुञ्ज भएको बताउनु भयो । वहाँले शर्माको क्षमता समाजबदल्न सक्ने र काँग्रेसलाई हाक्नेसक्ने भएको बताउनु भयो । झापाको चन्द्रगण्ढीमा आयोजित क्षेत्र नं. १ र ३ को केही वडाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका पुर्व महान्त्री समेत रहनु भएका सिटौलाले वर्तमान महामन्त्री शर्माको खुलेर प्रसंसा गर्नु भयो ।
‘शर्मा मिलनसार, क्षमतावान र दृढ आत्माविश्वास भएका नेता हुन,’ सिटौलाले भन्नुभयो, विश्वप्रकाश संघर्ष र उपलब्धीको विम्ब हुन, उनीसंग गुण, विचार र चेतनास्तर भविश्वका लागि डोर्याउन सक्ने मार्ग नै छ ।’ विश्वका लागि भोट माग्नु भनेको व्यक्ति र क्षेत्रका लागि मात्रै होईन देशकै लागि भएको सिटौलाको तर्क छ । सिटौलाले शर्माको चेतनाले समाज बदल्न सक्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री शर्माले जिवनको संघर्ष,बलिदान भएको भूमिमा उत्सव मनाउने तयारीमा झापा कांग्रेस रहेको बताउनु भयो । वहाँले केपी ओलीको विकासको तर्कलाई डाइनोसर विकासको संज्ञा दिनुभयो । सुन्दा आनन्द हुने नभइ देखिने र उपभोग गर्न सक्ने विकास कांग्रेसको लक्ष्य भएको बताउनु भयो । वहाँले आँखाले देख्ने र जिवनले अनुभूति गर्न सक्ने विकासका लागि गठबन्धनलाई भोट दिन आग्रह गर्नु भयो । शर्माले राजनीति सत्ताका लागि गरिने भए पनि अहिलेको गठबन्धन सत्ताका लागि नभइ समुन्नत नेपालका लागि भएको स्पष्ट पार्नु भयो ।
झापा–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनु भएका शर्माले संविधान बनाउदा एक ठाउँमा भएका शक्ति संमृद्धि लागि भए पनि एक ठाउँमा भएको बताउनु भयो । संविधान र व्यवस्थाकै विपक्षमा उभिनेलाई भोट दिनु गम्भीर गल्ती हुने शर्माले बताउनु भयो । सिंहदरवार नसुध्रिएसम्म सिडियो कार्यालय नसुध्रिने र अबको कांग्रेसको लक्ष्य समाज सुधार भएको शर्माले स्पष्ट पार्नु भयो ।
काँग्रेस नेता मोहन महर्जनको सभापतित्वमा भएको सभामा काँग्रेस केन्द्रिय सदस्य सरिता प्रसाई, झापा १ प्रदेशसभा १ का काँग्रेस उम्मेद्वार गोपाल तामाङ, प्रदेशसभा २ का माओवादीका उम्मेद्वार श्याबीर लिम्बु, झापा क्षेत्र न ३ प्रदेश सभा १ का काँग्रेस उम्मेद्वार भुमिप्रसाद राजबंशी लगायतले झापामा गठबन्धनले सानदार जीत निकाल्ने निकाल्ने बताउनु भयो ।