झापा,कार्तिक १६ । मसिंर ४ मा हुने निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै नेकपा एमालले आफनो घोषणा पत्र सार्वजनिक गरेको छ ।
आगामी पाँच वर्षका लागि महत्त्वाकांक्षी कार्यक्रम र प्रतिबद्धता सार्वजनिक गरिएको घोषणा पत्रमा एमालेले सरकार बनाएर गर्नेे २० ग्यारेन्टी, कामका ३० क्षेत्र र २४७ प्राथमिकता समेटिएको छ ।
काठमाडौंको एक पाँचतारे होटलमा आयोजित एक कार्यक्रमका बिच मंगलबार आधुनिक डिजिटल प्रविधि प्रयोग गरी सार्वजनिक गरिएको घोषणापत्रमा विगतदेखि उठाउँदै आएका कतिपय महत्त्वाकांक्षी कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ थप गरिएको छ ।
‘पाँच वर्ष: एमालेले गर्छ’ भन्ने संकल्प गर्दै पार्टी अध्यक्ष केपी सर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दोब्बर बनाएर अर्थतन्त्रको आकार सय खर्ब पु¥याउने प्रतिबद्धता गरिएको छ ।
त्यस्तै एमालेले सातै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने , ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क बितरण गर्ने , नागरिकता, लाइसेन्स र राष्ट्रिय परिचयपत्र अनलाइनबाटै उपलव्ध गराइने ,महिलालाई स्यानिटरी प्याड किन्न १५०० रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
दुई वर्षभित्र विद्यार्थी भर्नादर शतप्रतिशत पु¥याउने दाबी गरेको एमालले ले शिक्षण पेशालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने प्रतिवद्धता पनि जनाएको छ ।
त्यस्तै दुई वर्षभित्रमा ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माण सक्ने उल्लेख गरिएको घोषणा पत्रमा एमालेले आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गरिसक्ने घोषणा पनि गरेको छ