इटाभट्टा, असोज ३१ । झापाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतदाता रहेको झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ वडा र भद्रपुर नगरपालिकाका वडा नं. ९ र १० गरी जम्मा २१ वटा वडा पर्दछन ।
जम्मा एक लाख २० हजार ३७५ मतदाता रहेको झापा १ अन्तर्गतको मेचीनगर वडा नं. ६ मा सबैभन्दा भेरै मतदाता छन । मेचीनगर ६ मा ११६९३ मतदाता छन । त्यस्तै सबैभन्दा कम मतदाता रहेको वडा बुद्धशान्ति ७ हो । जहाँ जम्मा १६१८ मात्रै मतदाता छन ।
त्यसैगरी मेचीनगर १० मा ९५३१, बुद्धशान्ति ४ मा ८९३२, मेचीनगर ७ मा ८६२१, मेचीनगर ९ मा ८५९१ मतदाता छन । मेचीनगर १ मा ५००६, वडा नं. २ मा ५३४९, वडा नं. ३ मा ५८२९, वडा नं. ४ मा ४५६९, वडा नं. ५ मा ४१२४ मतदाता रहेका छन ।
त्यस्तै मेचीनगर ८ मा ६१५७, वडा नं. ११ मा ४१६५, वडा नं. १२ मा ४६९४, वडा नं. १३ मा ४२९५, वडा नं. १४ मा ४५०३ र वडा नं. १५ मा ५४६० मतदाता रहेका छन ।
त्यसैगरी बुद्धशान्ति वडा नं. ५ मा २९९७, वडा नं. ६ मा २४१४ मतदाता छन भने भद्रपुर वडा नं. ९ मा ५६३८ र भद्रपुर १० मा ६१८९ मतदाता रहेको झापा १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।