नारायणबहादुर बस्नेत ।
पुरानो युगमा ,लैजा चरि हावासरि भनेर पक्षीहरू मध्ये पनि काग,कोइली,परेवा ढुकुरहरूलाई सन्देश पठाइन्थ्यो भन्ने सुनेका थियौं, त्यही क्रमलाई आधार मानेर बैधानिक रूपमा नेपालमा पनि सरकार गठन भएपछि चिठी आदान प्रदानको शुरूवात भएको पाईन्छ, चिठी दुईप्रकारले पठाउने चलन थियो, एउटा साधारण त अर्को रजिष्ट्रि, सेतो धागोले बाँधेर पठाईने चिठी मरिमराउको हो भन्ने बुझिन्थ्यो र छिटो गन्तव्यमा मा पुग्ने चलन पनि थियो, साथै आफ्नो आफन्तमा जुठो परेको रहेछ भन्ने सन्देश प्राप्त गरिन्थ्यो। दुबै प्रकारका चिठीको आ(आफ्नो बिशेषता थियो,साधारण चिठी चाहि दश पैसाको टिकट बाटोखर्च लिएर पठाइन्थ्यो भने रजिष्ट्रि चाहि दश पैसामा लान मान्दैनथ्यो र थोरै रकम बढि लिएर लाने गर्थ्यो। साधारण चिठी चाहि कहिले काही एताउता परेर हराउँथ्यो तर रजिष्ट्रि गरेको चाहि पक्कै पुग्थ्यो। यही चिठीकै कारण कतिको घरबार जोडीयो भने तिम्रो गलत सूचनाका कारणले कतिको फेरियो पनि यि त भए परम्परागत चिठीको सन्देशका कुराहरू।
पछिल्लो समयमा आएर आधुनिक बिज्ञानले एक कदम फड्को मारे संगै नेट इन्टरनेटको जमाना आयो, नेटको माध्यमबाट सामाजिक संन्जाल फेसबुक, मेसेन्जर भाईवर, आदि चलाउन थाले संगै चिठीको परम्परा ओझेलमा पर्न थालेको पाईन्छ। अनि ईन्टरनेटले त प्रत्यक्ष फोटो सहितको चिठीको काम गर्न थाले पछि चिठीलाई लाग्न थाल्यो मलाई कतै आधुनिक बिज्ञानले पछि पारेको त छैन यो स्वाभाविक पनि थियो। तर चिठी तिमीमा अझै प्राण छ , तिमीलाई दश पैसाको ठाउँमा दश रूपैयाँको टिकट बाटो खर्च लिएर कार्यालयले अझै प्राण भर्ने काम गरिरहेको नै छ। सरकारी कामकाज, प्रतिलिपि, निवेदन आदिमा तिम्रो नै महत्व बढि छ, अड्डा अदालतमा तिम्रो नै महत्व बढेको छ, कतै चिठीले चिठीलाई पत्राचार गरेर हामी किन पछि पर्यौ भन्नु पर्ने अवस्था सृजना भएको अवस्था त छैन। हिजो जसरी हलकारा दाई खागिको झोलामा चिठी बोकेर एक्लै पुर्याउन आउदा केही शुभ वा असुभ सन्देशको कल्पना गरिन्थ्यो, तर आज ती चिठी बोक्ने हलकारा दाई पनि कतै बिमार परेका त छैनन रु यस्ताखाले प्रश्न चाहि मनमा उठेकै छन।
चिठी, मङ्गसिर ४ को निर्वाचनतर्फ लागौं ।
यही मङ्सिर ४ गते हाम्रो देशका मतदाताहरूले आफ्नो मतदान मार्फत देशको भविष्य निर्माण गर्ने प्रतिनिधिहरू चयन गर्दैछन, हिजोका दिनमा त्यसरी नै निर्वाचित भएका प्रतिनिधिहरू काहा के गर्दैछन, उनीहरूले के के काम गरे, हाल उनीहरूलाई उमेद्वार बनाउने पार्टीभित्र नै छन वा छैनन, चिठी तिमीले यी सबै खाले बिषयको ज्ञान राखेका नै थियौ र छौ पनि, बिश्वास लिएका छौ। कति बिजेता नेताले भ्रष्टाचार गरे होला, कति नेताले राजनीति गर्नु भन्दा अघाडीको आफ्नो सम्पत्तिलाई सके, बिजयी बन्नेहरुले हजारौ गुणा बढाएर लगेहोला, चिठी तिम्रो नै अघाडी बसेका छन ती निर्वाचित जनप्रतिनिधिहरू। त्यो पनि तिमीलाई अवश्य नै थाहा छ। त्यसैले चिठी तिम्रो महत्व यतिखेर मतदाताले खोजिरहेका छन, तिमीले कागजी रुपमा कोरिएर नभए पनि समाचारको रूपमा घरघर व्यक्ति व्यक्ति बिच गएर एउटा नयाँ सन्देश समाचार त दिनैपर्छ, तिम्रो कुरा सुनुवाइ हुन्छ है, तिमी कहिले रोगी बनेनौं त्यसैले त तिमीलाई देशको ढुकुटीबाट कहिले करोडौ खर्च गर्नु पनि परेन तिमी एक सच्चा इमानदार चिठीको रूपमा प्रस्तुत भयौँ त्यसैले तिमीलाई खोजी भइरहन्छ, तिम्रो मन अवश्य नै प्रफुल्ल हुनु पर्ने हो।
निर्वाचन आयोगले निर्वाचन चिन्हको बारेमा कसरी काम गरिरहेको छ। जुन जिल्लामा जति उमेदवार छन त्यतिमात्र निर्वाचन चिन्ह राखेर मतपत्र छाप भनेर तिम्रो चिठी मार्फत सन्देश देउ,अनि निर्वाचनमा उठ्ने उमेदवार को बारेमा कुन पार्टीबाट कस्ता उमेदवार बनेका छन, साथै पटक पटक बिजयी बनेर केही काम गरेका छन वा छैनन। मुन्टो हल्लाउदै हिडेर क(कस्ले मलाई मर्यादित रूपमा नमस्ते गर्छन भनेर प्रतीक्षा गर्ने नेता छन,मतदाताले गरेको नमस्कारलाई दुई हात जोडेर नमस्कार नफर्काउने नेता देखि पटक पटक बिजयी बनेर केही काम नगर्ने नेताहरूलाई, तिम्रो माध्यमबाट सुझाव देउ र भन अब तिमी नेताबनेर हिड्नेकाम छैन, सल्लाहकारको रूपमा बस,हिजो सम्म जनतालाई जति ढाट्न ढाट्यौ, अब आराम गरेर बस। अब केही काम गर्छौ भनेर अघिबढ्ने काठमाण्डौका मेयर बालेन्द्र शाह जस्ता क्षमतावान पार्टीका युवानेतालाई सन्देश प्रवाह गर, र भन अब पालो तिम्रो नै छ, तिमीले पार्टीभित्रबाट नेतृत्व लिएर अघि बढ्यौ र काम गर्यौ भने देशले गति लिन्छ भनेर समाचार सम्प्रेषण गर।
स्वतन्त्रका रुपमा प्रस्तुत भएकाहरुलाई सन्देश देउ सबै बालेन, हर्क र गोपाल हमाल हुन सक्दैनन, बालेनले जस्तो सरकारी जग्गा हडपेर बनाएका संरचना भत्काएर सुन्दर काठमाण्डौ बनाउनेलाई सम्मान देउ, अनि धरानमा पानी नपाएर अप्ठेरोमा परेका धराने नागरिकलाई प्रत्यक्ष जनसहभागितामा खटाएर पानी खुवाउन सफल बन्नेलाई पनि सन्देश देउ,उता धनगढीमा सार्वजनिक खोलाको जग्गा अतिक्रमण गरेर डुबेको धनगढी नगरलाई डुबानबाट जोगाउने गोपाल हमाललाई पनि धन्यबाद देउ र तिमीहरू यसरी नै अघि बढ्नुपर्छ सन्देश देउ।
चिठी तिमीले पार्टीहरूमा पनि काम गर्न सक्ने सुयोग्य युवाहरू धेरै छन, तिनीहरूलाई बालेन जस्तै अघि बढ भन। जेष्ठ र बरिष्ट नेताहरूलाई सम्मान गरेर आराम गराउने वातावरण बनाउ देश बनाउने क्रममा युवा तिम्रो मुख्य भुमिका रहन्छ भन्न पछि पर्नुहुँदैन। चिठी तिम्रो बिशेषतालाई कम नऑक, स्वतन्त्रले देश बन्ने भए ब्यबस्था नै बदल्नु पर्ने हुन्छ, यो पनि सम्भव छैन भन, अर्काथरि छन पार्टीले युवालाई काम गर्न दिएनन बुढाको काम छैन अब युवा स्वतन्त्र भएर जाग्नुपर्छ भनेर भन्नेलाइ, चिठी तिमीले त्यस्ता साथीलाई कडा सन्देश देउ,परम्परागत रूपमा दौडेर लिगलिग कोटमा पुगेर राजा बने जस्तो नसम्झ र युवानै सबैथोक हो भन्ने नबुझ्न आग्रह गर। अर्काथरि छन स्वतन्त्र पार्टी रे पार्टी भन्ने बित्तिकै बहुवचन हुन्छ, बहुवचनमा स्वतन्त्र थपिने बित्तिकै गल्ती भयो, नाम जुराउन नै गल्ती गर्नेले देशको बिकास कसरी अघि बढाउने हुन रु प्रश्न गर चिठी।
चिठी तिमीले पाँचदलीय गठबन्धनको बारेमा पनि प्रष्ट पार, नेपालको मिश्रित प्रणालीय शासन ब्यबस्था अनुसार अब एउटै पार्टीको सरकार गठनहुन सक्दैन, त्यसैले पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ, यदि गठबन्धनलाई निरन्तरता नदिने हो भने मिश्रित प्रणाली शासन ब्यबस्था खारेज गर्नुपर्ने हुन्छ भन। चिठी, तिमीले पनि गठबन्धनको बारेमा बिरोध गरेका थियौ केपी ओलीलाई भन, गठबन्धनका बिरोधि हुँदा हुँदै तिमीपनि पाँचदलीय गठबन्धनलाई पछि पार्दै नौ दलीय गठबन्धन गरेछौ, राष्ट्रवादको नारा खुब घन्काउदै भाषण गर्थ्यो, सिके राउत जस्ता देशलाई बिखण्डण्न गर्नुपर्छ भनेर हिड्ने नेतासंग हात र कुम जोड्दै नौ दलीय गठबन्धन गरेछौ धर्मबिरोधि पार्टीलाई मतदान गर्नुहुँदैन यदि मतदान गरेर आयौ भने घरमा टिका नलगाउनु भन्ने राप्रपा राजेन्द्र लिङ्ग्देन, राप्रपा नेपालका कमल थापासंग हात कुम मिलायौ, मधेस र मधेशीको हित नगर्ने जहिले सत्तानै प्रमुख ठान्ने तराई मधेसका नेता महन्त ठाकुर, आफ्नो पार्टीको अस्तित्व जोगाउन नसकेर अघिल्लो निर्वाचन पनि चुनाव चिन्ह सुर्यमा मतदान गराउने गरि उमेदवार बन्ने ह्रिदयेस त्रिपाठी, हिन्दु बिरोधि दलभनेर चिनिने नेपाल परिवार दलका एकनाथ ढकाल, त्यस्तै बिबेकशिल साझा पार्टीको उज्ज्वल घिमिरे, र अझै जङ्गलमा बसेर संसदीय लोकतन्त्रलाई शत्रु ठान्ने र ूखसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो संसदीय प्रणालीू भन्ने आफुलाई क्रान्तिकारी नेता भन्न रूचाउने नेकपा क्रान्तिकारीका नेता नेत्रबिक्रम चन्द बिप्लवलाई पनि भन देश बनाउन हाम्रा पुर्वजहरूले छाडेर गएको गालीगलौच गर्ने, मर्ने र मार्ने पार्टीलाई मतदान गर्नु हुदैन, हाम्रा पुर्वजहरूले छाडेर जानुभएको असल सँस्कार बोकेर हिड्ने उमेदवारलाई मतदानमा जोडौँ भनेर व्यक्ति व्यक्ति बिचमा गएर भन, चिठी तिमीमा अझै प्राण छ, इमानदारी छ, राज्यको ढुकुटीबाट कतिपैसा पनि तिमीमा खर्च छैन, तिमीलाई शुभकामना दिदै,
अन्त्यमा तिमी एक सन्देश हौ,खबर हौ, तिमी आफैंमा एक दस्तावेज र इतिहास पनि त हौ। चिठी एउटा कागजी पत्र नभएर सूचनाको वाहक पनि हौ।जसको कारणले तिमी सान्ती र युद्ध दुबै हुन सक्छौ, परिवर्तन आउन सक्छ। चिठी भौतिक शरीर पुग्न नसके पनि भावना भने पुगेको हुन्छ। मनको पीडा र खुशी सम्प्रेषण गर्ने माध्यम पनि हौ, त्यसैले मङ्सिर ४ आउदैछ देश बनाउनेलाई चिठीको माध्यमबाट सुझाव दिएर भन राम्रो कामगर्न सक्ने भविष्य बोकेका युवाहरूलाई जागरूक बनाउ साथै सुयोग्य नेतालाई निर्वाचित गराउने दायित्व ता लिएका नै छौ। साथै गाउँगाउँमा राम्रो सन्देश लिएर जाउ ता कि मङ्सिर(४ को निर्वाचन परिणाम द्वारा बनेको सरकारले मतदाताको मनछुनेगरि कामगरेको आधारमा तिम्रो याद पक्कै गर्नेछन र भन्नेछन चिठीको कारण आज यो देशले असल नेतृत्व पाएको छ। धन्यबाद ।।