झापा, असोज ७ । नेपाली काँग्रेसले मंसिर ४ को निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा ४१ सदस्यीय घोषणा पत्र तयारी समिति गठन गरेको छ । समितिका केही सदस्यहरुले भने फरक पृष्ठभुमिबाट प्रतिनित्व गरेका छन । सक्रिय राजनितिभन्दा फरक भुमिकामा क्रियाशील रहेका र आ आफ्नो क्षेत्रमा स्थापित अनुहारहरु काँग्रेसको घोषणा पत्र लेख्दैछन ।
श्रवण मुकारुङ
‘बिशे नगर्चिको बयान’ का स्रस्टा श्रवण मुकारुङ काँग्रेसको घोषणा पत्र तयारी समितिका सदस्य हुनुहुन्छ । ०६२/६३ को जनान्दोलनमा मुकारुङले लेखेको एउटै कविताले सडक आन्दोलन तताउन योगदान गरेको थियो । कांग्रेसको घोषणा पत्रमा सडकको भावना प्रतिनिधित्व उहाँले गर्नु हुनेछ ।
बिनोद दास
नेपाली क्रिकेट टिमका पुर्व कप्तान बिनोद दास घोषणा पत्र तयारी समितिका अर्का सदस्य हुनुहुन्छ । ‘नेपालको खेलकुदः पहिचान र उधोग’ सन्दर्भमा दासले खेलकुद जगत तर्फको प्रतिनिधित्व गर्नुहुनेछ ।
मीन भाम
काँग्रेसको घोषणा पत्र तयारी समितिका सदस्य मीन भाम ओस्कारमा मनोनीत नेपाली फिल्मका निर्देशक हुनुहुन्छ । पिछडिएको कर्णाली प्रदेशको मुगु जिल्लाको विकट गाउँका अन्तर्राष्ट्रिय पहिचान बनाइरहेका नेपाली युवा हुनुहुन्छ भाम । उहाँको लेखन र निर्देशनको फिल्म कालो पोथी सन २०१७ मा विश्व प्रसिद्ध पुरस्कार ओस्कारको मनोनयनमा परेको थियो । भामको निर्देशनमा ‘चिसो बर्ष’ निर्माण हुँदै छ । घोषणा पत्र समितिमा साहित्य, रंगमञ्च र सिनेमाको प्रतिनिधि भामले गर्नुहुनेछ ।
डा संजय महतो थारु
चितवनको खेती किसानी देखि युरोपको युनिभर्सिटीसम्मको अनुभव सम्हाल्नु भएका डा संजय महतो थारु पनि काँग्रेसको घोषणा पत्र तयारी समितिमा सदस्य हुनुहुन्छ । चितवनको सौराहामा खेती किसानीमा संलग्न थारु समुदायका युवा राजनीतिक समाजशास्त्रमा विधावारिधी तथ्यांक विश्लेषणका बिज्ञ युरोपको कोपनहेगन युनिभर्सिटीमा ग्लोबल डेभलपमेन्ट बिषयमा फिल्ड रिसर्च कोअर्डिनेटरको कार्य समेत गर्दै समितिमा समग्रमा तथ्यांकको तथा बिषयगत रूपमा कृषि क्षेत्रको संयोजन गर्नुहुनेछ ।
दिपेश घिमिरे
अमेरिकी जीवन त्यागेर नेपाल फर्किनु भएका युवा दिपेश घिमिरे पनि काँग्रेसको घोषणा पत्र लेख्दै हुनुहुन्छ । समाजशास्त्री घिमिरेका केही पुस्तक प्रकाशित छन । केही बर्ष अमेरिकी जीवन बिताएर, श्रीमती र बच्चा सहित नेपाल फर्किएर हाल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र प्राध्यापन गरिरहनु भएका जापानको सोका युनिभर्सिटीमा विकास अर्थशास्त्रमा बिधावारिधी गरिरहनु भएका घिमिरेले समितिमा विश्वभर छरिएको नेपाली डायस्पोराको भावना संयोजन गर्नुहुनेछ ।
डा प्रीति मण्डल
मधेश प्रदेश सिराहाकी स्थायी बासिन्दा युवा डा प्रीती मण्डल पनि घोषण पत्र समितिको सदस्य हुनुहुन्छ ।
मधेसी महिलाकोहरुको शिक्षा र जीवनमा विधावारिधी गर्नु भएकी डा प्रीति मण्डलले मधेशी महिलाको भावना र सम्भावनालाई काँग्रेसको घोषणा पत्रमा उतार गर्नुहुनेछ ।
रंगमती शाही
कर्णालीको भूगोलको प्रतिनिधित्व गर्दै यस अघिको प्रतिनिधि सभा सदस्य समेत रहनु भएकी प्रखर बक्ता रंगमती शाहीले काँग्रेसको घोषणा पत्रमा कर्णालीको भावनाको प्रतिनिधित्व गर्नु हुनेछ ।
कर्णालीको विकासलाई सदैव केन्द्रीय मुद्दा बनाएकी हुम्लाकी अभियन्ता काठमाडौमा धुलो छैन, मेरो विरोध गर्न विरोधीहरुले मास्क लगाएका हुन भन्ने अभिव्यक्ति तत्कालीन प्रम केपी ओलिले दिएपछि आफ्नो स्कुटिमा पछाडि बसेर काठमाडौको सडक घुम्न चुनौती दिएकी गत प्रतिनिधि सभाको एक प्रखर युवा सदस्य हुन शाही ।
विकल राई
पहिलो पटकको मतदाता (फस्ट टाइम भोटर) को प्रतिनिधित्व गर्दै विकल राईले काँग्रेसको घोषणा पत्र लेख्दै हुनुहुन्छ ।
सामाजिक क्षेत्रमा कृयाशिल नेपाली युवाहरूको साझा संगठन एशोशिसन अफ युथ अर्गनाइजेसन नेपाल (आयोन) को केन्द्रीय अध्यक्ष यि किराँती युवा विकल २२ बर्षको हुनुहुन्छ । आफै फस्ट टायम भोटर रहेका विकलले काँग्रेसको घोषणा पत्र तयारी समितिमा देशभरका फस्ट टाइम भोटरहरुको मुद्दा र भावनाको प्रतिनिधित्व गरिरहनु भएको छ ।
प्रकाश लामिछाने
सामाजिक रुपान्तरणको मुद्दा बोकेर प्रकाश लामिछानेले काँग्रेसको घोषणा पत्र लेख्दै हुनुहुन्छ । अघिल्लो बर्ष कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको ‘सामाजिक रुपान्तरणका लागि नवीन बहस’ को कार्यक्रम ‘ऐना’ को रिसर्च हेडका रुपमा काम गरिसक्नु भएका लामिछानेले घोषणा पत्रको समितीमा नेपाली समाजमा रहेका अनेकौं सामाजिक विसंगतिको ‘रुट कज’ अध्ययन एवं अन्त्य गर्ने सोच, संकल्प र समयावधि बारे समाजको भावना र दृस्ठिकोणको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।
भोजराज श्रेष्ठ
अपाङ्गता क्षेत्रको भौतिक र भावनात्मक प्रतिनिधित्वका रुपमा भोजराज श्रेष्ठले काँग्रेसको घोषणा पत्र लेख्दै हुनुहुन्छ । एक अध्ययन अनुसार नेपालमा ५ लाख भन्दा बढी नागरिकहरु शारीरिक रुपले अपाङ्ग स्थितिमा बाँचिरहेका छन । ह्विल चेयरमा बसेर आफ्नो जीवन चलाइरहेका श्रेष्ठ अपाङ्गता भएका नेपाली नागरिकको सम्मानित जीवनका लागि संघर्षरत एक अभियन्ता हुनुहुन्छ र अब काँग्रेसको घोषणापत्र निर्माण समितिमा आफ्नो समुदायको विचार र भावनाको प्रतिनिधित्व श्रेष्ठले गर्नु हुनेछ ।
डा विश्वविभु घिमिरे
पुर्वका राजवंशी समुदायको जीवनशैलीमा विद्यावारिधी गर्नु भएका डा विश्वविभु घिमिरेले अल्पसंख्यकको मुद्दा माथी विधावारिधीको दृस्ठिकोणको प्रतिनिधित्व गर्दै काँग्रेसको घोषणा पत्र लेख्दै हुनुहुन्छ ।
नेपालमा थुप्रै अल्पसंख्यक जाती र समुदायहरु छन ती मध्ये पुर्वी नेपालमा रहेका राजवंशी समुदाय पनि एक हो । डा घिमिरेले घोषणा पत्र समितिमा अल्पसंख्यक समुदाय उपरको गहिरो अध्ययनको प्रतिनिधित्व गर्दै हुनुन्छ ।
डा अंजनी झा
स्वास्थ क्षेत्रको प्रतिनिधित्व डा अंजनी झाले काँग्रेसको घोषणा पत्र लेख्दै हुनुहुन्छ । डा गोविन्द केसीका तर्फबाट विगतमा सरकारसँग वार्ता गर्ने टिमका मुख्य सदस्य तथा नेपाल मेडिकल काउन्सिलका पुर्व अध्यक्ष डा झाले स्वास्थ्य क्षेत्रका तमाम बिषयलाई घोषणा पत्रमा समेट्नु हुनेछ ।
डा ई हरि दर्लामी मगर
इन्जिनियरिङ जगतको प्रतिनिधित्व डा ई हरि दर्लामी मगर काँग्रेसको घोषणा पत्र तयारी समितिमा हुनुहुन्छ । मगर समुदायका युवा नेपाल इन्जिनियर्स एशोसिएसनको गत निर्वाचनबाट निर्वाचित रास्ट्रीय अध्यक्ष हुनुहुन्छ ।
अनुराधा कोइराला
माइती नेपालकी प्रमुख समेत रहनु भएकी अनुराधा कोईरालाले चेलिबेटी बेचबिखनको बिरुद्ध लामो समयदेखि अभियान नै सञ्चालन गर्नु भएको छ । पुर्व प्रदेश प्रमुख समेत रहनु भएकी कोइराला सिएनएन हिरोका रूपमा समेत विश्वप्रसिद्ध व्यक्तित्व परिचित अनुहार हो । वहाँको अनुभव काँग्रेसको घोषणा पत्रमा प्रतिनिधित्व हुनेछ ।
डा स्वर्णिम वाग्ले
भावी अर्थमन्त्रीका रुपमा हेरिएका प्रसिद्ध अर्थशास्त्री डा स्वर्णिम वाग्ले काँग्रेसको घोषणा पत्रको प्रारम्भिक मस्यौदा उपसमितिको संयोजक हुनुहुन्छ । अर्थविद्का रुपमा परिचित वाग्लेले नेपाली अर्थतन्त्रको मर्म बुझेर घोषणा पत्र निर्माणमा भुमिका खेल्नु हुनेछ ।