पिता कृष्णप्रसाद र माता दिब्या कोइरालाको कोखबाट जन्म लिनु भएका बिपी कोइराला नेपाली काँग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री मात्र भनेर सम्बोधन गर्नु वहँ“प्रति अन्याय हुनेछ । नेपालबाट जहानिया राणा शासन तथा निर्दलियताको पराकास्ट बोकेको पञ्चायती व्यवस्थाको अन्त्यका लागि जीवनपर्यन्त संघर्ष गरिरहने एक यस्ता महामानव जस्को दुरदर्सि नेतृत्व तथा क्षमतामा देश आजको परिस्थितिसम्म आईपुगेको छ । बिपीको १०९औ जन्म जयन्ति मनाईरहदा र देशको आजको राजनितिक अवस्थालाई विश्लेषण गर्दा वहांले २०३३ सालमा मेलमिलाप नीति लिएर स्वदेश फर्कदाको अवस्थालाई सम्झनु उचित हुन्छ ।
बिपी कोईरालाले भारतमा लामो प्रवासी जीवन बिताएर २०३३ सालमा स्वदेश फर्कन लाग्दा नेपाली जनतालाई सन्देश दिदै भन्नुभएको थियो— “देश आज संकटमा छ । केहीवर्ष देखि यो संकट चर्कदै गएको छ । जस्लेगर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिती आउन सक्दछ । यही गम्भीर अवस्थालाई बुझेर हामी स्वदेश फर्कदै छौं ।”
बंगलादेशमा सैनिक “कु” भएर राष्ट्रपति शेख मुजिवुर रहमानको सपरिवार हत्या हुनु, सिक्कीम राज्य भारतमा विलय हुनु, ईन्दिरा गान्धिले भारतमा ईमरजेन्सि शासन लागुगर्नु, संसारभरी बिभिन्न देशहरु बिचमा शितयुद्ध चल्नु, यी सबै कारणहरुको दुरदर्शि बिश्लेषण गरी अब भारतमा बसेर निर्वासित जिवन बिताईरहदा नेपाललाई राष्ट्रिय संकट आईपर्ने देखेर राजा महेन्द्रले मारुन वा जेल हालुन त्यसको पर्वाह नगरि बिपी कोईराला स्वदेश फर्किनुभएको थियो र भन्नुभएको थियो “आजसम्म हामी प्रजातान्त्रिक अधिकारका लागि लडिरहेका थियौं तर अब हाम्रो कांधमा अर्को एक थप जिम्मेवारी आईपरेको छ , त्यो हो देशको अस्तित्वको रक्षा अर्थात राष्ट्रियता र प्रजातन्त्रका लागि संघर्ष गर्ने ।”
बिपीले २०३३ सालमा देशमाथी देखेको संकलको कालो बादललाई चिर्न ल्याएको मेलमिलापको नीति त्यतीबेला जति सान्दर्भिक थियो आज पनि त्यति नै छ । फरक यतीमात्र छ कि त्यो बेला राष्ट्रमाथी संकट थियो भने अहिले लोकतन्त्र माथी । यसकुराको पुष्ठि केपी ओली सरकारका पालामा भएका लोकतन्त्र बिरोधि बिभिन्न कृयाकलापहरुले पनि स्पष्ट पारिसकेको छ । नेपाली जनताले चाहेको लोकतान्त्रिक मूल्य, मान्यता तथा पद्धतीको संस्थागत विकास तथा देशको सम्बृद्धिका लागि पनि आजको मूलमन्त्र हो, “मेलमिलाप नीतिका आधारमा लोकतन्त्रको रक्षाकालागि एजेण्डा मिल्ने दलहरु बिचको एकताबद्ध गठबन्धन र आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा संघिय निर्वाचनमा सामुहिक सहभागिता ।”
नेपालको छ दशक लामो राजनैतिक ईतिहासलाई केलाएर हेर्ने हो भने देशमा सदैव दुई प्रकारका अस्थिरताले देश गांजिदै आईरहेको छ । पहिलो, राजनैतिक अस्थिरता र दोश्रो योजनावद्ध विकासको अभाव । देशको समृद्धि र विकासलाई जहिले पनि राजनीतिसंग जोडेर हेरीने हुंदा भ्रष्टब्यक्ति, असक्षम नेतृत्व, र अलोकतन्त्रिक सोच बोकेर गएका नेताहरु नै राज्यको मुख्य स्थानमा पुगेकाले त्यसको असर देशको समृद्धि र विकासमा परेको छ । बीपीको भाषामा भन्नुपर्दा “नैतिकता बिनाको राजनिति निरर्थक र अलिनो हुन्छ ।” तसर्थ नेपालका राजनितिक दलहरु जतिबढी सक्षम र दुरदृष्टि राख्ने, गुटरहीत पार्टी संचालन गर्ने, पार्टीमा सबल र सक्षम कार्यकर्ता तथा नेताहरुको पहुंच हुन्छ त्यती नै देशमा राजनितिक स्थिरता तथा देशको समृद्धि र विकास सम्भव हुन्छ । तर नेपालमा यी दुवै अस्थिरताहरु दिर्घरोगका रुपमा ग्रसित छन । जबसम्म देशका राजनितिक दलहरुले आफुलाई जनताको भावना, चाहना तथा समयानुकुल परिस्कृत र परिवर्तन गर्दै लैजान सक्दैनन तबसम्म न त दलहरुमा प्रजातान्त्रिक संस्कारको विकास हुन्छ न देशले विकासको बाटो पहिल्याउन नै सक्दछ र न त दल तथा जनतामा राष्ट्रियता प्रति सचेतना नै जाग्दछ । आज हाम्रो देशले मागेको परिवर्तन पनि यही हो । बि.पी कोईरालाले यसलाई पनि समयमै बुझिसकेको हुनुपर्दछ । त्यसैले वहांले भन्नु भएको छ “राष्ट्रियता र संबृद्धिको भावना अहिलेको वदलिदो परिस्थितीमा समयले मागेको छ ।”
बी.पी.कोइरालाले लामो समयदेखि स्थापित राणाशासनको अन्त्य र राज्य सञ्चालनमा जनताद्धारा प्रतिनीधित्व शासनपद्धति स्थापित गर्ने काममात्र गर्नुभएन कि देशको भविश्य नै नंंया ढंंगबाट कोर्ने कार्यको थालनी समेत गर्नुभएको थियो । देशको विकासक्रमलाई नंया ढंगबाट सोच्न थालिएको थियो । त्यसैबेलादेखि बिपिकै नेतृत्वमा सम्मुनत नेपाल निर्माणको यात्रा सुरु भएको थियो । जनताका मौलिक तथा राजनैतिक अधिकारहरुका बारेमा योजनाबद्ध ढंगबाट कार्यको थालनी हुन शुरु भएको थियो । तर त्यो राजा महेन्द्र शासन सत्तामा आईपुगेपछि क्रुरढंगबाट निमोठ्ने काम भयो । यहीबाट शुरुभयो नेपालको राजनितिक अस्थिरता र विकासको क्रमभङ्गता । जसलाई नेपाली कांग्रेसले समय समयमा प्राप्त गरेको सत्ताबाट जनताका मौलिक तथा राजनैतिक अधिकारहरुलाई स्थापित गराउने प्रयत्न गरेको छ तर बिचमा आफु सत्ता बाहिर रहदा नेपालका कम्युनिष्ट पार्टीहरुले अंगिकार गरेको लोकतन्त्र बिरोधि गतिविधि, प्रचारमुखि तथा क्षणिक लाभ प्राप्त हुने खालका योजना, नीति तथा कार्यक्रमले देशलाई पुन पछाडी धकेल्ने काम मात्र भएको पांईन्छ । आजसम्म राष्ट्रिय राजनितिमा हावी हुदै आईरहेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले बीपीले अनुसरण गरेको पद्धतीेबाट अगाडी बढ्ने प्रकृतिका कार्यहरु गर्न आफुलाई अब्बल बनाउन सकेको छैन । यसको फाईदा कम्युनिष्ट पार्टीहरुले लिईरहेका छन् । नेपाली कांग्रेसले मंसिर ४ गतेको प्रदेश तथा संघिय निर्वाचन पछि आफ्नो नेतृत्वमा सरकार बनाउने योजना बनाई रहदा कम्तीमा १५ वर्षे योजनालाई पनि चुनावी कार्यक्रमहरुमा समावेश गरेर लैजानु पर्दछ । किनकी बीपीले भन्नुभएको छ “त्यो पार्टीको राजनितिक योजना नै हैन जसले देशको २५ वर्ष, ३० वर्ष, ५० वर्ष पछिको भविष्य हेर्दैन ।”
बिपी कोईरालाको भाषामा भन्नुपर्दा हाम्रो देश गरिब र सानो छ । मुलुकको अर्थतन्त्रको बाध्यता र भौगोलिक आकारले गर्दा यहां विकेन्द्रित शासन पद्धति नै उपयुक्त हुन्छ । यसकारण पनि देशमा विकेन्द्रित संघिय राज्य ब्यवस्था अपरिहार्य छ । क्षेत्रिय तथा जातिय स्वरुपमा मूलुकलाई विभाजन गर्न सकिन्न किनकि यहां १२३ भन्दा बढी जातजातीहरुको वसोबास छ । १२५ भन्दा बढी भाषाभाषिहरु छन । हिमाल पहाड तराई, कोइ छैन पराई भन्ने भावनाले बिकसित राज्यको संयन्त्रले नै मुलुकको राजनैतिक स्थायित्व भरपर्दो र टिकाउ हुन्छ । नेपालीको चुनौति गरिबी हो, अशिक्षा हो तथा उनिहरुको अधिकार सुनिश्चित गर्नु हो । बिपी कोईरालाले देशको भविश्य कोर्दै गर्दा नेपालीको रहनसहन, आर्थिक अवस्था, भौगोलिक क्षेत्रियता तथा दमित अधिकारलाई हेरेर गरेको चिन्ता पनि यही नै हो । यही सोचेर वहांले भनेको होला “नेपालमा थरीथरी जातका मानिस बस्छन । सबैमा देश प्रतिको माया हुनुपर्दछ । पहाडे वा मधेसी साथै तेरो र मेरोे भन्ने भावना ल्यायौं भने हाम्रो मुलुकको उन्नती हुदैन ।”
आज, बिपी कोईरालाको जन्मदिवश मनाईरहदा देशमा बिकसित नेपाली कांग्रेस लगायत बिभिन्न दलहरुको नयां समिकरणले तबसम्म सार्थकता पाउन सक्दैन जबसम्म बिपि कोईरालाको मेलमिलाप निती अनुरुप अख्तियार हुंदैन । समयानुसार मेलमिलापको सन्दर्भ फरक हुन सक्दछ तर बिपीको मेलमिलाप नीतिबाट नै लोकतन्त्रको संस्थागत बिकास सम्भव हुनेछ । अबको मूलमन्त्र हो, “मेलमिलाप नीतिका आधारमा आगामी पांच वर्षे गठबन्धनको सरकार ।” यही मुलमन्त्रलाई आधार बनाएर अगाडी बढेमा मात्र महानायक विशेश्वर प्रसाद कोईरालाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । जननायक नेता प्रति भावपूर्ण श्रद्धासुमन । जयनेपाल ।
लेखकः नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।