ज्ञानेन्द्र दाहाल ।
पछिल्लो समय नेपाली टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन साइट हरुमा बारम्बार प्रकासन तथा प्रसारण भैरहने एउटा फेसन,ट्रेन्ड भनौँ या समाचारका बिषय बनिसकेको छ बलात्कार र आत्महत्या । यसरी बारम्बार घटित घटनाले न त कानुन परिवर्तन गर्न सकेको छ न त न्याय दिन नै सकेको छ । न यस्ता घटना निर्मुल गर्न नै । केही अगाडि अभिनेता पल साह लाई समीक्षा अधिकारी लगायत अन्य केही ब्यक्तिबाट बलात्कार को मुद्दा दायर भएको थियो । स्टारडम’को आडमा नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई मंगलबार मात्रै दुई वर्ष कैद सजाय भएको छ । पीडितले अदालतमा बयान फेरेपछि बलात्कारको कसूरमा उनले सफाइ पाएका छन । तर बाल यौन दुरुपयोगमा उनी दोषी ठहर भएका हुन ।
यस्तै पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) ले ४ पुस २०७८ मा राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरिएका २५ बर्षिय सन्दिप लामिछाने बिरुद्द जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको छ ।
आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन । यसरी एक पछि अर्को देशका कलाकार तथा खेलाडी माथी लागिएका बलात्कार मुद्दाले अहिले सामाजिक सन्जाल पिटिरहेको छ । पछिल्लो समय सामाजिक सन्जालको दुरुपयोग भनौँ या सामाजिक सन्जाल को प्रगोग बढ्दै गएपछी फेसबूक म्यासेन्जर , ह्वाट्सएप,इमो,भाइबर,टिकटक,इन्स्टाग्राम,स्नापच्याट लगायत सामाजिक सन्जालमा चिनारी भइ भेटघाट गरेर नजिकीने र प्रेम सम्बन्धको सुरुवात गर्ने प्रचलन र यसैको नतिजा स्वरुप मजाले चिनजान नभए छोटो समयमा भएको घुलमिल र आकर्षणमा परेर पुर्ण बिश्वास गर्नाले धेरैजस्तो महिलाहरु बलात्कार तथा यौन हिंसाको सिकार भएका छन भने पुरुषहरु पनि यस्ता हिंसात्मक गतिविधिबाट बचेका भने छैनन । बिशेष गरि वैदेशिक रोजगारीका मा गएका पुरुषहरुका श्रीमतीहरु आफुले कमाएको पैसा लिएर अर्कैसँग प्रेम सम्बन्ध तय गरि भाग्ने देखि लिएर सामाजिक सन्जालमा गरिने पोस्ट कमेन्टहरुको आधारले घटेका हिंसात्मक गतिबिधीबाट ग्रसित हुँदै गएका छन एक चौथाइ नेपालीहरु । त्यसो त सामाजिक सन्जाल गलत नै भन्ने भने सकिँदैन । सडकमा गित गाएर जिबिकोपार्जन गर्ने बालबालिका हरुलाइ स्टेजसम्म पुर्याउने,विभिन्न बिरामीहरुलाइ सहयोग जुटाएर उपचार गराउने,ब्लड हरुको परिपुर्ति गर्ने सम्मका कार्यहरु समेत सामाजिक सन्जालले मिलाएका उदाहरणिय घटनाहरु समेत छन तर पछिल्लो समय सामाजिक सन्जालको दुरुपयोगले हिंसात्मक घटनाहरुलाइ प्रोत्साहन गरिएको कुराहरु प्रस्ट देख्न सकिन्छ । प्रेमिका लाई केही गर्दिन भनेर डेटिङ बोलाउने मख्ख पार्ने भबिष्यको कुरा गरेर अनि लास्टमा यौन सम्पर्क गरेर छोड्ने जस्ता काम गर्नु पनि बलात्कार नै हो । सामानान्तर र सरल यौन शिक्षा जब सम्म प्रयोगमा आउदैन तबसम्म यस्ता घटनाहरु समाजमा घटिनै रहन्छन । जसरी गाँस, बाँस र कपास मानिसका नभै नहुने आधारभुत कुरा भए त्यसरी नै यौनलाई पनि आधारभुत कुरा मान्न थालिएको छ ।
आधारभुत कुरा को बारेमा पुर्ण जानकारी नभएसम्म आधारभुत आवश्यकता परिपुर्ती गर्नका लागि मानिसले आफ्नो परिवार समाज कोहि नभनी यौन कार्यका लागि जबर्जस्ति गर्दछ फलस्वरुप बलात्कारका घटना बढिरहेका हुन्छ्न । अर्को कुरा सुरक्षित यौन को कुरा आउँछ जसमा परिवार तथा समाज परिमार्जित आधुनिकता तिर जान नसक्नु र पुर्ण अन्धबिश्वास तथा सस्कार भनेर यौन बारे खुलेर कुरा नगर्ने आफ्ना सन्तान यौन शिक्षा लिन खोज्दैछन भने हप्काउने कराउने डर देखाउने गर्दछ्न जसले गर्दा आधारभुत आवश्यकता भित्रको यौन प्यास मेट्नका निम्ति सहमती बिना नै बलात्कारका घटना घट्ने तथा सहमती मै भए पनि पछि गएर आत्महत्या प्रयास तथा आत्महत्याका घटना निम्त्याउने जस्ता समस्या आइरहन्छन । अर्को कुरा आउँछ बिद्यालयमा यौन शिक्षाको शिक्षण प्रणाली सुरुवाती चरणमा हरेक कुराहरु कठिन नै हुन्छन त्यस्तै मध्य एक हो एउटा शिक्षक द्वारा छात्र र छात्रा लाई एउटै ठाउमा शिक्षण गराउने । एउटा शिक्षकले छात्रालाई यौन शिक्षा दिदा छात्राहरु लजाउने हुन्छन जसले गर्दा खुलेर यौन स्वास्थ्यको बारेमा छलफल हुन सक्दैन त्यस्तै शिक्षिकाद्वारा छात्र हरुलाइ खुलेर यौन स्वास्थ्यको बारेमा छलफल गर्न कठिन अवस्था आउनु नै यौन शिक्षा को बिकाश हुन नसक्नु हो ।
एकै ठाउमा यौन शिक्षा पढाउने र अर्धज्ञानले खराब बाटो तिर धकेल्न सहयोग पुगिरहेको हुन्छ । अर्को कुरा यौन शिक्षाको कुरा गरिरहदा यो सँग सम्बन्धित आउने कुरा के हो भने समाज साथिभाइ परिवार या शिक्षकबाट निस्कने एउटै कुरा हो अस्लिलता किन ? तर शिक्षकहरुले बिद्यालयमा खुलेर यौन शिक्षा र अस्लिलताको फरक छुट्यैइदिने हो भने पनि यौन शिक्षामा धेरै सहयोग पुग्दछ । यौन शिक्षा र अस्लिलतामा आकास पातलको फरक छ,नेपालीहरु यौन शिक्षालाइ पनि अस्लिल मान्ने गर्छन,लजाउने सर्माउने गर्छन किनकी हाम्रो मनोबिज्ञान संकुचित अनि समाज अन्धबिस्वासमा छ ।
यौन शिक्षा नारीपुरुष सबैलाइ जरुरी हुन्छ,उचित गर्भधारण तथा अन्य शारीरिक कृयाकलापको राम्रो ज्ञान हुन जरुरी छ । बलात्कारका घटना जोडिएको पछिल्लो दिनमा घटेका घटना मध्य एक हो फेसबूक लाइभ गरेर आत्महत्या तथा प्रेमी प्रेमिकाले धोका दिएको भन्दै आत्महत्या । एक महिना अगाडि संखुवासभा घर भइ इटहरी बस्दै आएकी कक्षा १२ मा ब्यवस्थापन संकायमा अध्ययन गर्ने छात्रा श्रद्धा घिमिरेले आफ्नो प्रेमिले आफूसँग चिट गरेको भन्दै फेसबूकमा स्टाटस लेखेर आत्महत्या गरिन । उनिहरु बिगत २/३ बर्ष देखि प्रेम सम्बन्धमा थिए भन्ने कुराहरु बाहिरिएको छ । सानै उमेरमा सामाजिक संजालको क्रेज र दुरुपयोगले यस्ता घटनाहरु बारम्बार आइरहेका छन । यदि कुनै केटा वा केटीले डिजिटल क्यामेराबाट फोटो खिचेर या सम्पादन गरेर फोटो फेसबूकमा हाल्छन अनि आउछन दुनिया भरिको कमेन्ट गर्ने केटा केटी हरु ‘मलाइ तिमी मन परेउ , तिमी मेरो किस्मत हौ, इन्बक्समा हेर ल मेसेज गरेको छु, साथी बनौँ ल , तिमीलाई धेरै माया गर्छु, मामु ज्वाइ बुहारी भेटियो यस्तै हावादारी’
यति तारिफ गर्दिएसी त यसै मख्ख परिहाल्ने भै हाले
अनि रात भर त्यो केटा केटीको बारेमा अनेकौ थरिका कुरा खेलाउन थाली हाल्छन
नभन्दै अर्को दिन साथी पनि बनिहाल्छन
लौ अब सुरु भयो मेरो प्रेम कहानी
हरेक अपरिपक्वको सोचाइ हो यो तर परिपक्व भै सकेको मान्छेहरु भने खासै त्यता तिर लागेको देखिदैन । बिस्तारै बोल्दै जान्छन , कुरा अघि बढदै जान्छ,
अनि एक अर्कासङ अत्ति नजिक भै सक्छन ,
नभन्दै अर्को दिन प्रेम प्रस्ताव गरिहाल्छन
यति दिन बोलिसके पछि त यसले कसो स्वीकार नगर्ला मलाई
उसले पनि आहा यता उति भन्दै म पनि तिमिलाइ माया गर्छु भन्छन
खुसी हुदै एक अर्को लाई अङालो मारी हाल्छन ,
बिस्तारै कुरो आउँछ भेटघाटको, भेटघाट गर्छन र भेटघाटमा कुरो आउँछ यौन सम्पर्क (सेक्स) को, यौन नभै नहुने कुरा हो, तर माया प्रेमको सम्बन्धमा बस्यो भन्दैमा यौन सम्पर्क नै गरि हाल्नु जरुरि ठान्दैनन कसैले, सम्बन्धमा त एक अर्काको हेरचाह अनि एक अर्का को दुख , जिन्दगी को सपना देख्न थाल्छन कोइ यौन सम्पर्क गर्न नमाने पछि,चाहे त्यो केटा होस या केटी जबर्जस्ति गर्न थाल्छन ।
त्यसपछी त्यो सम्बन्ध पुग्छ तँ साले साली यौन कै लागि सम्बन्धमा बस्ने आज बाट तेरो बाटो अलग मेरो बाटो अलग अनि सम्बन्ध लाई यौन सँगै सक्काएर सामाजिक सन्जालमा स्टाटस लेख्छन सबै केटा र सबै केटि एउटै हुन अनि सम्बन्ध सक्किसकेको हुन्छ यता महिलाको महिनावारी रोकिए पछि होस आउँछ आफू गर्भवती भएको कुरा । एउटा कुरा के हो भने, हामी धेरैको बानी कोइ एक दुई दिन मस्केर बोल्यो भन्दैमा उ प्रती आकर्षण भै हाल्छौ, अनि यहि आकर्षणलाई प्रेम सोच्छौ, अनि यस्ले नै जिन्दगी डुबाइदिन्छ त्यसपछी घरपरिवारको इज्जत सम्झन्छौँ आफ्नो इज्जत समाजको र परिवारको डर सम्झिएर डिप्रेसन हुने अवस्था आइपुग्छ समाधानको एउटौ उपाय आउँछ आत्महत्या अनि सोच्छौँ लाइभ बसेर आत्महत्या गर्दा उसले नि देखोस न भनेर सामाजिक सन्जालमा लाइभ बसेर सजिल्यै प्राण त्याग गर्दछन । नेपालमा सामाजिक सन्जालको बढ्दो दुरुपयोगलाई कम नगर्ने हो भने यस्ता साइबर अपराध , यौन हिंसा तथा चोरी डकौतिका घटनाहरु झन मौलाएर जानेछन यसको लागि सामाजिक सन्जाल कडाइ तथा नियमावलीहरु बनाएर त्यसको कार्यनयन गर्न कानुन मन्त्रालय तथा सुचना तथा सन्चार मन्त्रालयले ध्यान दिनु जरुरी देखिन्छ । साथै यौन हिंसा र बलात्कार जन्य अपराध हरुलाइ निर्मुल पार्नका निमित्त बिद्यालय तह देखि नै यौन शिक्षाको बारेमा पढाइ हुनुपर्ने देखिन्छ ।
यौन हिंसा र बलात्कार सम्बन्धि के कस्ता नियम छन त नेपालमा ? अब त्यसलाइ मध्यनजर गर्दा मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १८ को दफा २१९ को उपदफा २ अनुसार कसैले कुनै महिलालाइ निजको मन्जुरी बिना करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ बर्ष भन्दा कम उमेरको कुनै बालिकालाइ करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाइ जबर्जस्ति करणी गरेको मानिने छ । उपदफा ३ जबर्जस्ती करणी गर्ने ब्यक्तिलाइ त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरि देहाय बमोजिक को कैद हुनेछ
क) दस बर्ष वा सो भन्दा कम उमेरकी बालिका , पुर्ण अशक्त अपांग भएका वा सत्तरी बर्ष बढी उमेर भएका महिला भए जन्मकैद ।
ख) दस बर्ष वा दश बर्ष भन्दा बढी चौध बर्ष भन्दा कम उमेरकी बालिका भए १८ देखि २० बर्ष सम्म कैद ।
ग) चौध बर्ष वा चौध बर्ष भन्दा बढी सोह्र बर्ष भन्दा कम उमेर भएकी महिला भए १२ देखि १४ बर्ष सम्म कैद ।
घ) सोह्र बर्ष वा सोह्र बर्ष भन्दा बढी अठार बर्ष भन्दा कम उमेरकी महिला भए १० देखि १२ बर्ष सम्म कैद ।
ङ) अठार बर्ष वा अठार बर्ष भन्दा माथी उमेरकी महिला भए ७ देखि १० बर्ष सम्म कैद हुने ब्यवस्था छ ।
४ उपदफा (३) मा जुनसुकै कुरा लेखीएको भएता पनि बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा पति ले पत्निलाइ जबर्जस्ति करणी गरेमा ५ बर्ष सम्म कैद हुने ब्यवस्था छ ।
डाटा स्रोतः सामाजिक सन्जाल तथा मुलुकी अपराध संहिता ऐन २०७४a