धुलाबारी, साउन ३१ । संघ र प्रदेशको निर्वाचन नजिकिएसंगै दलिय र गैरदलिय राजनितिका बारेमा विभिन्न कोणबाट चर्चा हुन थालेको छ । पछिल्लो स्थानीय तहको निर्वाचनमा गैरदलिय उम्मेद्वारहरुले समेत महत्वपूर्ण पालिकाहरुमा विजय हासिल गरे पछि त्यसबारेमा देश व्यापी चर्चा शुरु भएको हो । यसै प्रसङ्गमा थिङ्कर्स क्लब मेचीनगरद्वारा ‘गैरदलीय प्रतिनिधिको राजनीतिः दलीय प्रतिनिधिको राजनीति माथि प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम शनिबार धुलाबारीमा सम्पन्न भएको छ ।
मेची बहुमुखी क्याम्पस भद्रपुरका राजनितीशास्त्रका प्राध्यापक, भिम सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख राजनितिक दलका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थिङ्कर्स क्लब मेचीनगरका सदस्य अनुज दाहालले जानकारी दिनु भयो ।
कार्यक्रममा नेकपा एमालेका तर्फबाट कृष्ण कनाल, कञ्चन तामाङ्ग, र चेतन विष्ट सहभागि हुनु भएको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रबाट राजन चिमरिया, प्रकाश खड्का र पुष्प गुरागाई सहभागि रहनु भएको थियो । नेकपा एकिकृत समाजवादीका अर्जुन पौडेल र हरि तिम्सिना, जनता समाजवादीका ओमप्रकाश खापुङ्ग, उमेश थापा र विमलदेव काफ्लेको सहभागिता रहेको थियो ।
मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालको समेत सहभागिता रहेको कार्यक्रममा आयुशमान निरौलाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि राजनितिक दलका प्रतिनिधि र हिमालयन मल्टिपल कजेल धुलाबारीका अध्यक्ष अनन्तप्रकाश वस्तीले टिप्पणी गरेका थिए ।
क्लबका अध्यक्ष श्याम शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वगत मन्तब्य अमृत चौलागाईले गरेका थिए भने योगश राजवंशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सबै किसिमका बिचार अभिव्यक्तिहरुको खुलेर बहस गर्न र सामाजिक सचेतना अविवृद्धिका कार्यक्रम सबै क्षेत्रसम्म पुर्याउन र सामाजिक सदभाव कायम राख्न एक वैचारिक संस्थाका रुपमा ८ महिना अघि मेचीनगर क्षेत्रका सक्रिय युवाहरुले थिङ्कर्स क्लब मेचीनगर गठन गरेका छन ।