झापा, साउन १३ । नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री डा.दीपकप्रकाश बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ बिहिबार एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ ।
काठमाण्डौस्थीत राष्ट्रिय सभागृहमा आयोजित पुस्तक लोकार्पण तथा वैदिक नेपालको भबिष्य बिषयक गोष्ठी कार्यक्रम माझ नेपाली काँग्रेसका पूर्व महामन्त्रि एवंम पूर्व मन्त्रि कुलबहादुर गुरूङ् , काँग्रेसका नेता शेखर कोईराला, अर्जुन नरसिहं केसी, नेतृ महालक्ष्मी उपाध्याय (डिना), महर्षी फाउण्डेशनका डा. किन्स्ले ब्रुक, प्रा. डा. कुमार कोईराला, संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुल प्रसाद कोईराला र श्रष्टा स्वयंले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
यस पुस्तकमा मेरो जीवनको अर्धशतकीय कर्म विवरण झल्किनुका साथै कर्मशील जीवन–यात्रामा व्यहोरेका बाधा–व्यवधान, सफलतालाई सङ्क्षिप्त रूपमा उतारेर पाठकसामु अर्पण गरेको पुस्तकका लेखक डा. बास्कोटाले लोकार्पण कार्यक्रममा बताउनु भयो ।
नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाप्रति समर्पित निष्ठाको यात्रामा डा. बास्कोटाको जन्म, शिक्षा, राजनीतिदेखि कञ्चनजङ्घा टी–स्टेटको सुरुवात, सहकारी आन्दोलन र अध्यात्मको प्रारम्भसम्मका आरोह–अवरोह समेटिएका छन् ।
डा. बास्कोटाकै नेतृत्वमा नेपालमा नै पहिलो पटक करीब ४० बर्ष अघि पाँचथरको फिदिममा कञ्चनजंघा टीस्टेट मार्फत अर्गानिक चिया उत्पादन सुरु गरिएको थियो । त्यस्तै नेपाली काँग्रेससंग आबद्ध भएर राजनितिमा लाग्नु भएका बास्कोटा शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्री परिषदमा गृहराज्य मन्त्री समेत भइसक्नु भएको छ ।
पछिल्लो समय महर्षी फाउण्डेशनमार्फत नेपालमा बैद्धिक संस्कारलाई पुर्नजागरण गर्ने अभियानमा लाग्नु भएका बास्कोटा सादा जीवन उच्च विचारका एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ ।