एसियाकाे बहु प्रतिष्ठत राष्ट्र कतार २२ अैां संस्करणकाे विश्व कप फुटबल प्रतियोगिता २०२२ काे एक मात्र आयाेजक रहेकाे छ । तिव्र विकासकाे बाटाेमा रहेकाे यस राष्ट्रले करिब ८ वर्ष अघि विश्व कै प्रतिष्ठत खेल प्रतियोगिता गर्ने सुनिस्चित हुनुभन्दा अघि देखि यसका लागि आवश्यक मैदानहरूकाे तयारी थालेकाे थियाे । अहिले प्रतियोगिता शुरु हुने समय नजिक आउदै गर्दा कतारले कस्ता कस्ता स्टेडियममा खेलहरु आयाेजना गर्दै छ त भन्ने चासाे हुनु स्वभाविक नै हाे । त्यसैले आज म यसै वारेमा केही चर्चा गर्न गईरहेकाे छु यस लेखमा ।
यही नाेभेम्बर २१ तारिख अर्थात मंसिर ५ गतेबाट शुरु हुने याे प्रतियाेगिता कतारका विभिन्न ८ वटा स्टेडियमहरुमा संचालन हुनेछन् ।अल बायत स्टेडियम जहाँ उद्घाटन खेल आयाेजना हुनेछ, कतारकाे दाेहा शहरबाट करिब ५० कि मि काे सडक दुरिमा रहेकाे छ । दर्शक क्षमताकाे आधारमा यश पटककाे विश्व कपका खेलहरु हुने स्टेडियमहरु मध्येमा दाेस्राे ठुलाे हाे जहाँ साठी हजार दर्शक अटाउनेछन । याे स्टेडियमकाे आकार त्यहाँको नाेमाड्स भन्ने एक ऐतिहासिक जातिले बस्नका लागि प्रयाेग गर्ने टेन्टकाे रुपमा तयार पारिएकाे छ ।त्यस्तै चालीस हजार दर्शक क्षमता रहेकाे अल वक्राह स्पाेट्स कम्प्लेक्स मा रहेकाे अल जनाव स्टेडियमले अर्को ऐतिहासिक महत्त्व बाेकेकाे छ । त्याहाँ परम्परागत रुपमा समुन्द्रमा हिरा खाेज्नका लागि प्रयाेग गरिने गरिएकाे नाैका ( Boat ) काे आकार दिएकाेछ ।यसरी आफ्नो परम्पराकाे जिविततामा कतार सचेत रहेकाे देखिन्छ यि स्टेडियमरु हेर्दा ।
यति मात्र नभइ अन्य स्टेडियमहरुले पनि कतारकाे कला संस्कृति, परम्परा र ऐतिहासिक महत्त्वलाई उजागर गर्नुका साथै त्यहाकाे जाति भेषभुषा र पर्यावरणलाईसमेत झल्काउने प्रयास गरेकाे पाईन्छ ।
अल थुमामा स्टेडियममा पनि यश पटककाे विश्व कपका खेलहरु आयाेजना हुनेछन जसकाे दर्शक क्षमता पनि चालीस हजार नै रहेकाे छ ।गाेलाकार आकारमा रहेकाे याे स्टेडियमले कतारका मानिसले लगाउने परम्परागत टाेपि ( Hat ) काे झझल्को दिन्छ ।
यसैगरी स्टेडियम 974 का नामले चिनिने रास अबु अबाेण्ड स्टेडियमकाे त कुरै छाडाै । दाेहा नजिकै रहेकाे याे स्टेडियम जहाजका पुराना 974 वटा कन्टेनरहरु प्रयाेग गरेर बनाईएकाे छ। यसकाे पनि दर्शक क्षमता चालीस हजार नै रहेकाे छ ।
पचास हजार दर्शक क्षमता रहेकाे अल रेयानमा अवस्थित अहमद विन अलि स्टेडियमले त्यहाँकाे वातावरणमा पाइने स सना जिवजन्तु र वनस्पतिको प्रतिनिधित्व गर्दछ अर्थात यसकाे सजावटमा ती चिजहरुकाे नक्सा , चित्र आदिकाे प्रयाेग गरिएकाे छ ।
दाेहा शहरकाे उत्तर तर्फ रहेकाे लुसियल आइकाेनिक स्टेडियममा फाईनल खेल हुनेछ जुन विश्व कप २०२२ का खेलहरु हुने स्टेडियमहरु मध्ये सबैभन्दा ठुलाे स्टेडियम रहेकाे छ ।यसकाे दर्शक क्षमता असी हजार छ । कतारकाे आधुनिकता र परम्पराकाे मिश्रणकाे रुपमा रहेकाे याे अत्याधुनिक स्टेडियम, कतारका मानिसले प्रयाेग गर्ने परम्परागत एक भाँडाे काे आकारमा रहेकाे छ ।
पैंतालीस हजार तीन सय पचास सिट क्षमताकाे एजुकेसन सिटि स्टेडियम कतारकाे अत्याधुनिकताकाे एक अनुपम उदाहरण हाे । डायमन्ड आकारमा रहेकाे याे स्टेडियमले सुर्यकाे किरणसँगै रइ्गहरु बदल्ने गर्दछ ।
करिव नब्बे काे दशक र त्यसभन्दा पछि र हालै मात्र निर्माण तथा पुनर्निमाण गरिएका यी माथि का सातवटा स्टेडियमका साथमा विश्व कप फुटबल प्रतियाेगितालाई सफलता पुर्वक अत्याधुनिक तवरले सम्पन्न गर्न कतारले आफ्नाे ऐतिहासिक महत्त्व बाेकेकाे अर्को एक स्टेडियमकाे प्रयाेग गर्दैछ । दाेहामा रहेकाे आज भन्दा करिब ४५ वर्ष अघि निर्माण गरिएकाे पैंतालीस हजार चार सय साेह्र दर्शक अटाउने खलिफा इन्टरनेसनल स्टेडियमलाई केही पुनर्निर्माण गरि तयार पारिएकाे छ। यसरी कतारले आफ्नो साख उच्च बनाउनका साथै यसै मार्फत आफुलाई विश्व काे एक आधुनिक र विकसित राष्ट्र काे रुपमा प्रस्तुत गर्ने प्रयास गरिरहेकाे छ याे वर्ष । हेराै यसमा कतार कत्तिको खराे उत्रने छ ? यसका लागि हामीले करिव चार महिना पर्खनु पर्नेछ ।