यतिबेला आम मानिसले सोच्ने पहिलो कुरा भनेको नै आफ्नो र परिवारको स्वास्थ्यको कुरा नै हो । मानिसहरु आफ्नो स्वास्थ्यप्रति धेरै नै सचेत हुँदै गइराखेको अवस्था देखिन्छ । साथै गाँस, बास र कपास अनिवार्य आवश्यकता भने झैं खाद्य सुरक्षा, पोषण सुरक्षा, सन्तुलित आहार आजको आवश्यकता बनिसक्दा पनि हामी हाम्रो उत्पादनलाई कसरी स्वास्थ्यकर बनाउने भन्ने बिषयमा भने गहिरिएर बुझ्न खोजेको जस्तो अवस्था भने देखिदैंन । आज हरेक मानिस स्वास्थ र निरोगी बन्न खोजिरहेको छ । हाम्रो मात्रै होईन विश्वभरिका मानिसको स्वास्थ्यको पहिलो आधार भनेको उसले दैनिक उपभोग गर्ने खाद्य बस्तु नै हो ।
एकातर्फ मानिस स्वस्थ हुन चाहन्छ तर अर्को तर्फ खाद्य बस्तु कसरी उत्पादन भइरहेको छ भन्ने हेक्का राख्दैन । हामीले दैनिक उपभोग गर्ने खानेकुराको उत्पादन नै अस्वस्थ्य छ भने त्यसबाट हामी स्वस्थ हुने कुरा कसरी सभ्भव छ र । त्यसैले आफु र आफ्नो परिवारलाई स्वस्थ राख्न हाम्रो खाद्य सामग्रीको उत्पादन पनि स्वस्थ हुनु पर्छ ।
यतिबेला हाम्रो देशको पहिलो समाचार बनेको छ ‘युरीया मलको अभाव’ । अनि सरकार अर्को देशसंग पैंचो मागेरै भए पनि युरीया मल भित्र्याउने ध्याउन्नमा लागेको छ । हाम्रो देश युरिया मलमा मात्र अल्झिरहेको आभाष भैरहेको देख्दा, सुन्दा म पनि एक जैविक, बैद्धिकबाट पनि यो सम्भव छ भनेर लडिरहेको एक अभियन्ता भएको हिसावले आज मलाई यस्ता समाचारले उठाएका केही बिषयमा नलेखि बस्न सकिन ।
मल भन्नाले रासायनिक र प्राङगारीक दुवैलाई बुझाउछ । तर आज पनि हामी मल भन्ना साथ रसायनिक मात्र बुझ्ने गरेका छौं । तर, प्राङगारीक पनि मल हो भनेर किन बुझिदैन ? यसको अभ्यास नभएर ? नजानेर ? की प्राङगारीक भन्ने मल प्रमाणित नभएर ?
यस्ता धेरै प्रश्नहरु मेरो मानस पटलमा आइरहदा, व्यवहारिकता हेर्दै जादा, गाँउगाँउको पुरानो खेति प्रणाली बुझ्दै जादा किन यति धेरै फरक रसायनिक मल र प्राङगारीक मलमा कुरो सारै गहिरो रहेछ । हामी जस्ता किसानले त बुझन पनि गाह्रो, बुझाउन पनि अफठ्यारो । व्यवहारमा उतार्न त झनै गाह्रो रहेछ भन्दा अतियुक्ति नहोला ।
नेपालमा मलको इतिहास त्यति पुरानो देखिदैन । नेपालमा १९५० को दशकमा भारतबाट रसायनिक मल निजि क्षेत्र मार्फत आयात सुरु गरेको इतिहास छ । यसमा पनि मल अनुदान त धेरै पछि १९७३/७४ तिर उत्पादन बढाउन होडबाजी चलिरहेको बखत मलको मूल्यबृद्धिको कारण अनुदानको व्यवस्था गरेको तथ्याङ्कले देखाउँछ ।
यी सबै हेर्दै जादा १९५० को दशक अगाडि अन्नबाली उत्पादन हुँदैन थियो त ? पक्कै पनि हुन्थ्यो । इतिहास हेर्दै जादा कुनै समयमा त हामी हाम्रो उत्पादनहरु निर्यात गर्थिऔं । सकेसम्म आयात गर्दैनौं थियौं । तर आज आइपुग्दा कृषि प्रदान देश भन्न छाडेका छैनौं तर हाम्रै देशमा उत्पादन गर्न सकिने खाद्य बस्तुहरु पनि आयात गर्दैछौं ।
के यो सबै युरिया मल नपुगेरै हो त । खै हामीसँग अध्ययन अनुसन्धान र तिनले निकालेका तथ्याङ्क ? खै हामीसँग अरु उत्पादन बढाउने नीति, नियम र कार्यान्वयनका पक्षहरु ? कति धेरै प्रश्न गर्ने ? खै हाम्रो बाँझो खेतमा अन्न उत्पादन गर्ने इच्छा शक्ति र सामथ्र्य । सरकारको नीति नियम र योजना के ? अनि पनि भन्ने रसायनिक मलको कमी भएका कारणले उत्पादनमा ह्रास आएको भनेर ?
ंके आजको समस्याको समाधान आयतित मल हो ? रसायनिक मल नै उत्पादनको श्रोत हो भन्ने कुरालाई म मान्न सक्दिन किनकि माथिनै भनि सक्यौ आजको आवश्यक्ता स्वाथ्यकर उत्पादनहरु उत्पादन गरि स्वाथ्य रहि उत्पादन बढाउनु हो । यसका लागी सरकारले पहलका साथै प्राड्ढारिक मल उत्पादन गर्न व्यवसायिहरु, उत्पादकहरु, किसानहरुलाई बुझाउने आवश्यक्ता पुरा गर्न पहल कदमि किन नचाल्ने ?
यस मानेमा किसान, मल उत्पादक र सरकार एउटा थलोमा बसेर किन समाधान नगर्ने र आज प्रङ्गारिक मल करखाना खोल्ने व्यवसायीहरु किन आवाज वुलन्ध गर्न सक्दैन्न ? किन सरकारलाई विकल्पका रुपमा प्रङ्गारिक मलको आवश्यक्ताका बारेमा किसानले बुझाउन सक्दैन्न के सरकारले गरेन मात्र भन्ने कि बुझाउने र समस्या सुल्झउन तर्फ लाग्ने यो मेरो अर्को प्रश्न रहेको छ ।
हामी प्रङ्गारिक मल लाएर उत्पादन गर्ने बढाउने र राष्ट्रिय अन्तराष्ट्रिय बजारमा पु¥याउन सक्ने सम्मको चुनैति बोकेर आज यसको संभावना आवश्यक्ता र चुनैति लाई समाधान गर्दै यो अवस्थामा आउन सकिने दावि गर्न चाहान्छौ । तर एक जनाको प्रयास र साहसले पक्कै पनि यो संभव छैन । यो संभव छ त सरकार, किसान र मल व्यवसायी हरुको नि–स्वार्थ लगनशिलता र सरकारको परिर्वतित सोच स्वाथ्यकर उत्पादन गर्ने योजना र विकासको कडि समाउन सक्ने चावि खोज्न र यस्मा लागेका किराहरुले जसरी माटो विगारी सके त्यसै गरि निकास दिन सक्ने लामो रणनितिक योजना नल्याए सम्म यो समस्या हिजो जे थियो आज तेहि हुदैछ र भोली तेहि हुनेछ ।
तर हामी सबैले घर घरबाट प्रङ्गारिक मल उत्पादन गर्न सहयोग पु¥याउनु पर्ने बेला आइसकेको छ । हामीले फालेका तरकारी, फलफुल, दाल भात यो सड्न र गल्न सक्दछन् एक टोकरीमा राख्न सरु ग¥यौ र प्लास्टिक जन्य वस्तुहरु अर्का टोकरीमा राख्न सुरु ग¥यौ भने सहर बजारमा भने त्यसैगरि गाँउघरमा व्याक्तिगत र सामुहिक सहकारी मार्फत मल वनाउन सरु ग¥यौ तथा सामुहिक र व्याक्तिगत रुपमा गाई भैसि बाख्रा सुगुर आदि जनावरहरुको पालनको काम गरौं जसमा सरकारको सस्तो रुपमा ऋण अनुदान सहयोग रहोस ।
योजनावद्घ ढगबाट काम सरु गरौं । हामी आफै २/४ वर्षमा मलमा आत्मनिर्भर बन्न सक्दछौ । स्वस्थकर उत्पादनहरु उत्पादन गरि स्वस्थ रहि वातवरण समेतलाई सन्तुलनमा ल्याउन महत्वपुर्ण योगदान रहने छ । माटो सप्रिनेछ उत्पादनहरु स्वस्थकर रहने छन् मानिसहरु स्वास्थकर उत्पादनहरु प्रयोग गरि मानसिक शारिरीक रुपमा स्वाथ्य रहनेछन् सोचमा परिवर्तन आउने छ ।
किसानहरु रातदिन मल नपाएको विलाउना र गुनासाहरु गर्न छोड्नेछन् । बाटा बटामा बसेर विरह गाउन छोड्छन् । ट्रक ट्रकबाट मलका बोराहरु लुटिने छैनन् ।
मल माथिका बिचौलियाहरु सेलाउदै जानेछन । सरकारले किसान र व्यवसायिहरुलाई विश्वास दिलाउन सक्नु प¥यो काम गराउनु प¥यो सहयोग पु¥याउनु प¥यो आजैबाट सरु गरौं, भोलि नपछुताउ ।
- समस्याबाट नै समाधान निस्किन्छ,
- आवश्यक्ताबाट नै समस्या समाधान हुन सक्छ ।
- राम्रो काम गर्न कुनैदिन ढिला हुदैन, सरु गर्न आट र हिम्मत, क्षमता र दक्षता चाहिन्छ ।
- माटो सुधारौं, उत्पादन बढाउ, स्वास्थ रहौं, सम्बृद्ध बनौं ।
(लेखक अर्गानिक कृषीको अभियन्ता तथा अर्गानिक एसोसिएशन नेपालको महासचिव हुनुहुन्छ ।)