झापा, असार १६ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकश शर्माले रेलमार्गका लागि रोक्का राखिएको जग्गाको मुआब्जा दिएर रेलको काम सुरु गर्नु पर्ने बताउनु भएको छ । बुधबार काठमाण्डौको एउटा कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री शर्माले भन्नुभयो, ‘मेची महाकाली रेलमार्ग सभ्भव छ, रोक्का गरिएको जग्गाको मुआब्जा दिउँ, काम सुरु गरौं ।’
शर्माले हाम्रो देशको आर्थिक स्थीतिले धान्न सक्ने भनेकै तराईको पुर्व पश्चिम रेलमार्ग नै भएको बताउनु भयो । उत्तर दक्षीण वा पहाडी क्षेत्रको पूर्व पश्चिम रेल मार्ग बनाउन धेरै ठुलो लगानी आवश्यक भएकाले तत्काल त्यो लगानी नेपालले गर्न नसक्ने भएकाले त्यसका लागि दातृ संस्थाको सहयोग नै चाहिने बताउनु भयो ।
‘उत्तरमा चिन छ उसलाई भारतको बजार चाहिएको छ, दक्षीणमा भारत छ उसलाई चिनको सामान चाहिएको छ,’ शर्माले भन्नुभयो, ‘यी दुई देशलाई उनीहरुको व्यापार प्रवद्र्धनका लागि हाम्रो भुमि प्रयोग गर्ने हो भने लगानी गरेर रेलमार्ग बनाउ भन्नु पर्छ र नेपालले त्यसबाट रोयल्टी उठाउनु पर्छ ।’
शर्माले भन्नुभयो, ‘जो सकिन्छ , त्यो शुरु गरौं, जो सकिंदैन, सकिन्न भनौं ।’ यता पनि हुन्छ, उता पनि हुन्छ भन्ने तर कतै नहुने अनिश्चितता अन्त्य अन्त्य गर्नु पर्ने काँग्रेस महामन्त्री शर्माले बताउनु भयो ।