धुलाबारी, असार ११ । मेचीनगरको आम्दा अस्पतालमा शनिबारदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । मेचीनगर १० स्थीत धुलाबारीमा रहेको आम्दा मेची अस्पतालमा रोटरी क्लब, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा रोटरी ग्लोबल ग्राण्डमार्फत जडान गरिएको अक्सिजन प्लान्ट आज एक कार्यक्रमका बिच अस्पताललाई हस्तान्तरण गरिएको हो ।
करीब ७० लाख लागतमा जडान गरिएको अक्सिजन प्लान्टका लागि रोटरीको ग्लोबल ग्राण्डले ३५ लाख, मेचीनगर नगरपालिकाले २५ लाख, मेची उद्योग वाणिज्य संघले १५ लाख आर्थिक सहयोग गरेको रोटरी क्लब अफ काकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकीले जानकारी दिनु भयो ।
अक्सिजन प्लान्ट मात्रै करीब ७० लाख परेको र त्यसको जडानका लागि आवश्यक भौतिक पुर्वाधार र हस्पतालमा पाइपलाईन बिस्तार आम्दा अस्पतालको माथिल्लो तल्लामा ट्रष्ट लगाउने कार्य समेत यसै परियोजना अन्तर्गत गरिएकाले थप रकम समेत खर्च भएको उक्त रकम स्थानीयहरुले सहयोग गर्नु भएको अक्सिजन प्लान्टको योजनाकार समेत रहनु भएका रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्रीले बताउनु भयो ।
शनिबार एक कार्यक्रमका बिच मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले रिवन काटेर अक्सिजन प्लान्ट औपचारिक रुपमा सञ्चालनको उदघट्न गर्नु भएको थियो । उक्त अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मिना उप्रेती र मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनालाई रोटरी क्लबले अक्सिजनको चाबी हस्तान्तरण गर्नु भएको थियो भने उक्त अक्सिजन नियमित सञ्चालनका लागि नगरपालिका र उद्योग वाणिज्य संघले अस्पतालका प्रमुख डा पोषण रमण त्रिपाठीलाई प्लान्टको चाबि हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, निवर्तमान नगरप्रमुख विमल आचार्य, नेकपा एसका जिल्ला उपाध्यक्ष सविता भेट्वाल, नेकपा एमालेका जिल्ला सदस्य कृष्ण कनाल, नेपाली काँग्रेसका नगर सभापति सुवेशकुमार पनेरु, राप्रपाका नगर अध्यक्ष सविना बजगाई, अस्पतालका प्रमुख डा त्रिपाठी लगायतले अक्सिजन प्लान्ट सञ्चालनले यस क्षेत्रका स्थानीयहरुका लागि आम्दा मेची अस्पताल थप भरपर्दो र गुणस्तरिय सेवा दिन सक्ने अस्पतालको रुपमा विकास हुँदै गएको धारणा राख्नु भएको थियो ।
रोटरी क्लब अफ काकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव उदयकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।