धुलाबारी, असोज २ ।
मेची चेम्बर अफ कमर्स (एमसिसि)को कार्यालय मेचीनगरको धुलाबारीमा स्थापना भएको छ । स्थानीय ब्यवशायीहरुको हकहितका लागि कार्य गर्ने उद्देश्यका साथ गठन भएको चेम्बरले आज एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेको छ ।
मेची चेम्बर अफ कमर्सका अध्यक्ष ललितकुमार बाहोराको अध्यक्षतामा सम्पन्न कार्यालय भवन चेम्बरका प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेले रिवन काटेर उदघाटन गर्नु भएको थियो ।
उदघाटन मन्तब्य राख्दै घिमिरेले ब्यवशाय र ब्यवशायीको हितमा काम गर्न सबैलाई आग्रह गर्नु भयो । आफुले राम्रो काम गर्दा अरुलाई गाली गर्नु नपर्ने घिमिरेले बताउनु भयो । मेची उद्योग वाणिज्य संघसंग नाम मिलेको बिषयमा बोल्दै घिमिरेले कामले संस्थालाई स्थापित गराउने भन्दै राज्यको नियम अनुसार दर्ता भएको संस्थाको बारेमा नकरात्मक प्रचार गरेर नामको झगडामा नलाग्न पनि सरोकारवाला सबैलाई आग्रह गर्नु भयो ।
रिवन काटेर कार्यालय उदघाटन गर्दै प्रमुख अतिथि घिमिरे ।
कार्यक्रममा बोल्दै मेची चेम्बरका अध्यक्ष बोहोराले स्थानीय उत्पादनको उत्पात्तिको प्रमाण पत्र जारी गर्ने कामको प्रक्रियामा लागेको बताउँदै चाँडै नै उत्पात्तिको प्रमाण पत्र मेची चेम्बरले जारी गर्ने पनि बताउनु भयो ।
अध्यक्ष बोहोराका अनुसार मेची चेम्बरमा ३६ जना आजिवन सदस्य र १०५ जना साधारण सदस्य भइसक्नु भएको छ भने कार्यालयमा ४ जना कर्मचारीले काम गर्न शुरु गरेका छन ।
कार्यालय उदघाटन कार्यक्रममा चेम्बरका झापा अध्यक्ष ओमकृष्ण बिमली, प्रदेश सदस्य सन्तोस अग्रवाल, महिला चेम्बर झापाका अध्यक्ष प्रेमा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
त्यसै बिच कार्यालय उदघाटनको अवसर पारेर मेची चेम्बरले आज पहिलो कार्यक्रमका रुपमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । धुलाबारी चोकमा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेको चेम्बरका अध्यक्ष बोहोराले जानकारी दिनु भयो ।