झापा, जेठ १६ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९ ०८० का लागि १७ खर्ब ९३ अर्बको बजेट आइतबार संसदमा पेश गर्नु भएको छ । सरकारले आगामी बर्षका लागि शिक्षामा सबैभन्दा धेरै बजेट छुट्याएको छ ।
सरकारले शिर्षक अनुसार छुट्याएको बजेट निम्नानुसार छ ।
शिक्षाः १ खर्ब ९६ अर्ब ३८ करोड
भौतिक पुर्वाधारः १ खर्ब ६१ अर्ब ६६ करोड
सामाजिक सुरक्षा भत्ता र औषधी उपचारः १ खर्ब ३४ अर्ब १ करोड
स्वास्थ्यः १ खर्ब २ अर्ब ८ करोड
उर्जाः ७५ अर्ब १० करोड
कृषी तथा पशुपंक्षीः ५५ अर्ब ९७ करोड
शहरी विकासः ३७ अर्ब ७३ करोड
खानेपानीः ३७ अर्ब ३५ करोड
जलस्रोत तथा सिंचाईः ३३ अर्ब ५० करोड
वन तथा वातावरणः १३ अर्ब
हवाई पुर्वाधारः १२ अर्ब २४ करोड
उद्योग, वाणिज्य तथा आपुर्तिः १० अर्ब ४८ करोड
पर्यटनः ९ अर्ब ३८ करोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षाः ९ अर्ब १३ करोड
सञ्चार तथा सूचना प्रविधिः ८ अर्ब ५९ करोड
भूमि व्यवस्था, सहकारी र गरीबी निवारणः ७ अर्ब ४ करोड
युवा तथा खेलकुदः २ अर्ब ४६ करोड
महिला वालवालिका तथा जेष्ठ नागरिकः १ अर्ब ७७ करोड