झापा, असोज १ ।
नेपालमा कुल संक्रमितको ७२ प्रतिशत मानिस संक्रमण मुक्त भएका छन । पछिल्लो २४ घण्टामा १२४३ जना संक्रमण मुक्त हुँदा नेपालमा कोरोनाको संक्रमण पछि स्वस्थ हुनेको संख्या ४२९४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनु भयो ।
नेपालमा आज १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२४६ मा कोरोना पुष्टि भएसंगै कुल संक्रमितको संख्या ५९५७३ पुगेको छ ।
प्रदेश १ मा आज झापाका १० सहित मोरङ ९४, सुनसरी ५४, उदयपुर १, खोटाङ १, धनकुटा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मेचीनगरमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी हुने सबै बिदेशबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्ति भएको मेचीनगर नगरपालिकाले जनाएको छ ।
त्यस्तै झापामा आज दमकमा थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापा श्रोतले दिएको जानकारी अनुसार वडा नं ५, ८, ९ का ५ महिला र १ पुरुष गरी ६ स्थानीयमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
झापामा कुल संक्रमितको संख्या ७७० पुग्दा ६३४ जना संक्रमण मुक्त भएर घर फर्कनु भएको छ भने झापामा सक्रिय संक्रमितको संख्या १३३ रहेको कार्यालयले जनाएको छ ।
आज ४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङका १ सहित ३ महिला र १ पुरुष रहनु भएको छ । योसगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।