झापा, जेठ १० । बैशाख ३० गते भएको मतदानको झापाका सबै पालिकाको अन्तिम परिणाम आइसकेको छ । १५ पालिका रहेको झापामा जिल्ला समन्वय समिति गठनका लागि सबै पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुने भएकाले ३० जना मतदाता रहेका छन ।
स्थानीय तहको निर्वाचनबाट झापा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेलाई बहुमत प्राप्त भएको छ । जिल्ला सभामा एमालेको १७ मत छ भने नेपाली काँग्रेसको ९ मत रहेको छ । राप्रपाका ४ मत हुँदा सत्ता गठबन्धनको मुख्य दल नेकपा माओवादी केन्द्र भने झापाको जिल्ला सभामा शुन्य भएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा समेत झापाको जिल्ला समन्वय समितिमा एमालेकै बहुमत थियो । २०७४ मा एमालेका सोमनाथ पोर्तेल जिल्ला समन्वय समितिको प्रमुख हुनु भएको थियो ।
झापाका १५ पालिकामा निर्वाचित प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षहरु
१) दमक नगरपालिका
प्रमुखः रामकुमार थापा, राप्रपा
उपप्रमुखः रेगिना भट्टराई, कांग्रेस
२) अर्जुनधारा नगरपालिका
प्रमुखः बलदेव सिंह गोम्तेन तामांग, एमाले
उपप्रमुखः खडगमाया पराजुली, एमाले
३) कन्काई नगरपालिका
प्रमुखः राजेन्द्रकुमार पोखरेल, एमाले
उपप्रमुखः आशा शिवाकोटी, कांग्रेस
४) गौरादह नगरपालिका
प्रमुखः छत्रपति सुवेदी, एमाले
उपप्रमुखः जलबर्षा राजबंशी, एमाले
५) भद्रपुर नगरपालिका
प्रमुखः गणेश पोखरेल, कांग्रेस
उपप्रमुखः राधा कार्की, राप्रपा
६) मेचीनगर नगरपालिका
प्रमुखः गोपालचन्द्र बुढाथोकी, एमाले
उपप्रमुखः मीना पोखरेल उप्रेती, एमाले
७) बिर्तामोड नगरपालिका
प्रमुखः पबित्रादेवी महतारा, एमाले
उपप्रमुखः नगेन्द्रप्रसाद संग्रौला, एमाले
८) शिवशताक्षी नगरपालिका
प्रमुखः मेगाहाङ्ग थोप्रा, एमाले
उपप्रमुखः नरमाया कार्की, एमाले
९) गौरीगञ्ज गाउँपालिका
अध्यक्षः फुलमति राजबंशी, कांग्रेस
उपाध्यक्षः पुजन न्यौपाने कुँवर, एमाले
१०) झापा गाउँपालिका
अध्यक्षः जयनारायण शाह, कांग्रेस
उपाध्यक्षः अञ्जुदेवी थपलिया, कांग्रेस
११) कचनकवल गाउँपालिका
अध्यक्षः कालेन्द्र सिंह राजबंशी, कांग्रेस
उपाध्यक्षः नवराज भट्टराई, एमाले
१२) बाह्रदशी गाउँपालिका
अध्यक्षः देवीन्द्रप्रसाद चम्लागाई, एमाले
उपाध्यक्षः शान्तादेवी शिवाकोटी, एमाले
१३) बुद्धशान्ति गाउँपालिका
अध्यक्षः मनोज प्रसाई, कांग्रेस
उपाध्यक्षः भवानीप्रसाद खतिवडा, एमाले
१४) हल्दिबारी गाउँपालिका
अध्यक्षः रबिन्द्रप्रसद लिङदेन, राप्रपा
उपाध्यक्षः लक्ष्मीदेवी मैनाली, राप्रपा
१५) कमल गाउँपालिका
अध्यक्षः हुकुमसिंह राई, काँग्रेस
उपाध्यक्षः प्रमिला न्यौपाने, एमाले