झापा, जेठ ८ । झापाको मेचीनगरमा ९ बर्षिया वालिकामाथि बलात्कार भएको घट्ना सार्वजनिक भएको छ । मेचीनगर १० धुलाबारीकी ती वालिकालाई छिमेकीले नै बलात्कार गरेको तथ्य खुल्न आएको हो ।
वालिकाको परिवारका सदस्यको किटानी जायरीका आधारमा वालिका बलात्कार गरेको आरोपमा मेचीनगर १० का ३४ बर्षिय बिपुल राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । घट्नाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले सेतोपत्रलाई जानकारी दिनु भयो ।
घट्ना विवरण अनुसार २०७९ बैशाख २५ गते परिवारका सदस्यबाट अलग्गै लागि वालिकालाई ललाई फकाई राजवंशीले बलात्कार गरेको पारिवारका सदस्यले बताएका छन । वालिकाको शारिरीक अवस्था अस्वस्थ भए पछि स्वास्थ्य परिक्षण गराउँदा चिकित्सकले बलात्कार भएको हुन सक्ने बताए पछि मात्रै घट्ना बारे परिवारका सदस्यले थाहा पाएका थिए ।
आफुमाथि के गरेको भन्ने समेत थाहा नपाउने अवस्थामा वालिका रहेको र परिवारका सदस्यले वालिकासंग कुरा गरे पछि मात्रै वलात्कार भएको परिवारले थाहा पाएको एक पारिवारीक सदस्यले बताउनु भयो ।
परिवारका सदस्यले बालिकासंग कुरा गर्दा वालिकाले घट्ना विवरण बारे बताए पछि इलाका प्रहरी कार्यालय धुलाबारीमा परिवारका तर्फबाट जेठ २ गते राजबंशी विरुद्ध उजुरी दिए पछि सोही दिन आरोपित राजबंशीलाई पक्राउ गरी घट्ना बारे बिस्तृत अनुसन्धान सुरु भएको प्रहरी प्रबक्ता पाठकले बताउनु भयो ।
‘वालिकाले नै आरोपितलाई पहिचान गरे पछि हामीले तत्काल राजबंशीलाई नियन्त्रणमा लिएका हौं,’ प्रहरी प्रवक्ता पाठकले भन्नुभयो, ‘अनुसन्धान जारी छ, यो घट्नामा जबरजस्ती करणीमा मुद्दा चल्छ ।’