मेचीनगर, जेठ २ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । झापाका १५ पालिकाका १३१ वडा मध्ये २५ वटा वडाको मतगणना सकिएको छ । जसमा नेपाली काँग्रेस १३ वडा अध्यक्ष विजयी भएको छ भने नेकपा एमाले ९ वडा अध्यक्षमा विजयी भएको छ । त्यस्तै राप्रपाले दुई वटा वडा अध्यक्ष जितेको छ र नेकपा एकीकृत समाजवादीले एउटा वडामा अध्यक्ष जितेको छ ।
झापाको भद्रपुर नगरपालिकाको वडा नं. २, कचनकवल गाउँपालिकाको वडा नं. १ र ३, अर्जुनधारा नगरपालिकाको वडा नं. १, कनकाई नगरपालिकाको वडा नं. ७ र ८, बाह्रदशी गाउँपालिकाको वडा नं. १, २ र ३, झापा गाउँपालिकाको वडा नं. १ र २, कमल गाउँपालिकाको वडा नं. १ र दमक नगरपालिकाको वडा नं. १० मा काँग्र्रेसका वडा अध्यक्षका उम्मेद्वार विजयी भएका छन ।
त्यस्तै भद्रपुर नगरपालिका वडा नं १, कचनकवल गाउँपालिकाको वडा नं. २, बुद्धशान्ति गाउँपालिकाको वडा नं. १, विर्तामोड नगरपालिका वडा नं. १, कनकाई नगरपालिकाको वडा नं. ६ र ९, शिवसताक्षी नगरपालिका वडा नं. १, गौरादह नगरपालिका वडा नं. १ र दमक नगरपालिकाको वडा नं. १ मा मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार विजयी भएका छन ।
त्यसैगरी राप्रपाले भद्रपुर नगरपालिका वडा नं. ३ र हल्दिबारी वडा नं. १ मा वडा अध्यक्ष जितेको छ । झापामा नेकपा एकीकृत समाजवादीले कमल गाउँपालिकाको वडा नं. २ मा वडा अध्यक्ष जितेको छ ।