इटाभट्टा, भदौ ३१ ।
आज देशभर कोरोना सक्रमितको संख्या एकै दिनमा अहिलेसम्म कै सबैभन्दा बढी १५३९ जनाको पुगेको छ । पछिल्लो २४ घण्टामा १५३९ जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमितको संख्या ५८३२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०६८ जना संक्रमण मुक्त हुँदा नेपालमा कोरोनाको संक्रमण पछि स्वस्थ हुनेको संख्या ४१७०६ पुगेको छ । जुन कुल संक्रमितको ७१.५ रहेको छ ।
कोरोना सक्रिय संक्रमितको रुपमा १६२४२ रहँदा क्वारेन्टाइनमा रहनेको संख्या ७८२० रहेको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमित मध्ये आइसियूमा रहनेको संख्या १७३ छ भने भेन्टिलेटरमा रहेर उपचार गराउनेको संख्या २६ रहेको मन्त्रालयले जनाएको छ ।
आज झापामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापा श्रोतले दिएको जानकारी अनुसार झापाका आज ६ वटा स्थानीय तहहरुमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
झापामा आजका संक्रमितहरुमा मेचीनगर वडा नं ५ का भारतबाट आएर होटल क्वारेन्टाइनमा बसेका १ पुरुष, बाह्रदशी गाउँपालिका वडा नं ५ का २ महिला र ३ पुरुष गरी ५ स्थनीय, दमक वडा नं १, ४, ५, ८, ९, १० का १ महिला र ७ पुरुष गरी ८ स्थानीय, भद्रपुर वडा नं ६, ७, ८ का १ महिला र ३ पुरुष गरी ४ जना जसमा ३ जना भारतबाट आएका र १ सुरक्षाकर्मी रहनु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, गौरादह वडा नं ५ का १ स्थानीय महिला र शिवसताक्षी वडा नं ६ र ११ का १ महिला र २ पुरुष जसमा २ स्थानीय र १ भारतबाट आएका रहनु भएको छ ।
झापामा कुल संक्रमितको संख्या ७४७ पुग्दा ६२९ जना संक्रमण मुक्त भएर घर फर्कनु भएको छ भने झापामा सक्रिय संक्रमितको संख्या ११५ रहेको कार्यालयले जनाएको छ ।
आज ८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७९ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।