झापा, बैशाख १७ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएकाहरुलाई आज निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह वितरण गरेको छ । राजनितिक दलका उम्मेद्वारलाई सम्बन्धीत दलको चुनाव चिन्ह दिएको र स्वतन्त्र उम्मेद्वारका लागि आयोगले निर्धारण गरेका चुनाव चिन्ह वितरण गरिएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालले दिएको जानकारी अनुसार मेचीनगरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका १३ जना स्वतन्त्र उम्मेद्वारहरुलाई चुनाव चिन्ह वितरण गरिएको छ । जसमा नगरप्रमुख पदका उम्मेद्वार रामकुमार बुढाथोकीलाई हाँस र विजयकुमार अधिकारीलाई खानेपानीको धारा चुनाव चिन्ह वितरण गरिएको छ ।
त्यसैगरी उपप्रमुखका उम्मेद्वार डिल्लिराम घिमिरेले खानेपानीको धारा चुनाव चिन्ह पाउनु भएको छ । वडा नं. २ का वडा अध्यक्षका उम्मेद्वार तिलक न्यौपानेको चुनाव चिन्ह हाँस रहेको छ । वडा नं. २ कै अर्का स्वतन्त्र वडा अध्यक्षका उम्मेद्वार तिलकबहादुर कार्कीले चुनाव चिन्ह पुतली पाउनु भएको छ ।
वडा नं. ५ का वडा अध्यक्षका स्वतन्त्र उम्मेद्वार कृष्ण लिम्बु र वडा नं. ७ का वडा अध्यक्षका स्वतन्त्र उम्मेद्वार नेत्रप्रसाद दाहालको चुनाव चिन्ह खानेपानीको धारा रहेको छ ।
त्यस्तै वडा नं. १० का स्वतन्त्र वडा अध्यक्षका उम्मेद्वार बद्री खड्काको चुनाव चिन्ह जेब्रा र योगेन्द्र प्रसाद आचार्यको खानेपानीको धारा चुनाव चिन्ह रहेको छ ।
वडा नं. ११ का गठबन्धनका उम्मेद्वार रहे पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका शान्तिराम चिमरियाको चुनाव चिन्ह जेब्रा रहेको छ । वडा नं. १५ का स्वतन्त्र वडा अध्यक्षका उम्मेद्वार प्रेमराज कार्कीको चुनाव चिन्ह खानेपानीको धारा रहेको छ ।
त्यस्तै वडा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका वडा नं. ९ का महेन्द्र चौधरीको खानेपानीको धारा, वडा नं. १२ का दुश्रत कोइरालाको चुनाव चिन्ह खानेपानीको धारा रहेको छ ।