भदौ ३०, झापा ।।
झापामा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापा श्रोतले दिएको जानकारी अनुसार झापाको मेचीनगरमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा मेचीनगर नगरपालिका वडा नं ६ की बैंकमा कार्यरत एक स्थानीय महिला कर्मचारी र ४ जना बाहिरी जिल्लाका पुरुषहरु रहनु भएको छ । भारतबाट आएर मेचीनगर ६ काँकरभिट्टाको होटल क्वारेन्टाइनमा बसेका ४ पुरुषमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय श्रोतले दिएको जानकारी अनुसार झापामा सक्रिय संक्रमितको संख्या १२७ रहेको छ । त्यस्तै प्रदेश १ मा आज झापाका ५ सहित मोरङ १११, सुनसरी १७, खोटाङ १, ओखलढुंगा १, भोजपुर १, पाँचथर १, ताप्लेजुङ १, संखुवासभा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा आज १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०३७५ जनाको पीसीआर परीक्षण गर्दा १४५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ । आज १४५९ जना थपिदा कोरोनाका कुल संक्रमितको संख्या ५६७८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०६२ जना संक्रमण मुक्त हुँदा नेपालमा कोरोनाको संक्रमण पछि स्वस्थ हुनेको संख्या ४०६३८ पुगेको छ । जुन कुल संक्रमितको ७१.५ रहेको छ । कोरोना सक्रिय संक्रमितको रुपमा १५७७९ रहँदा संस्थागत आइसेलेशनमा ८१३९ जना छन् भने घरमै आइसोलेशनमा रहेका कोरोना संक्रमितको संख्या ७६४० रहेको मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइन रहनेको संख्या ७२५० रहँदा आइसियूमा रहनेको संख्या १७४ छ भने भेन्टिलेटरमा रहेर उपचार गराउनेको संख्या २८ रहेको मन्त्रालयले जनाएको छ ।
आज ११ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहनु भएको छ ।
योसगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोनाका कारण हुने मृत्यु प्रतिशत ०.६५ रहेको छ ।