झापा, बैशाख १४ । बेशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेचीनगर नगरपालिकामा ३३८ जनाले उम्मेद्वारी दर्ता गराएका छन । बैशाख ११ र १२ गते दर्ता गराएका उम्मेद्वारहरुमा नगरप्रमुखमा १० जना, उपप्रमुखमा ८ जना र वडा अध्यक्षमा ८७ जना रहेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
मेचीनगरमा सबैभन्दा धेरै वडा नं. ७ मा २८ जनाको उम्मेद्वारी दर्ता भएको छ । वडा नं. ७ मा अध्यक्षमा ८ जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ भने खुल्ला, महिला र दलित महिला गरेर २० जनाले वडा सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । त्यस्तै वडा नंं १५ मा २७ जनाको उम्मेद्वारी परेको छ ।
उम्मेद्वारी दर्ताको अवस्था हेर्दा मेचीनगर वडा नं. १ मा १८ जना, वडा नं. २ मा २४ जना, वडा नं. ३ मा २३ जना, वडा नं. ४ मा १८ जना, वडा नं. ५ मा १७ जना र वडा नं. ६ मा १९ जनाले वडा अध्यक्ष तथा सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएका छन ।
त्यसैगरी वडा नं. ८ मा २२, वडा नं. ९ मा २०, वडा नं. १० मा २४, वडा नं. ११ मा १८, वडा नं. १२ मा २२, वडा नं. १३ मा २२ र वडा नं. १४ मा १६ जनाले वडा अध्यक्ष तथा सदस्यमा उम्मेद्वारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
बैशाख १६ गते उम्मेद्वारी फिर्ताको समय रहेकाले सोही दिन बेलुका मात्रै उम्मेद्वारहरुको अन्तिम सूची प्रकासन गरीने मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिनु भयो ।