झापा, बैशाख १० । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले झापाका १४ वटा पालिकामा प्रमुख तथा उप्रमुख र अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार टुङ्गो लगाएको छ ।
एमालेस्रोतका अनुसार झापाको मेचीनगर नगरपालिकाको उम्मेद्वार भने अझै टुङ्गो लागेको छैन । मेचीनगर बाहेकका सबै पालिकाहरुको उम्मेद्वार टुङ्गो लागिसकेको एक एमाले नेताले जानकारी दिनु भयो ।
मेचीनगरमा भने वर्तमान उपप्रमुख मिना उप्रेती र प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी मध्ये कसलाई नगरप्रमुखको उम्मेद्वार बनाउने भन्ने बिषयमा छलफल चलिरहे पनि निर्णय भने हुन नसकेको एमालेका एक नेताले जानकारी दिनु भयो ।
एमालेका उम्मेद्वार निम्नानुसार रहेका छन ।
कनकाई नगरपालिका
प्रमुखः राजेन्द्रप्रसाद पोख्रेल र उपप्रमुखः मञ्जु प्रसाईं
भद्रपुर नगरपालिका
प्रमुखः असारू राजवंशी र उपप्रमुखः कौशिला अधिकारी
गौरादह नगरपालिका
प्रमुखः छत्रपति सुवेदी र उपप्रमुखः जलवर्षा राजवंशी
बिर्तामोड नगरपालिका
प्रमुखः पवित्रा महतारा प्रसाईं र उपप्रमुखः नगेन्द्र संग्रौला
शिवसत्ताक्षी नगरपालिका
प्रमुखः मेघाहाङ थोप्रा (रोशन) र उपप्रमुखः नरमाया कार्की
दमक नगरपालिका
प्रमुखः गीता अधिकारी र उपप्रमुखः अम्बिका खनाल
अर्जुनधारा नगरपालिका
प्रमुखः बलदेव सिंह गोम्देन र उपप्रमुखः खड्गमाया पराजुली (इन्दिरा)
बुद्धशान्ति गाउँपालिका
अध्यक्षः मीरा भुर्तेल र उपाध्यक्षः धरणी पोखरेल
कमल गाउँपालिका
अध्यक्षः भीम राई र उपाध्यक्षः उषा भण्डारी
गौरीगञ्ज गाउँपालिका
अध्यक्षः विजय अग्रवाल र उपाध्यक्षः पुनम न्यौपाने कुवँर
बाह्रदशी गाउँपालिका
अध्यक्षः देबेन्द्र चम्लागाई र उपाध्यक्षः शान्ता खरेल
झापा गाउँपालिका
अध्यक्षः गौरीशंकर राजबंशी र उपाध्यक्षः देवीमाया कोइराला
हल्दिबारी गाउँपालिका
अध्यक्षः डम्बर बहादुर गिरी र उपाध्यक्षः शान्ता गौतम
कचनकवल गाउँपालिका
अध्यक्षः गठबन्धनबाट काँग्रेसका कालेन्द्र राजबंशी र उपाध्यक्षः नवराज भट्टराई