झापा, बैशाख १० । नेकपा एमालेले झापाका १५ मध्ये ९ वटा पालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वारको नाम टुङो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले झापाका ९ पालिकाको उम्मेद्वारको अन्तिम सूची सार्वजनिक गरेको एक एमाले नेताले जानकारी दिनु भयो ।
एमालेको पछिल्लो निर्णय अनुसार झापामा ३ जना महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाइएको छ । निर्णय हुन बाँकी रहेका ६ पालिकाको पनि आज अबेर रातिसम्म उम्मेद्वार निर्णय भइसक्ने एमालेस्रोतले जनाएको छ ।
कुन पालिकामा को उम्मेदवार ?
कनकाई नगरपालिका
प्रमुखः राजेन्द्रप्रसाद पोख्रेल र उपप्रमुखः मञ्जु प्रसाईं
भद्रपुर नगरपालिका
प्रमुखः असारू राजवंशी र उपप्रमुखः कौशिला अधिकारी
गौरादह नगरपालिका
प्रमुखः छत्रपति सुवेदी र उपप्रमुखः जलवर्षा राजवंशी
बिर्तामोड नगरपालिका
प्रमुखः पवित्रा महतारा प्रसाईं र उपप्रमुखः नगेन्द्र संग्रौला
शिवसत्ताक्षी नगरपालिका
प्रमुखः मेघाहाङ थोप्रा (रोशन) र उपप्रमुखः नरमाया कार्की
दमक नगरपालिका
प्रमुखः गीता अधिकारी र उपप्रमुखः अम्बिका खनाल
अर्जुनधारा नगरपालिका
प्रमुखः बलदेव सिंह गोम्देन र उपप्रमुखः खड्गमाया पराजुली (इन्दिरा)
बुद्धशान्ति गाउँपालिका
अध्यक्षः मीरा भुर्तेल र उपाध्यक्षः धरणी पोखरेल
कमल गाउँपालिका
अध्यक्षः भीम राई र उपाध्यक्षः उषा भण्डारी