झापा, बैशाख २ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सबै पालिकाहरुमा मतदान स्थल र मतदान केन्द्र तोकेको छ । प्रदेश १ मा १८७७ मतदान स्थल र ४०५१ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै झापाका १५ वटा पालिकामा २८६ मतदान स्थल र ७५५ मतदान केन्द्र तोकिएको छ । झापाको मेचीनगरमा सबैभन्दा धेरै ३५ वटा मतदान स्थल र १०२ वटा मतदान केन्द्र रहने निर्वाचन कार्यालय झापाले जनाएको छ । मेचीनगरमा जिल्लामा सबैभन्दा बढी मतदाता रहेका छन । मेचीनगरको कुल मतदाता ९० हजार २०२ जना रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
जिल्लाका अन्य पालिकाहरुमा अर्जुनधारामा २२ वटा मतदान स्थल र ६२ मतदान केन्द्र रहने छन । त्यस्तै कचनकवल गाउँपालिकामा मतदान स्थल १९ र मतदान केन्द्र ३८, कन्काइ नगरपालिकामा मतदान स्थल १२ र मतदान केन्द्र ४०, कमल गाउँपालिकामा मतदान स्थल १३ र मतदान केन्द्र ४४, गौरादह नगरपालिकामा मतदान स्थल २५ र मतदान केन्द्र ५५ वटा रहेका छन ।
गौरीगञ्ज गाउँपालिकामा मतदान स्थल १५ र मतदान केन्द्र ३०, झापा गाउँपालिकामा मतदान स्थल १६ र मतदान केन्द्र २९, दमक नगरपालिकामा मतदान स्थल १९ र मतदान केन्द्र ६४, बाह्रदशी गाउँपालिकामा मतदान स्थल १४ र मतदान केन्द्र ३३, बुद्धशान्ति गाउँपालिकामा मतदान स्थल १३ र मतदान केन्द्र ४१, भद्रपुर नगरपालिकामा मतदान स्थल २४ र मतदान केन्द्र ५८, बिर्तामोडमा मतदान स्थल १८ र मतदान केन्द्र ६४, शिवसताक्षी नगरपालिकामा मतदान स्थल २७ र मतदान केन्द्र ६६ र हल्दिबारी गाउँपालिकामा मतदान स्थल १४ र मतदान केन्द्र २९ वटा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । ६ लाख ४६ हजार २३४ मतदाता रहेको झापामा १३१ वटा वडा रहेका छन ।