झापा, चैत ३० । स्थानीय तहको निर्वाचन आउन अब एक महिना मात्र बाँकी छ । झापामा पनि चुनावी चर्चा चुलिएको छ । सबै राजनितिक दल यतिबेला उम्मेद्वार छनौटलाई अन्तिम रुप दिने तयारीमा जुटेका छन । झापाको मेचीनगर नगरपालिकामा पनि दलहरु उम्मेद्वार छनौटको प्रक्रियामा जुटिरहेका बेला २०७४ सालमा भएको स्थानीय तह निर्वाचनको आचारमा मेचीनगरमा कुन वार्डमा कुन दलको अवस्था कस्तो छ भनेर हामीले तथ्याङ्क सहित प्रस्तुत गरेका छौं ।
२०७४ को स्थानीय तह निर्वाचनमा मेचीनगरका १५ मध्ये नेपाली काँग्रेसले नगरप्रमुख सहित ७ वडा अध्यक्ष, नेकपा एमालेले उपप्रमुख सहित ७ वडा अध्यक्ष र नेकपा माओवादी केन्द्रले एउटा वडा अध्यक्ष जितेको थियो । नेकपा एमालेले ७ वटा वडामा दोस्रो धेरै मत ल्याएको थियो । त्यस्तै नेपाली काँग्रेसले ३ वटा वडामा दोस्रो धेरै मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ४ वटा वडामा दोस्रो धेरै मत ल्याएको थियो ।
नगरका वडा नं. ३ र ११ मा काँग्रेस र माओवादीको मत जोड्दा पनि नेकपा एमालेका उम्मेद्वारले पाएको मत बढी छ । वडा नं. ३ मा एमालेका वडा अध्यक्षमा उम्मेद्वार हर्क बहादुर बस्नेतले १४१२ मत ल्याइ विजयी हुनु भएको थियो । उक्त वडा मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वारले ७१८ र काँग्रेसका वडा अध्यक्षका उम्मेद्वारले ५८८ मत मात्रै प्राप्त गर्नु भएको थियो । काँग्रेस र माओवादीका उम्मेद्वारले ल्याएको मत जोड्दा पनि एमालेका वडा अध्यक्षका उम्मेद्वारले ल्याएको मत १०६ ले बढी थियो ।
त्यस्तै वडा नंं ११ मा पनि माओवादी र काँग्रेसका वडा अध्यक्षले ल्याएको मत जोड्दा पनि एमालेका वडा अध्यक्षका उम्मेद्वारले ल्याएको मत बढी छ । उक्त वडामा एमालेका वडा अध्यक्षका उम्मेद्वार सन्तोसकुमार मेचेले ९७१ मत ल्याइ विजयी हुनु भएको थियो भने माओवादीका उम्मेद्वार शान्तिराम चिमरियाले ६०१ र काँग्रेसका उम्मेद्वार हरिप्रसाद कार्कीले १८९ मत मात्रै प्राप्त गर्नु भएको थियो । वडा नं. ११ मा राप्रपाका उम्मेद्वार दिपेश राईले ३२० मत प्राप्त गर्नु भएको थियो ।
त्यसो त केही वडामा झिनो मतान्तरले मात्रै काँग्रेसले जितेको थियो । वडा नं. ६ मा काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार ललित बहादुर तामाङ्गले २७४८ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने एमालेका वडा अध्यक्षका उम्मेद्वार राजु पोखरेलले २७४६ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै वडा नं. ७ मा काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार चन्दन मेचेले १४५० मत ल्याइ विजयी हुनु भएको थियो भने एमालेका वडा अध्यक्षका उम्मेद्वार दिनेश राजबंशीले १४४४ मत प्राप्त गर्नु भएको थियो । वडा नं. ७ मा राप्रपाका चन्द्रप्रसाद निरौलाले ७१८ मत प्राप्त गर्नु भएको थियो । वडा नं. १५ मा काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार गुणराज भट्टराईले १०३३ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने एमालेका वडा अध्यक्षका उम्मेद्वार चेतराज बिष्टले १०२७ मत प्राप्त गर्नु भएको थियो । वडा नंं १५ मा राप्रपाका इन्द्रबहादुर थापाले २०३ मत प्राप्त गर्नु भएको थियो ।
मेचीनगरमा २०७४ को तुलनामा अहिले करीब १५ हजार नयाँ मतदाता थपिएका छन । मेचीनगरका १५ वटै वार्डमा २०७४ को निर्वाचनमा मुख्य तीन दलले प्राप्त गरेको मत परिणाम निम्नानुसार रहेको छ ।
वार्ड नं. |
काँग्रेस |
एमाले |
माओवादी केन्द्र |
अन्य |
१ |
१०९९ |
१२१३ |
३०७ |
|
२ |
८१२ |
१११८ |
७१३ |
|
३ |
५८८ |
१४१२ |
७१८ |
|
४ |
९५० |
९०४ |
४३६ |
|
५ |
१००७ |
९४२ |
२७७ |
|
६ |
२७४८ |
२७४६ |
४५४ |
११७ संघीय फोरम |
७ |
१४५० |
१४४४ |
९७८ |
७१८ राप्रपा |
८ |
१३४९ |
१४०९ |
२०८ |
१४१ संघीय फोरम |
९ |
२१६४ |
१८९७ |
३९६ |
१०३ राप्रपा |
१० |
२४४३ |
१६७७ |
५८८ |
२४३ राप्रपा |
११ |
१८९ |
९७१ |
६०१ |
३२० राप्रपा |
१२ |
५९२ |
९७४ |
९८० |
|
१३ |
५८८ |
७६४ |
७२३ |
|
१४ |
५४४ |
९६२ |
८४८ |
|
१५ |
१०३३ |
१०२७ |
८७६ |
२०३ राप्रपा |