२०७९ वैशाख ३० गतेका लागि सरकारले स्थानीय निकायको चुनाव गर्ने घोषणा गरे संगैं देशव्यापी रूपमा चुनावी माहोल तातिएर आएको छ । सम्भावित उम्मेदवारका अड़कलबाजी सहित विभिन्न दलका तूफानी कार्यक्रमहरू वाडै पिच्छे संचालनमा आइरहेका छन् । मेरो घर अगाडि नेपाली काग्रेस वाड न ७ को पार्टी कार्यालय संचालनमा आएको हप्ता दिन भित्रमै छेउपट्टिको खाली कोठामा नेकपा ( एमाले) ले पार्टी कार्यालय संचालनमा ल्याएको छ । फेरी यता छेउ पटीको घरमा नयाँ सञ्चार संस्था संचालनको तयारी भइरहेको छ । सम्भवतः चुनावअघि नै यो संचालनमा आउने छ । सबभन्दा रमित लाग्दो त मलाई हुने भो जस्तो लाग्दै छ ।
बैसाख ३० गतेको चुनावी सरगर्मी चडिरहेका बेला मेरो मनमा चाहि पाँच वर्ष अघिको स्थानीय चुनावको समय तिर घोत्लिन्छ । करिव २० वर्ष पछि देशमा स्थानीय चुनाव हुदै थियो । वार्ड –वार्डमा आकांक्षीहरूको लहरो लामो थियो । म बस्ने वाड ( मेचीनगर ०७ ) मै मात्र नेपाली काग्रेसको तर्फबाट नै वार्ड अध्यक्षको जम्माजम्मी १८ जना आकांक्षीको नाम आएको थियो । ती १८ मध्ये एउटा नाम मेरो थियो अनि अर्को शशक्त दावेदारी थियो आदरणीय दाई चन्दन मेचेको । जहिले पनि हासिलो मुद्रामा बोल्ने, प्राय बोल्दा “म घुमाएर कुरा गर्ने जान्दिन” भन्ने प्रिय दाईसग मेरो आत्मीय सम्बन्ध थियो । नजिकको सम्बन्ध थियो । म दाईको घरमा जाने र दाई पनि मेरोमा आऊने कर्म चलिरहन्थ्यो । स्थानीय चुनाव अघि सम्पन्न भएको पार्टीको अधिवेशनमा दाई र म एक नै भएर लडेको थियौँ । क्षेत्रीय प्रतिनिधी निर्वाचित भएपछि दाई जिल्ला सदस्य र म क्षेत्रीय सहसचिव भएर संगठनको काममा होमिएका थियौँ ।
स्थानीय निकायको चुनावको घोषणा पछी १८ जना मध्ये दाई र मेरो उम्मेदवारी शशक्त रूपमा आएको थियो । दाई र म मध्ये एक जनाले टिकट पाउने कुरा लगभग तय जस्तै थियो । उमेर, अनुभव र म भन्दा सिनियर, त्यसमाथी पनि अल्पसंख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने दाईको सम्भावना अलिक बढ़ी नभएको भने चाहि हैन । हुन त अधिवेशन पछि अब दाई वार्ड अध्यक्ष उठनु पर्छ भन्ने पहिलो व्यक्ति नै मै थिएँ । समयले त्यो समयमा हामीलाई टिकटको प्रतिस्पर्धी बनाएको थियो । हो यही समय हो दाईसग मेरो सम्बन्धमा अलिक चिसो पन छाएको – हामीमा अलिक दूरी भएको । राजनीतिक दाउपेचमा रोटी सेक्ने समूहले यो कुराको भरपूर प्रयोग गर्यो । दाईलाई मलाई नजिक ल्याऊने प्रयास भन्दा पनि हामीलाई धाप मारेर ‘आगे बढ़ो, मेरा साथ है’ भन्ने जमात धेरै भयो । म पनि तमासले बहकिएँ । वार्ड अध्यक्षको फÞिबर गाड़ीसकेको थियो । बेला बेला टोल टोलको कार्यक्रममा मलाई चक्कर लागे जस्तो हुन्थ्यो, अर्को शक्तिले पनि जरा गाड्डदै रहेछ , पछी थाह पाएँ ।
मलाई “जय गुरू” धर्मको दीक्षा दिलाउने मानिस पनि चन्दन दाई नै हुनुहुन्थ्यो । झापा कै एक धुरन्धर व्यक्तिलाइ मेरो घरमा ल्याएर मलाई दीक्षित बनाउनु भएको थियो । उहाँको आग्रहमा स्विकार गरेको यो “कर्म” म अझै पनि पालना गरिरहेको छु । भाई ! तपाईको निधारको बिचमा कोठी छ है ‘.. राम्रो संकेत हो । दाईले भेंटेपिच्चे प्राय मलाई भन्ने शब्द येही थियो । चुनावी टिकटको रस्काकस्सीमा हाम्रो यो सम्बन्धमा अलिक चिसो पन आयो । चुनाव नजिकीदैं जादा झापा क्षेत्र न १ को काग्रेस बैठकले मेचीनगरका १५ वटा नै वार्डका उम्मेदवारका नाम उपर निर्णय गर्यो । मेचीनगर ०७ को हकमा मेरो नाममा निर्णय भयो । निर्णय सगÞै निर्णयको समर्थन अनि बिरोधमा आवजहरू आउन थाल्यो । जुन स्वाभाविक थियो । कतै स्वतः विरोध आयो भने कतै परिचालित समूहबाट । केही दिन तमास भयो । अन्तत ‘विभिन्न वार्ड सहित मेचीनगर ०७ को हक अग्रज नेतृत्वको आग्रहलाई स्विकार गर्दै, मेरा असहमतीका बुंदाहरूलाई मीटिंग र छापामा राख्दै मेरो उम्मीदवारीको निर्णयबाट पछि हटेको लिखित दस्ताबेजमा सहि छाप गरे । पछि चन्दन मेचेदाई नै वार्ड अध्यक्षमा उठाउने निर्णय भयो । अहिले सोच्छु मैले जीवनमा गरेको विभिन्न निर्णय मध्येको एउटा सहि निर्णय त्यो हुन पुगेछ । प्रचारमा लागियो, चुनाव भयो, गणना भयो, चुनाव जितियो । चन्दन दाईले चुनाव जित्नु भयो । मेचीनगर वाड न ०७ काग्रेसको झण्डा लहरायो । हामीले जित्यौँ ।
स्थानीय चुनाव पछीको केहि महिना दिन भित्र मेरो शरीरमा पलाएको सानो ट्यूमर र मलाई रिंगटा लाग्ने कर्मबिचको समानता धरानको घोपाले रिभिल गरिदियो । मलाई क्यान्सर ड़ाइग्नोसिस भयो । तेस पछी वर्ष दिन सम्म त “दिल्ली – काठमाण्डू– इटाभट्टा” रूटको बेलगाम यात्री भएर समय बिताउन थालियो । बेला बेला दाई सग भेट हुन्थियो – स्वास्थ्य कÞस्तो छ भाई ? सोध्नु हुन्थियो । निधारको बिचमा टिका भएको तपाईको भाई हो दाई , गुड छ । म उत्तर दिन्थे । दाईले त्यो बेला मेरो वार्डबाट हुने सम्पूर्ण सिफÞारिसको काम मित्र कंचन बरालको सहायोगमा गरिदिनु भएको थियो । सजिलो बनाईदिनु भएको थियो ।
त्यो स्थानीय चुनाव देखि यो चुनावसम्म आइपुग्दा हामी बिच आदरणीय दाई हुनुहुन्न । बिश्वव्यापी रूपमा फैलिएको “कोरोना भाईरस” नामको महाब्याधि बेला फ्रन्ट लाइनमा रही काम गर्दा गर्दै, आफैँ संक्रमित भएर उपचारको क्रममा दाईको दुःखद देहान्त भयो । हाम्रो वार्डले अविभावक गुमायो । एक स्पष्ट वक्त, निरन्तर आम मानिसको सेवामा समर्पित एक असल नागरिक र नेपाली काग्रेसका नेता दाईलाई गुमायौ । अहिले पनि मेचीनगर वाड न ०७ मा अध्यक्ष भए पछीको दाईको कामको खुलेर प्रसंशा हुन्छ । अझ सबै भन्दा बढ़ी भुईमानिस, गरिव र सामन्य घरपरिवार माझ दाई अति नै लोकप्रिय हुनुहुन्छ , सम्झनामा हुनुहुन्छ । दाई भौतिक रूपमा हुनुहुन्न । सोच्छु अघिल्लो पटकको शशक्त दावेदार हामी दुई । आज दाई भौतिक रूपमा हुनुहुन्न, म स्वयंम अदृश्य शक्तिको तजबिजमा छु , निगरानीमा छु, दाबी नै छैन । शान्त छु । समयले कती छिटो कोल्टे फेर्ने – पत्तो नै नपाउने । यो बेला फेरी वार्डमा त्यही रूपमा प्रतिस्पर्धा छ । पात्र फरक तर परिवेश र प्रवृति लगभग उहि । मेरो अनुरोध छ प्रतिस्पर्धाको नाममा हामी कुन तहसम्म जाने हामीले विवेक पूर्याउनु पर्ने जरुरी छ । चन्दनदाई गुमाउनु परेको शोकलाई शक्तिमा परिवर्तन गरी हामीले आउने निर्वाचनमा जानु पर्छ । हामी कसैलाई राजा अनि कसैलाइ रैति बनाउने दुश्चक्रको मोहरा बन्नु हुदैन । सहकार्य, सहमतिमै प्रतिस्पर्धी तय लगाउ – लगाउनै पर्छ ।
प्रिय , आदरणीय चन्दन दाई
तपाई जहां भए पनि हाम्रो समझ्नामा रहीरहनु हुनेछ । खुसीको कुरा सुनाउछु । तपाईले छोटो समयमा वार्डमा गर्नु भएको कामको जगमै यो पटक पुनश्च हामी वार्डमा जित्दैंछौ । तपाई फेरी जित्दैं हूनूहुन्छ दाई । हामी प्रदेश र संघीय पनि जित्दैछौ । अंतत‘ सबैको अन्तिम बिन्दु त त्यही हो, तपाई अलिक चाडो जानु भयो । अन्ततोगत्वा हाम्रो पनि अन्तिम गन्तव्य त्यही हो । हामी पनि लाईन मै छौँ । दाजु र भाईको त्यही फेरी भेट होला । सगैं बसेर “रजनिगन्दा” को पैकेट साटासाट गर्दै गफिनु पर्छ । सुख दुःखको कुरा गर्नु पर्छ ।
सधैँ सम्झना ! जय नेपाल ।
♥️♥️♥️