झापा, चैत १९ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक भएको छ । कतारको दोहामा हिजो एक कार्यक्रमको बीच विश्वकपको समूह चरणको ‘समूह विभाजन’ सार्वजनिक गरिएको हो । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर खेल तालिका सार्वजनिक गरेको हो ।
विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । सार्वजनिक ‘ड्र’ अनुसार समूह ‘ए’ मा कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर, समूह ‘बी’ मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स÷युक्रेन÷स्कटल्याण्ड), समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेयिबा, समूह ‘डी’ फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई÷अष्ट्रेलिया÷पेरु), समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान, (कोस्टारिका÷न्युजिल्याण्ड), समूह ‘एफ’ मा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा, समूह ‘जी’ मा ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन र समूह ‘एच’ मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना परेका छन् ।