मेचीनगर, चैत १७ । रोटरी क्लबहरुको १४ औं ३२९२ डिष्ट्रिक्ट कन्फरेन्स झापाको धुलाबारीमा शुक्रबारदेखि सुरु हुदैंछ । नेपाल र भुटानका रोटरी क्लवहरु सम्मिलित यस डिष्ट्रिक्टमा नेपालको १६० र भुटानको एउटा क्लव गरी जम्मा १६१ वटा क्लवहरु आबद्ध छन । ‘परिवर्तन नै विकासको सोपान हो’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको कन्फरेन्सका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोटरीका डिष्ट्रिक्ट गर्भनर सन्तोस रिजालले आफुभन्दा माथि उठेर सेवा गर्ने संस्था भएकाले रोटरीले यस सम्मेलनबाट आगामी बर्षका लागि सेवा मुलक काममा बारेमा बृहत छलफल गरी अवधारणा बनाउने बताउनु भयो ।
शुक्रबारदेखि सुरु हुने १४औँ डिष्ट्रिक्ट कन्फरेन्समा करीब एक हजार दुई सय प्रतिनिधिहरुको सहभागि हुने कन्फरेन्समा उपप्रमुख कुमार गिरीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । करीब ६ हजार सदस्य रहेको यस डिष्ट्रिक्ट कन्फरेन्सले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत योगदान गर्ने पुर्व डिष्ट्रिक्ट गर्भनर बासुदेव गोल्यानले जानकारी दिनु भयो ।
शुक्रबार, शनिवार र आइतबारसम्म झापाको धुलाबारीस्थीत पाँचतारे होटल मेची क्राउन प्लाजामा हुने डिष्ट्रिक्ट कन्फरेन्सका सहभागिहरुका लागि खान बस्नका लागि होटल मेची क्राउन सहित काँकरभिट्टा, धुलाबारी, बिर्तामोड, सुरुङ्गा लगायतका राम्रा होटलमा व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
रोटरीले यसअघिदेखि नै सात वटा विषयमा केन्द्रीत भएर समाज सेवा गर्दै आइरहेको छ । जसमा शान्ति स्थापना र संघर्षको रोकथाम, बुनियादी शिक्षा र साक्षरता, रोगको रोकथाम र उपचार, पानी र सरसफाइ, सामजिक र आर्थिक विकास, मातृत्व तथा बाल स्वास्थ्य र पर्यावरणमा सहयोगका विषयहरु छन ।
कन्फरेन्स प्रमुख बेनी गोपाल मुन्द्राको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा रोटरी डिष्ट्रिक ३२९२ डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, पूर्व डिष्ट्रीक्ट गभर्नरहरु सञ्जय गरी, चिन्तामणि भट्टराई, बासुदेव गोल्यान, जया शाह, डिष्ट्रिक्ट गभर्नर नोमिनि राजेन्द्र धोजु, डिष्ट्रीक्ट सचिव प्रभात योञ्जन, कन्फरेन्स सचिव सुजन प्रधानले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।