बिर्तामोड, फागुन २९ । झापाको बिर्तामोडमा जारी झापा गोल्डकपको पाँचौ संस्करणको उपाधी झापा ११ ले जित्ने दाबी गरेको छ । सोमबार हुने फाइनल अघि आज भएको पत्रकार सम्मेलनमा बोल्दै झापा ११ का कप्तान विशाल राईले भन्नुभयो, ‘हामी यो पटक आमीलाई हराएर उपाधी कब्जा गर्छौ ।’ पत्रकारको प्रश्नको उत्तर दिंदै झापा ११ का कप्तान राईले भन्नुभयो, ‘हामी फाइनल खेलको रणनीति सार्वजनिक गर्दैनौं तर हामी खेल जित्ने गरी रणनिति बनाएर मैदानमा उत्रिने छौं ।’ झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदैछ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो ।
आइतबार बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच कन्पे्रmन्समा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । न्यौपानेले झापामा कलेक्टिभ खेलाडी रहेका कारण पनि जित निकाल्न सहज हुने बताउनु भयो ।
झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताउनु भयो । गुरुङले चारपटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने बताउनु भयो ।
यसअघि तीनपटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको छ । झापाले भने चारपटक नै उपविजेतामा चित्त बुझाएको हो । पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताउनु भयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार ?पैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
त्यस्तै, झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने भएको छ । राइले एक थान मोटरसाइकल पाउने आयोजक समिति अध्यक्ष बस्नेतले घोषणा गर्नु भयो ।