झापा, फागुन २३ । सातदोबाटो युथ क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा सातदोबाटोलाई सेमिफाइनल पु¥याउन सुशील राई र निरज चौधरीले गोल गरेका थिए । खेलको ८२ औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको सातदोबाटोलाई ८५ औँ मिनेटमा नीरज चौधरीले गरेको गोलले २ ० को अग्रतामा पु¥यायो ।
तर, सातदोबाटोले सो अग्रता कायम राख्न नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले गोल फर्काएका हुन् ।
जीतसँगै सातदोबाटो पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई आजको खेलको म्यान अफ द म्याच पनि घोषित भएका छन् ।
गोल्डकप अन्तर्गत भोलीको अर्को क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच हुने आयोजकले जानकारी गराएको छ । संकटा नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वाटर फाइनलमा आइपुगेको हो भने थ्री स्टार सोझै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
नारी दिवशको अवशरमा भोली महिलाहरुलाई निशुल्क प्रवेश
यस्तै आयोजकले नारी दिवशको अवशरमा भोली महिलाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको जानकारी गराएको छ । भोली बिश्व नारी दिवश परेकाले सम्पुर्ण महिला आमा दिदिबहिनिहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकले जानकारी गराएको हो ।