इटाभट्टा, भदौ २९ ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमित भएर उपचार पछि संक्रमण मुक्त भइ घर फर्किनेको संख्या ३९५७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ८७९ जना संक्रमण मुक्त हुँदा नेपालमा कोरोनाको संक्रमण पछि स्वस्थ हुनेको संख्या जुन कुल संक्रमितको ७१.५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १०८७८ जनाको पीसीआर परीक्षण गर्दा १०१७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । आज थपिएका सहित कोरोनाका कुल संक्रमितको संख्या ५५३२९ पुगेको छ ।
झापामा आज २ स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापा श्रोतले दिएको जानकारी अनुसार कमल गाउँपालिका वडा नं ३ का स्थानीय १ महिला र १ पुरुष रहनु भएको छ ।
आज थप २ जनामा कोरोना संक्रमण पुष्टि हुँदा झापामा कुल संक्रमितको संख्या ७४० रहँदा ६३२ डिस्चार्ज भएका छन् । झापामा सक्रिय संक्रमितको संख्या १२७ रहेको छ ।
त्यस्तै प्रदेश १ मा आज झापाका २ सहित मोरङ ३२, सुनसरी ४६, उदयपुर २, ओखलढुंगा १९, भोजपुर २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना सक्रिय संक्रमितको रुपमा १५३९३ रहँदा संस्थागत आइसेलेशनमा ८११८ जना छन् भने घरमै आइसोलेशनमा रहेका कोरोना संक्रमितको संख्या ७२७५ रहेको मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइन रहनेको संख्या ६८९२ रहँदा आइसियूमा रहनेको संख्या १७९ छ भने भेन्टिलेटरमा रहेर उपचार गराउनेको संख्या २९ रहेको मन्त्रालयले जनाएको छ ।
आज १५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङका ४० र ७० बर्षीय २ पुरुष सहित ५ महिला र १० पुरुष रहनु भएको छ ।
योसगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोनाका कारण हुने मृत्यु प्रतिशत ०.६५ रहेको छ ।