काठमाण्डौ, फागुन २० । नेपाल प्रेस काउन्सिलले सामाजिक सदभावमा खलल पुर्याउने गरी प्रसारण गरेको भन्दै विभिन्न १६ वटा युट्युब च्यानलहरुलाई कारबाहीका लागि प्रहरीलाई सिफारिस गरेको छ ।
नभएको कुराको अफवाह फैलाउने, मानिसलाई उत्तेजित बनाउने गरी सामग्री प्रसारण गरेको भन्दै ती युट्युब च्यानलहरुलाई अनुसन्धान गरी आवश्यक कारबाहीका लागि सिफारिस गरेको प्रेस काउन्सिलले जनाएको छ ।
यसैबिच गृह मन्त्रालयले आज एक बिज्ञप्ती प्रकासित गरी झुट्टा शीर्षक तथा समाचार, अनुसान्धनमा गभ्भिर असर पर्ने भ्रामक सामग्री र फोटा तथा भिडियो प्रकासन नगर्न समेत आवहान गरेको छ । सामाजिक सदभावमा नै नकरात्मक असर पर्ने गरी सामाजिक सञ्चालको प्रयोग गरीए कानून बमोजिम कारबाही हुने समेत गृहको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै नेपाल प्रहरीको साइबर ब्युरोले आजै प्रकासित गरेको बिज्ञप्तीमा सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ । युट्युब, टिकटक, ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट भ्रामक सूचना फैलाए विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारवाही गरिने समेत प्रहरीले जनाएको छ ।
सामाजिक सन्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्द सामाजिक सञ्जालमा अफवाह नफैलाउनन प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले आग्रह गरेको छ । आज साइबर ब्यूरोले सूचना जारी गर्दै पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो रहेको र विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भिर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो । यस्ता क्रियाकलापले समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पिडितको गोपनीयताको हक हनन् गरेको प्रहरीले जनाएको छ ।